उदयपुर । देशका अधिकांश स्थानमा असार लागेसँगै मनसुन सक्रिय भए पनि उदयपुरमा पर्याप्त वर्षा नहुनु किसानहरूका लागि चिन्ताको विषय बनेको छ ।
आकासे पानीको भरमा खेती गर्दै आएका यहाँका किसानहरु असार सकिँनै लाग्दा पनि खडेरीका कारण धान रोप्न नपाएपछि उनिहरु चिन्तित बनेका हुन् । देशका अधिकांश स्थानमा निरन्तर वर्षा भएपनि उदयपुरमा भने अहिलेसम्म पानी परेको छैन् ।
कृषि ज्ञान केन्द्र उदयपुरका कार्यालय प्रमुख योगेन्द्रप्रसाद यादवका अनुसार अगौटे धानको रोपाइँ चाहिँ पूर्णरुपमा प्रभावित भएको छ । उदयपुरको १३ हजार तीन सय ८० हेक्टर क्षेत्रफलमा धानको रोपाइँ हुने गर्दछ । विगतका वर्षहरुमा असार मसान्तसम्म झन्डै ६० प्रतिशत रोपाइँ सम्पन्न हुने गरेको उदयपुरमा यस वर्ष भने जम्मा ३१.६ प्रतिशत मात्र रोपाइँ भएको ज्ञानकेन्द्र प्रमुख यादवले बताए ।
धानको बिउ उम्रिएको २० देखि २५ दिन भित्र रोपी सक्नुपर्छ । तर अवस्था प्रतिकूल बन्दै गएकाले कतिपय किसानहरुले उत्पादन गरेको बिउ ४० दिन नाघिसकेको हुँदा त्यसको असरले उत्पादनमा ह्रास आउने देखिएको छ । उदयपुरमा प्रति हेक्टर ३.६ मेट्रिक टन धान उत्पादन हुने तथ्याङ्क छ । तर अन्य वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा कमि आउने भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख यादवले उदयपुरमा मन्सुली, रन्जित, सोबर्णा सव, राम धान, सुख्खा सिरिज, साबित्री, बासमति, चनमचुर र चैते जातका धानको खेती हुँदै आएको बताए ।
अघिल्लो वर्ष ४८ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष उत्पादकत्व घट्ने निश्चित छ । असार महिना रोपाइँका लागि उपयुक्त समय भए पनि सिँचाइ सुविधा नहुँदा कृषकहरु धुलो माटोमा खेत जोत्न बाध्य भएका छन् । जिल्लाको रामपुर, हडिया, बसाहा, तपेश्वरी, जोगिदह, कटारी र त्रियुगा क्षेत्रका अन्न भण्डार मानिने पटाङ्गिनी खेतको फाँट यसवर्ष हालसम्म बाझै रहेको चौदण्डिगढी नगरपालिका ९ ज्यामिरेका किसान जोखन चौधरीले बताए ।
नेपाल सरकारले यस अघिनै “धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण भन्ने” नारा तय गरेको थियो । जसअनुसार किसानहरुलाई अनुदान, कृषि यान्त्रिकरण, सहुलियत ऋण, बिमा र बजारीकरण तथा सिँचाइको उचित प्रबन्ध गरे मात्रै सरकारी नाराले साकार रुप लिने किसानहरु बताउँछन् ।
जिल्लाका कतिपय किसानहरुले ऋण नै काढेर भए पनि बोरिङ्ग गाढेर पम्पिसेटबाट भूमिगत पानीको प्रयोग गरी धना रोपाइँ गर्ने गरेको उदयपुर सुन्दरपुरका किसान धनपति आचार्यले बताए । असार साउनमा खेत बाँझै रहे आउँदो वर्ष अनिकालले सताउने निश्चित भएकाले धेरै खर्च लागेपनि पम्पिसेटबाट पानी तानेर रोपाइँ गर्न बाध्य भएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: