सिरहा । असारको मध्यसम्म पनि सिरहाका धेरै खेत सुक्खै छन् । खेत जोतिएको छ, बीउ पनि तयार छ, तर वर्षा नहुँदा रोपाइँ थाल्न नसकेका किसान आकाशतिर हेर्दै पानीको पर्खाइमा छन् । सिँचाइको भरपर्दो व्यवस्था नहुँदा सिरहाका किसान आज पनि आकासे पानीको भरमा खेती गर्न विवश छन् ।
रोपाइँ सकेर हरियाली भइसक्नुपर्ने खेत अझै सुनसान छन् । कहिले वर्षा होला र धान रोपाइँ सुरु गर्न पाइएला भनेर किसानको अनुहारमा चिन्ता झल्किन थालेको छ । वर्षा लागिसकेको भए पनि पर्याप्त पानी नपर्दा उनीहरूको पर्खाइ लम्बिँदै गएको छ ।
“समयमा वर्षा नहुँदा रोपाइँ गर्न पाइएन । पानी परेपछि मात्र काम अघि बढ्छ” लहान नगरपालिका–२३ का रामकुमार यादवले भने, “हामी त हरेक बिहान आकाश हेर्छौँ । कहिले बादल लाग्छ, कहिले घाम आउँछ । तर, पानी पर्दैन ।” उनले रोपाइँका लागि झण्डै दुई बिघा खेत जोतिसकेका छन्, बीउ पनि तयार छ, तर वर्षा नहुँदा हात बाँधेर बस्न बाध्य हुनुपरेको छ । वर्षा नहुँदा रोपाइँको याम नै खेर जाने चिन्ता बढेको उनले बताए ।
सिरहालगायत तराईका अन्य जिल्लामा अझैपनि अधिकांश किसान आकाशे पानीमै भर पर्ने गर्दछन् । सिँचाइको सुविधा नहुँदा वर्षाको भरमा खेती गर्ने किसानलाई प्रत्येक वर्ष असार महिनामा आकाशले साथ दिने/नदिने कुराले ठूलो प्रभाव पार्छ ।
कृषि ज्ञान केन्द्र सिरहाका सूचना अधिकारी किरण विश्वकर्माका अनुसार जिल्लामा कुल ५४ हजार हेक्टर धान खेतीयोग्य जमिन छ । तर हालसम्म जम्मा १८ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ । उनले भने, “अहिलेसम्म भएको रोपाइँ पनि किसानले बोरिङ्गको सहायताले गरेका हुन् ।”
कृषि ज्ञान केन्द्रको आकलनअनुसार केही दिनभित्र पर्याप्त वर्षा नभए बाँकी खेतीयोग्य जमिनमा रोपाइँ गर्ने समय ढिला हुँदै जान्छ । यसको प्रत्यक्ष असर धान उत्पादनमा पर्नेछ । सिँचाइ सुविधा विस्तार, जल सञ्चयन प्रणालीको विकास, र मौसमी पूर्वानुमानमा आधारित कृषि तालिकाको आवश्यकता किसानले बारम्बार उठाउँदै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १० गते, २०८२ - ०९:३१
काठमाडौं । करिब तीन दशकपछि सन् २०२५ मा पहिलो पटक विश्वका केन्द्रीय ब्याङ्कहरूसँग मौजुद सुनको कुल मूल्य अमेरिकी ट्रेजरी बन्डको लगानीभन्दा धेरै भएको छ। ...
माघ १० गते, २०८२ - ०९:२१
काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक आज दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबा...
माघ १० गते, २०८२ - ०९:१४
काठमाडौं । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवा...
माघ १० गते, २०८२ - ०९:१०
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना हुने निर्वाचन प्रहरीलाई २५ माघदेखि ‘फिल्ड’ मा खटाइने भएको छ । नेपाल प्रहरी ...
माघ १० गते, २०८२ - ०८:०२
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जा...
माघ १० गते, २०८२ - ०७:५८
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल दुई स्थानीय तहबीचको खिचातानी र संरक्षणको अभावमा अस...
माघ १० गते, २०८२ - ०७:५४
काठमाडौँ । ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्ष...
माघ १० गते, २०८२ - ०७:५१
काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । ...
माघ १० गते, २०८२ - ०७:४५
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान ग...
माघ १० गते, २०८२ - ०७:३३
भक्तपुर । भक्तपुरकाे मध्यपुरथिमि–२ स्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ । बाल सुधारगृहका दुई समूहबिच भएको झडप आगजनी र तोडफोडमा परिण...




प्रतिकृया लेख्नुहोस्: