Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

फुङ्लिङ बजार क्षेत्रभित्र बङ्गुरको खोर हटाउन उर्दी

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार क्षेत्रभित्र बङ्गुर तथा सुँगुरको खोर हटाउन उर्दी गरिएको छ । बजार क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका बङ्गरको खोर तथा संरचना हटाउन फुङ्लिङ नगरपालिकाले उर्दी गरेको हो ।

नगरपालिकाले गएको शुक्रबार सूचना जारी गर्दै फुङ्लिङ बजार क्षेत्रका बिभिन्न स्थानमा अव्यवस्थित रुपमा रहेका सुँगुरको खोर हटाउन उर्दी जारी गरेको छ । अव्यवस्थित रुपमा बनाइएका बङ्गुर तथा सुँगुरका खोरका कारण बजार क्षेत्रमा दुर्गन्ध फैलिएको साथै वातावरण प्रदूषित बनाएको भन्दै नगरपालिकाले खोर (बङ्गुर राख्ने ठाउँ) हटाउन उर्दी गरेको हो ।

फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जारी गरेको सूचनाअनुसार बजार क्षेत्रको तोक्मेडाँडा, कफीहाउस लाइन, तोक्मेडाँडा हुँदै पालसिङडाँडा, बुद्धचौक, बिहीबारे क्षेत्रमा बङ्गुरको खोर हटाउनुपर्ने छ । यस्तै बजारको शेर्पाटोल क्षेत्र, दाहालगाउँ, बाझोगरा आधारभूत विद्यालय क्षेत्र, वीरेन्द्रचौक क्षेत्रमा रहेका खोरहरु हटाउन आग्रह गरिएको छ ।

बजार क्षेत्रकै हुलाक टोल, नवज्योति बोर्डिङ स्कूल, नयाँ बसपार्क, हेलिप्याड आसपासका क्षेत्र, बाल मन्दिर आधारभूत विद्यालय क्षेत्रका बङ्गुर तथा सुँगुरको खोर हटाउनुपर्ने भएको छ । त्यस्तै पुरानो गोसलाइन, कञ्चनजङ्घा बोर्डिङ स्कूल, रिजाल लाइन, भानुजन माध्यमिक विद्यालय, सेतीधारा बोझे क्षेत्रमा समेत अव्यवस्थित रुपमा रहेका बङ्गुरका खोर तथा संरचना हटाउन नगरपालिकाले अनुरोध गरेको छ ।

यता सात दिनभित्र बङ्गुर तथा सुँगुरको खोर हटाउन उर्दी भएपछि सामाजिक सञ्जालमार्फत नगरपालिकाको तीब्र आलोचना हुन थालेको छ । कमजोर आर्थिक अवस्था भएका वर्गीय परिवारले आफ्नो जीविकोपार्जन गर्न बङ्गुर तथा सुँगुर पालन गर्दै आएका र बङ्गुर पालन गरिँदै आएको खोरहरु हटाउँदा उनीहरु समस्यामा पर्नेभन्दै आलोचना हुन थालेको छ । खोरहरु हटाउनुपर्ने भए बङ्गुर सुँगुर पालनमै निर्भर रहँदै आएकाहरुका लागि नगरपालिकाले विकल्प दिनुपर्ने पनि माग हुँदै आएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending