Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

जङ्गलका पातपतिङ्गरबाट मल बनाउने बागमती प्रदेश सरकारको योजना

फाइल फोटो
खबरडबली संवाददाता

रसुवा । वनमा खेरजाने रूखका पातपतिङ्गरलाई सदुपयोग गर्दै खेतबारीमा प्रयोग हुने मलका रूपमा उपयोग गरिने भएको छ । 

रसुवा जिल्ला समन्वय समितिले आयोजना गरेको जिल्लामा भएका विकास निर्माणको समीक्षा कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले प्रथम चरणअन्तर्गत परीक्षणका रूपमा चितवानलगायत केही जिल्लाबाट कार्य सुरु गर्नेगरी कार्ययोजना स्वीकृत भइसकेको बताए। 

वनमा झरेका पातको सदुपयोगबाट एकातिर डढेलोे कम भई वनवनस्पतिको संरक्षण, अर्कातर्फ पातपतिङ्गरलाई मलमा परिणत गरी खेतबारीमा प्रयोग गर्दा कृषिउपज बढाउने, पातपतिङ्गर सङ्कलनकर्तालाई आर्थिक लाभसमेत  हुने भएकाले प्रदेश सरकारले यो कार्य अगाडि बढाउन लागेको बताए। 

प्रदेश सरकारले रसुवाको समग्र विकासका लागि रु ९२ करोड विनियोजन गरेको पनि समीक्षा बैठकका सहभागीलाई  मन्त्री सिलवालले बताए। 

जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेको सभापतित्वमा सम्पन्न समीक्षामा जिल्लास्थित कार्यालय र रसुवालाई कार्यथलो बनाई धादिङ र नुवाकोटमा रहेका विकाससँग सम्बन्धित निकायका प्रमुख तथा प्रमुख राजनीतिक दलका प्रतिनिधि, स्थानीय प्रशासकलगायतको सहभागिता रहेको थियो ।

यसैगरी, पवित्र तीर्थस्थल गोसाइँकुण्ड, उत्तरगयाधाम, पार्वतीकुण्डजस्ता धार्मिक तथा पर्यटकीय क्षेत्र र लाङ्टाङ जस्ता सम्पदाको संरक्षणमा विशेष ध्यान दिई संरक्षण र पूर्वाधार निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending