Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर’

खबरडबली संवाददाता

तनहुँ। पृथ्वी राजमार्ग सडकअन्तर्गत तनहुँको खैरेनीटारबाट करिब सात किलोमिटर दूरीमा प्रसिद्ध धार्मिक पर्यटकीय स्थल तीनखोले मन्दिर अवस्थित छ । शक्ति पीठका रूपमा परिचित तीनखोले मन्दिरमा पूजाअर्चना र भाकल गर्नेहरूको पछिल्लो समय घुइँचो लाग्ने गरेको छ । 

तीनखोले देवी भक्तजनको विश्वास र आस्थाको केन्द्र बन्न थालेपछि विभिन्न जिल्लाबाट धार्मिक पर्यटक आउने गरेका हुन् । तीन वर्षअघि मन्दिर जाने बाटो साँघुरो, जीर्ण र हिलाम्मे हुँदा यात्रीले कठिन र जोखिमपूर्ण यात्रा गर्दथे ।

अहिले यहाँ पुग्ने पूर्वाधारसहित सडक निर्माण भएपछि स्थानीयको दैनिकी फेरिएको शुक्लागण्डकी नगरपालिका–६ का जय पाण्डेले बताए । पर्यटकीय सम्भावना बोकेको यस मन्दिरको विकासका लागि स्थानीय तह र सङ्घीय सरकारले लगानी गरी पूर्वाधार विकासले तीव्रता पाएसँगै यस क्षेत्रमा सकारात्मक परिवर्तन आएको उनको भनाइ छ । 

पक्की नालासहितका सडक स्तरोन्नति र कालोपत्र गरेपछि अहिले मन्दिर आवतजावतमा सहज हुनुका साथै धार्मिक पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै गएको शुक्लागण्डकी–६ मा तीन वर्षअघि झाँगाझोली भिलेज रिर्सोट सञ्चालन गर्दै आएका उज्वल पौडेलले बताए । 

यहाँ रिर्सोट सञ्चालनमा आएसँगै आगन्तुकलाई बस्न, खान समस्या नरहेको उनको भनाइ छ । सडक विस्तार, रिर्सोट सञ्चालनलगायत पूर्वाधार विकासले धार्मिकस्थल तीनखोले मन्दिरमा भक्तजनको घुइँचो बढ्न थालेको पौडेलले बताए । उनका अनुसार रिर्सोट र मन्दिर पर्यटकका लागि एकापसमा पर्यायबाची जस्तै बनेका छन् ।

पृथ्वीराज मार्गको खैरेनीटारबाट साढे दुई किमी दूरीमा झाँगाझोली पुग्न सकिन्छ । झाँगाझोलीबाट तीनखोले मन्दिर पुग्न करीब पाँच किमी यात्रा गर्नुपर्छ । तीन जना व्यक्तिको लगानीमा सञ्चालित यो रिर्सोट करिब बीस रोपनी क्षेत्रफलमा रु दुई करोड बढी लगानीमा निर्माण गरिएको रिर्सोट सञ्चालन पौडेलले जानकारी दिए । 

उनका अनुसार यहाँ पर्यटकीय दृष्टिकोणले आकर्षण र मनमोहक भौतिक संरचना बनाइएको छ । रिर्सोट नजिकै भएर बग्ने कुम्लेखोलामा ड्याम बनाएर सुन्दर ताल निर्माण गरी ढुङ्गा सञ्चालनमा ल्याउने योजना रहेको पौडेलले बताए । 

उनले भने, “झाँगाझोलीमा शुक्लागण्डकी–सुनकोशी सूचना केन्द्र स्थापना गरिएको छ, जसले सिन्धुली र तनहुँको धार्मिक, ऐतिहासिक र सांस्कृतिक क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।” उनका अनुसार सिन्धुली जिल्लामा रहेको झाँगाझोलीको झल्को दिनेगरी तनहुँको शुक्लागण्डकीमा झाँगाझोलीको अवधारणका साथ रिर्सोट सञ्चालनमा ल्याइएको हो ।

यहाँको प्रसिद्ध धार्मिकस्थल तीनखोले मन्दिर र झाँगाझोली रिर्सोटले धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको शुक्लागण्डकी–६ का पाण्डेले बताए । उनले भने, “पर्यटन प्रवर्द्धनमा झाँगाझोली र तीनखोले मन्दिरबीच प्रगाढ सम्बन्ध बन्दै गएको छ । मन्दिरमा आएका पर्यटक झाँगाझोली जान्छन् भने झाँगाझोली आएका पर्यटक मन्दिर पुगेर पूजाअर्चना गरी फर्किने गर्दछन् ।” 

झाँगाझोली रिर्सोट सञ्चालनमा आउनुअघि दरगाउँ क्षेत्रका बासिन्दा एक्लै हिँड्न डराउँथे, जङ्गलको बाटो भएर हिड्नुपर्दा, वनमा घाँस, दाउँरा लिन जाँदा समूहमा जानुपर्ने बाध्यता थियो । 

पाण्डेले भने, “अहिले स्वर्ग जस्तै बनेको छ, मानिसको चहलपहल बढेको छ, स्थानीयबासीको जीवनशैलीमा परिवर्तन आएको छ ।” 

अहिले विकासले गति लिएसँगै आवतजावतमा सहज हुनुका साथै स्थानीयले विकासको अनुभूति गर्न पाएका उनको भनाइ छ । “छोटो अवधिमा छुट्टै पहिचान बनाएको यस धार्मिक तथा पर्यटकीय गन्तव्यका कारण स्थानीयमा आर्थिक स्तरका साथै रोजगारीका अवसर वृद्धि भएका छन् ।” 

सडक डिभिजन कार्यालयबाट रु एक करोड बजेट विनियोजन भएपछि तीनखोले मार्गको खैरेनीटार–झाँगाझोली खण्डमा सडक स्तरोन्नतिका साथै कालोपत्र गरेसँगै विकासले फड्को मार्नुका साथै पर्यटकलाई आवागमनमा सहज भएको छ । 

आर्थिक वर्ष २०८०/८१ मा सहरी विकास मन्त्रालयबाट झागाझोली–दरगाउँ सडक स्तरोन्नतिका रु ३५ लाख, आव २०८१र८२ मा रु ५० लाख बजेट विनियोजन पश्चात् निर्माण सम्पन्न गरिएको छ । आगामी आव २०८२र८३ का लागि रु ५० लाख बजेट विनियोजन भइसकेको झाँगाझोली भिलेज रिसोर्ट प्रालिका प्रबन्धक निर्देशक शङ्करप्रसाद अधिकारीले जानकारी दिए ।

तीनखोले मार्ग र झाँगाझोली–दरगाउँ सडक मार्गलाई सङ्घीय सरकारले उच्च प्राथमिकता दिँदै आएपछि स्थानीय हर्षित भएका छन् । उनले भने, “विकाससँगै परिवर्तन र पर्यटनको क्षेत्रमा चहलपहल हुँदै जाँदा अर्थतन्त्र चलायमान बनेको छ ।” 

झाँगाझोली प्राकृतिक सुुन्दरताले भरिपूर्ण मानिन्छ । वरिपरि हरियो घनाजङ्गल, सङ्लो कुम्ले खोलाको सुुसेली, दरगाउँस्थित कोट मन्दिर, नजिकै रहेको घुमाउने झरना, विभिन्न प्रजातिका चराचुरुङ्गीको वासस्थान, प्रसिद्ध तीनखोलेदेवी मन्दिर, झाँगाझोली क्षेत्रमा स्थापित विभिन्न मठमन्दिरले यसलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा परिचित गराएको छ । 

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ५० हजार बढी पर्यटकले झाँगाझोली अवलोकन गरिसकेका प्रबन्धक निर्देशक अधिकारीले जानकारी दिए । “सडक कालोपत्र सम्पन्न भएसँगै पर्यटकको आगमन बढेको छ”, उनले भने, “दैनिक पाँच–छ सयको हाराहारीमा पर्यटक तीनखोले मन्दिर र झाँगाझाली घुम्न आउने गरेका छन् ।”

मन्दिरमा आउने पर्यटकको आवागमन बढ्दै जान थालेपछि रात्रिकालीन बसाइँका लागि झाँगाझोली भिलेज रिसोर्टले आरामदायी बासको व्यवस्था गरेको अधिकारीको भनाइ छ । एक पटकमा ४०–५० जनासम्मलाई सेवा दिन सकिने रिसोर्टले जनाएको छ । विभिन्न जातका फलफूलको बँगैचा, सयौँ प्रजातिका जडीबुटी उद्यान, विभिन्न जातजातिले प्रयोग गर्ने लोपोमुख सामाग्रीहरूसहितको सङ्ग्रहालय, प्रदर्शनी तथा बिक्री कक्ष, सातवटै प्रदेशका विशिष्टीकृत सामग्रीको प्रदर्शनी, प्रादेशिक कोसेली घर, विभिन्न प्रजातिका रुखविरुवा, धार्मिक महत्त्वका मठमन्दिर झाँगाझोलीका विशेषता हुन् । गोरखाबाट घुम्न आउनुभएका मङ्गलबहादुर नेपालीले भने, “पर्यटकीय गन्तव्यको सम्भावना बोकेको ठाउँ रहेछ, जहाँ अवलोकन गरेर भरपुर मनोरञ्जन लिन सकिन्छ ।

यसको थप प्रवर्द्धन गरी पर्यटकीय गतिविधिसँगै स्थानीयको आयस्तरमा वृद्धि गर्न सकिन्छ ।” झाँगाझोलीस्थित सिन्धुली–सुनकोशी गाउँपालिका निवासी ९० वर्षीया गौरादेवी दाहालको नामबाट निर्मित गौरादेवी नेचुरल हर्बल पार्क पनि आकर्षक गन्तव्य बनेको छ । विभिन्न किसिमका जडीबुटीबारे अध्ययन, अनुसन्धान गर्नेहरूका लागि यो अध्ययन केन्द्र बनेको छ । पछिल्ला केही वर्षयता तीनखोले मन्दिर र झाँगाझोली पर्यटन प्रवर्द्धनका लागि कोसे ढुङ्गा बनेको शुक्लागण्डकी–६ का वडाध्यक्ष बुद्धि थापाले बताए । 

उनले भने, “खैरेनीटारबाट तीनखोले मार्ग हुँदै झाँगाझोली–दरगाउँ सडक मार्ग भएर पुनः खैरेनीटार निस्कने गरी रिङ्गरोड निर्माण गर्न लागिएको छ, जसले यो दसुरी अझ छोटो बनाउने छ ।” 

खैरेनीटारबाट तीनखोले मन्दिरसम्मको सात किमी सडकमध्ये करिब पाँच सय मिटरबाहेक ढलान र कालोपत्र गरी यातायातमा सहज बनाइएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले बर्ता । उनले भने, “नगरपालिकाभित्रका रहेका धार्मिक, ऐतिहासिक, सांस्कृतिकलगायत पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनका लागि नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending