कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-४, माघी होमस्टेमा चार वर्ष पहिले निर्माण सम्पन्न भएको सङ्ग्रहालय भवन बाटोको निकास नभएपछि सञ्चालनमा समस्या भएको छ ।
प्रदेश सरकारको अनुदान सहयोगमा निर्माण भएको उक्त भवनसम्म पुग्ने बाटो नभएपछि सञ्चालनमा आउन नसकेको स्थानीयको भनाइ छ । तत्कालीन माघी गाउँका भलमन्सा ताराप्रसाद चौधरीले प्रदेश सरकारको २० लाख रुपियाँ अनुदान सहयोगमा उपभोक्ता समिति मार्फत थारू सङ्ग्रहालय भवन निर्माण कार्य सम्पन्न भएको बताए ।
उनले माघी सामुदायिक वन क्षेत्र अन्तर्गत थारू समुदायले प्रयोगमा ल्याएको मरुवा र देउथानको करिब १० कट्ठा जमिनमा थारू सङ्ग्रहालय भवन निर्माण भएको जानकारी दिए । उनले नक्सामा बाटो भए पनि स्थानीयले खेती लगाउने क्रममा बाटोसमेत जोतभोग गरेपछि अहिले बाटो छुट्याउन समस्या भएको उल्लेख गरे । भवन निर्माण पूर्व बाटो छोड्ने मौखिक सहमति भए पनि कार्यान्वयनमा समस्या भएको उनको भनाइ छ ।
सङ्ग्रहालय भवनसम्म पुग्न भयरबहादुर चौधरीले खनजोत गरेको जमिन हुँदै जानुपर्छ । उक्त जमिनमा खनजोत गर्दै गर्दा भेटिनु भएका चौधरीले ऐलानी जग्गा भएपनि वर्षौदेखि आफूले खेती लगाउँदै आएको बताए । उनले भवन निर्माण सामाग्री ल्याउन लैजान बाटो दिए पनि सधैंका लागि बाटो दिन नसक्ने जिकिर गरे । सङ्ग्रहालय भवन निर्माण गर्नुभन्दा पहिला बाटो छुट्याउनु पर्दथ्यो । पहिला बाटोको निकास नहुँदा अहिले समस्या आएको छ ।
स्थानीय सन्तोषी चौधरीले थारू समुदायको सङ्ग्रहालय बनाउने कुरामा गाउँमा छलफल भएको आफूले थाहा नपाएको बताए । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले माघीका थारू समुदायको आग्रह र सुदूरपश्चिम प्रदेश सरकार अनुदान सहयोगमा आर्थिक वर्ष २०७७।०७८ मा बजेट विनियोजित भई उक्त भवन निर्माण सम्पन्न भएको हो । माघी सामुदायिक होमस्टेका उपाध्यक्ष बालकुमार चौधरीले बाटोमा विवाद भयपछि सञ्चालनमा ढिलाई भएको बताए ।
उनले चालु आर्थिक वर्षमा सङ्ग्रहालयका लागि तारा गाउँविकास समितिले दुई लाख रुपियाँ अनुदान सहयोग गरेको उल्लेख गर्दै हाल भवनलाई रङरोगन गर्ने कार्य सम्पन्न गरेको बताए । वडा नम्बर ४ का वडाध्यक्ष भरतबहादुर शाहीले सङ्ग्रहालय निर्माण भएको स्थलसम्म जानका लागि नक्सामा बाटो भए पनि स्थानीयले ऐलानी जग्गामा खेती लगाउने क्रममा बाटोको जग्गासमेत प्रयोग गरेको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: