Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

कोशी पर्यटन वर्ष: प्रचारप्रसारमा जुट्यो प्रदेश सरकार

खबरडबली संवाददाता

काठमाडौँ । कोशी प्रदेश सरकारले यस वर्षलाई ‘कोशी पर्यटन वर्ष’का रूपमा मनाउने निर्णय गरेसँगै पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसारका गतिविधि गरिरहेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यस वर्षलाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरी बजेट विनियोजन गरेको थियो ।

प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलको अध्यक्षतामा पर्यटन वर्ष निर्देशन समिति गठन गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको हो । यसअन्तर्गत अहिले दुई समूह बनाएर मुलुकका विभिन्न स्थानमा प्रचाप्रसारका कार्यक्रम भइरहेका छन् ।

‘स्वदेशी तथा विदेशी सञ्चारकर्मीलाई गन्तव्य परिचयात्मक भ्रमण’ र ‘रोड सो’ कार्यक्रममार्फत प्रदेशका पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि प्रचारप्रसारमूलक गतिविधि सञ्चालन भइरहेको पर्यटन वर्ष निर्देशन समितिका सदस्य वासुदेव बरालले जानकारी दिए । पर्यटकीय गन्तव्यको भ्रमण कार्यक्रमअन्तर्गत नेपालसहित भारतका १७ पत्रकारलाई प्रदेशका पर्यटकीय गन्तव्यको भ्रमण गरिरहेको जनाउँदै उनले पर्यटन वर्ष निर्देशन समितिका सदस्य राजन दङ्गालको नेतृत्वमा रोड सोमार्फत मुलुकका विभिन्न स्थानमा परिचयात्मक तथा प्रवर्द्धनात्मक कार्यक्रम भइरहेका बताए ।

शुक्रबारदेखि सुरु भएको भ्रमण कार्यक्रम सोमबारसम्म जारी रहने जनाउँदै बरालले नेपालसहित सिक्किमका एक, विहारका चार, पश्चिम बङ्गालका तीन गरी १७ पत्रकारको सहभागितामा पर्यटकीय गन्तव्यको पहिचान, अवलोकन र प्रचारप्रसार भइरहेको उल्लेख गरे । निर्देशक समितिका सदस्य बरालका अनुसार हालसम्म सुनसरीको रामधुनी मन्दिर, बराहक्षेत्र, कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्र, धरानका विभिन्न धार्मिक तथा प्राकृतिक सम्पदा, मठमन्दिर, धनकुटाको ओरेञ्ज सिटी, तेह्रथुमको लालिगुँरास नगरपालिकाको चोत्लुङ पार्कलगायत स्थानको भ्रमण भइसकेको छ ।

“धनकुटाको ओरेञ्ज सिटी दुई वटा टोलको संयोजन गरी बनाइएको छ, सुन्तला बढी फल्ने भएकाले सुन्तला किसानलाई प्रोत्साहन गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ओरेञ्ज सिटी निर्माण गरिएको पाइयो”, उनले भने । पर्यटन वर्षको प्रचारप्रसार र पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना भइरहेका बताउँदै उनले यस वर्ष प्रदेशमा १० लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको जानकारी दिए ।

यसैबीच समितिका सदस्य दङ्गालको नेतृत्वमा यही असार ११ गतेदेखि मुलुकका विभिन्न स्थानमा रोड सोका कार्यक्रम भइरहेका छन् । उक्त कार्यक्रम असार १७ गतेसम्म जारी रहने बताउँदै दङ्गालले हालसम्म काठमाडौँमा दुई, ललितपुरमा दुई, पोखरामा एक, नारायणगढमा एक र हेटौँडामा एउटा कार्यक्रम सम्पन्न भइसकेका जानकारी दिए ।

उनका अनुसार चालु आवमा पर्यटन, वन तथा वातावरणअन्तर्गत रु १० करोड बजेट विनियोजन भएको थियो । आगामी आवका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा पर्यटन वर्षका लागि रु १० करोड बजेट विनियोजन गरेको बरालले जानकारी दिए। 

“त्यसमध्ये रु चार करोड ४७ लाख मन्त्रालयले पर्यटन पूर्वाधार निर्माण, पर्यटकीय स्थानको पहिचानलगायत क्षेत्रमा खर्च गर्नेछ । बाँकी रकम पर्यटनसम्बन्धी काम गरिरहेका निजी क्षेत्रमार्फत खर्च गरिने छ”, उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending