जनकपुर । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटबारे छानबिन गर्न बिहीबार गठित कार्यदल पुनर्गठन गरिएको छ ।
बिहीबार सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन भएकामा संयोजकबाट मण्डलले राजीनामा दिएपछि कार्यदल पुनर्गठन गरिएको हो ।
प्रदेशसभा बैठकमा सभामुख मण्डलले उपसभामुख बबिताकुमारी राउत इसरको संयोजकत्वमा १४ सदस्यीय समिति पुनर्गठन गरिएको घोषणा गरे।
समितिको सदस्यमा सत्ता पक्षबाट नेपाली कांग्रेसका मोहम्मद समिम, जङ्गीलाल राय, नागेन्द्र साह, एमालेका सारदादेवी थापा, जनमत पार्टीका चन्दन सिंह, शम्भु साह र लोकतान्त्रिक समाजवादी पाटी (लोसपा) नेपालकी रमिता प्रधान रहेका छन्।
यस्तै, विपक्षी दलहरूका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव, नेकपा (एकीकृत समाजवादी) का कनिष पटेल, नेकपा (माओवादी केन्द्र) का जवाहरलाल कुशवाहा, नेपाल सङ्घीय समाजवादीकी विमला अन्सारी, राप्रपा नेपालकी कञ्चन विच्छा र नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह सदस्य रहेका छन्।
समिति पुनर्गठनसँगै मधेश प्रदेशसभामा विपक्षी दलले लगातार गर्दै आएको अवरोध अन्त्य भएको छ । यहाँ विपक्षी दलहरूले सरकारले ल्याएको बजेट त्रुटिपूर्ण रहेको भन्दै विरोध गर्दै आएका थिए ।
विपक्षीको माग सम्बोधन गर्न आवश्यक छानबिनका लागि भन्दै बिहीबार सभामुख मण्डलको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो, तर उक्त कार्यदलमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई राखिएपछि विपक्षी दलले अस्वीकार गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: