Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

भाेजपुरमा ससुरालीले श्रीमती घर नपठाइदिएकाे झाेँकमा विभत्स हत्या

खबरडबली संवाददाता

भोजपुर । भोजपुर नगरपालिका–२, हेलौछाका राजेन्द्र राईले रामप्रसादराई गाउँपालिका–२, धोद्लेखानी ससुरालीको चार सदस्यको चक्कु प्रहार गरी हत्या गरेका छन् । 

श्रीमती मनीषा गिरीलाई घर लान पाँच दिन अगाडि ससुराल आएका राईले श्रीमती लान नपाएपछि ससुरालीमा श्रीमतीसहित ससुरा, सासू, सालोको विभत्स हत्या गरेका हुन् । उनले ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीय सासू मञ्जु गिरी, १६ वर्षीया श्रीमती मनीषा गिरी, ९ वर्षीय सालो सयन गिरीलाई हत्या गरी आफ्नो पेटमा छुरा प्रहार गरेका थिए ।

शनिबार राति ११ बजे हत्या गरी राजेन्द्र भागेर हुर्लु भञ्ज्याङ पुगेका राईले १०० मा नेपाल प्रहरीलाई फोन गरी जानकारी दिएका थिए । जिल्ला प्रहरी कार्यालय भोजपुरले खबर पाउने बित्तिकै ओख्रे प्रहरी चौकीलाई खबर गरी पक्राउ गरेको थियो । पक्राउ परेका राईलाई नजिकै रहेको ओख्रे स्वास्थ्य चौकीमा उपचार गराई थप उपचारका लागि जिल्ला अस्पताल भोजपुर ल्याएको र भोजपुरबाट स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरी थप उपचार भइरहेको छ ।

यता, घटनाको बारेमा स्वास्थ्य चौकी ओख्रेकी स्वास्थ्यकर्मी सङ्गीता राईले मृतकका आफन्तलाई, गाउँपालिकाका जनप्रतिनिधि लगायत छरछिमेकलाई जानकारी दिएकी थिइन् । त्यस लगतै गाउँघरमा हल्ला गरी घरमा हेर्दा परिवारका चार जना सदस्य मृत अवस्थामा भेटिएका थिए । आइतबार बिहान स्थानीय जनप्रतिनिधि, छरछिमेकी, प्रहरी लगायतको उपस्थितिमा घटनाको बारेमा मुचुल्का बनाई मृतकको पोस्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर ल्याइएको छ भने पोस्टमार्टम सोमबार बिहान हुने भएको छ । घटना के कारणले, कसरी, किन भयो घटनाको विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ । 

घटना घट्नुको कारण भने, पहिलो श्रीमतीले छाडेका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया मनीषालाई प्रेममा पारेर विवाह गरेका थिए । विवाह गरेको केही दिनदेखि मनीषालाई विभिन्न बहानामा मानसिक तनाव दिएपछि मनीषा घरबाट माइतमा गएर बसेका थिए । 

माइत आएको एक महिनासम्म श्रीमती घर नफर्किएपछि लिन करिब पाँच दिन अघि ससुराल आएका राजेन्द्रले श्रीमतीलाई घर जान सम्झाउँदै थिए । शुक्रबार दिउँसो राजेन्द्रले सानो सालोलाई लिएर नजिकैको खेल मैदानमा खेल खेल्न गएको र राति घर फर्किएका थिए । बेलुका ससुरालीमा सासू आमाले तत्काल छोरी नपठाउने सल्लाह दिएपछि राजेन्द्र रिसाएका थिए ।

प्रारम्भिक बयानमा राजेन्द्रले प्रहरीलाई भने अनुसार, रातको करिब ११ बजे सासू आमाले छुरा लिएर मार्न आएको र आफूले प्रतिकार गर्दा सासू आमा, ससुरा, श्रीमती र सालोलाई क्रमशः मारेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार “छोरी मनिसाले आमा मञ्जु गिरीलाई ज्वाइँले दिएको मानसिक तनाव लगायत समस्याको बारेमा जानकारी गराएपछि आमा मञ्जु गिरीले छोरीलाई फर्काएर घर ल्याएकी थिइन् । आमाले फर्काएपछि मनीषा विगत महिनादेखि धोद्लेखानी स्थित माइती घरमै बस्दै आइकी थिइन् । ज्वाइँ लिन आउँदा जान नमानेपछि राति दुर्घटना भएको थियो ।”

ज्वाइँ राजेन्द्रले प्रहार गरेको छुराबाट श्रीमती, ससुरा, सासू र सालोको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै परिवारका अन्य सदस्य ठुली छोरी यशोदा गिरी, माइली छोरी यसुना गिरी र जेठो छोरा सबिन गिरी काठमाडौँ बस्दै आएको र साइली छोरी प्रेमकुमारी गिरी वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । 

घटनाबारे दुःख व्यक्त गर्दै रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले पीडित परिवारलाई सहयोग गर्नुका साथै घटनाको बारेमा थप अनुसन्धान गरी अपराधीलाई कानुनी दण्ड सजाय गराउन सहयोग गर्ने प्रतिबद्धता जनाए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending