Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

इजरायल-इरान युद्ध र तेल सम्झौताबारे चीनको रहस्यमय मौनता

खबरडबली संवाददाता

काठमाडौं । जुन १३ मा इजरायल र इरानबीचको नयाँ सैन्य संघर्ष सुरु भएपछि चीन–इरान सम्बन्ध विशेषगरी तेल व्यापारको सन्दर्भमा विश्वको ध्यान तानेको छ। किनकि चीन नै ईरानको कच्चा तेलको प्रमुख खरिदकर्ता हो। यस्तो संवेदनशील घडीमा चीनको चुप्पी र उसले इरानी तेलप्रति देखाएको अस्पष्ट रवैयाले धेरै प्रश्न उठाएको छ।

चीनको भूमिका

चीन विश्वकै सबैभन्दा ठूलो तेल आयात गर्ने देश हो। विभिन्न रिपोर्टहरू अनुसार चीन आफ्नो कुल तेल आयातको झन्डै १३.६ प्रतिशत इरानबाट ल्याउँछ। केही रिपोर्टहरूमा यो आँकडा १५ प्रतिशतसम्म भनिएको छ। तर चीनले सार्वजनिक रूपमा भने इरानबाट तेल आयात गर्ने गरेको स्विकारेको छैन।

इरानमाथि अमेरिकी प्रतिबन्ध लागिरहँदा चीनले ती प्रतिबन्धलाई ‘एकतर्फी र गैरकानुनी’ बताउँदै आएको छ। सन् २०२२ को जुलाईदेखि चीनको आधिकारिक कस्टम डेटा अनुसार उसले इरानबाट कुनै तेल आयात गरेको देखिदैन।

तर ब्लूमबर्ग लगायतका पश्चिमी मिडियाहरूका अनुसार इरानी तेललाई मलेसियाबाट आएको देखाएर, पुराना ट्यांकरहरूको ‘शैडो फ्लीट’ (छायाँ बेडा) प्रयोग गरेर चीनको उत्तरी क्षेत्रका निजी तेल प्रशोधन केन्द्रहरू — जसलाई ‘टीपोट’ भनिन्छ — मा गुप्त रूपमा पुर्‍याइन्छ।

चीन सरकार किन चुप छन्?

१३ जुनदेखि हालसम्म, चिनियाँ सरकारी अधिकारी वा विदेश मन्त्रालयले इरानी तेलको आयातसम्बन्धी सोधिएको कुनै पनि प्रश्नको स्पष्ट जवाफ दिएका छैनन्। प्रवक्ता गुओ जियाकुनले बारम्बार ‘राष्ट्रिय हितअनुसार ऊर्जा सुरक्षा कायम राख्ने’ नीतिको दोहोर्‍याइरहेका छन्।

त्यस्तै, चिनियाँ सरकारी सञ्चारमाध्यमहरू — जस्तै ग्लोबल टाइम्स, सीजीटीएन र द पेपर — ले पनि तेल मूल्य, होर्मुज़ स्ट्रेटको रणनीतिक महत्त्व र इरानको धम्कीका विषयमा त रिपोर्ट गरेका छन् तर चीन आफैंलाई त्यसको कति असर पर्छ भन्नेबारे मौन छन्।

एक दुर्लभ उदाहरणको रूपमा, चिनियाँ विश्लेषक जिन कैनरोंगले भनेका छन्, “साँचो कुरा के हो भने इरानको वास्तविक तेल ग्राहक अहिले चीन नै हो।”

‘शैडो फ्लीट’ र निजी रिफाइनरी

पश्चिमी सञ्चारमाध्यमहरूको रिपोर्टमा इरानी तेलको गुप्त आपूर्तिको विषय छायो—जहाँ पुराना जहाजहरूको ‘छायाँ बेडा’ प्रयोग गरी चीनको साना निजी रिफाइनरीसम्म तेल ल्याइन्छ। यद्यपि, चिनियाँ मिडियामा भने ‘शैडो फ्लीट’ वा ‘टीपोट’ कम्पनीहरूको चर्चा झन्डै नगन्य देखिन्छ।

१७ जुनमा सीसीटीभी को एक कार्यक्रममा वित्तीय विश्लेषक लियु गेले पहिलोपटक ‘शैडो फ्लीट’ को उल्लेख गरेका थिए। तर उनले चीनको नाम भने लिएनन्।

४०० अर्ब डलरको चीन–ईरान दीर्घकालीन सम्झौता
सन् २०२१ मा चीन र ईरानबीच २५ वर्षको लागि ४०० अर्ब डलरको लगानी सम्झौता भएको खबर बाहिरिएको थियो। तर चीनले यो सम्झौता कहिल्यै सार्वजनिक गरेको छैन। न त यसलाई आधिकारिक ‘कॉन्ट्र्याक्ट’ भनेको छ। बरु चीनले यसलाई ‘मैक्रो फ्रेमवर्क’ को संज्ञा दिँदै आएको छ।

हालको इजरायल–ईरान द्वन्द्वको सन्दर्भमा पनि चिनियाँ मिडियाले यस सम्झौताबारे खासै चर्चा गरेको पाइँदैन। गुआंचा नामक सरकारी समर्थित ब्लगमा मात्र केही विश्लेषकहरूले यसको उल्लेख गरेका छन्। तीमध्ये जिन कैनरोंगले यो सम्झौतामा हालसम्म ‘वास्तविक लगानी नभएको’ बताएका छन्।

निष्कर्ष

चीनले अन्तर्राष्ट्रिय मंचमा आफ्नो ऊर्जा सुरक्षा र व्यापार स्वायत्ततालाई प्राथमिकता दिएको देखिन्छ। अमेरिकाको प्रतिबन्धलाई अस्वीकार गर्दै उसले इरानसँगको तेल व्यापारलाई गुप्त ढंगले निरन्तरता दिइरहेको छ। 

तर चीनको आधिकारिक मौनता र सरकारी मिडियाको विषय परिवर्तन गर्ने शैलीबाट उसले स्पष्ट संकेत दिएको छ — कि उसको रणनीति ‘देखिनेभन्दा धेरै गहिरो’ छ।

युद्धको बीचमा तेल आपूर्तिमा हुने जोखिमका बाबजुद चीनले आफ्नो इरानी साझेदारीलाई न त स्वीकार्छ, न त अस्वीकार गर्छ। र, यही द्वैध नीति उसले लामो समयदेखि खेलेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending