Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

बीपी राजमार्ग पुनःनिर्माणको प्रक्रियामा, वर्षामा अवरुद्ध हुन नदिइने

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । गत साल असोज दोस्रो साता रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्ग हालको वर्षायाममा अवरुद्ध हुन नदिन विभिन्न उपाय अपनाउँदै अस्थायी संरचनासमेत बनाइएको छ । 

डिभिजन सडक कार्यालय भक्तपुरले बाढीपश्चात पहिलाको भन्दा केही फिट उचाइमा अस्थायी भरान गरी यातायात सञ्चालनार्थ निर्माण गरिएको सडक हालको वर्षाले क्षति हुन नदिन सतर्कता अपनाउँदै ‘इक्यूपमेन्ट’ र संरचना निर्माण गरेको जनाएको छ । 

बाढीले क्षति गर्नसक्ने काभ्रेपलाञ्चोकतर्फको चौकीडाँडा, कटुञ्जेबँसी, मङ्गलटार र माम्तीमा हुनसक्ने क्षति रोक्न ग्याबिन जालीको पर्खाल लगाइएको र सडक अवरुद्ध भइहाले पन्छ्याउन ठूला बोल्डर ‘स्ट्याण्डबाई’ राखिएको कार्यालयले जनाएको छ । 

कार्यालयले वर्षायाममा बाढीपहिरोका कारण हुनसक्ने राजमार्ग अवरुद्ध तत्काल हटाउन सडक पुनःनिर्माणका लागि ठेक्का लागेको सडकखण्डमा निर्माण व्यवसायीको १५÷१५ वटा उपकरणका साथै डोजर, टिपर, लोडरलगायतका सात उपकरण तयारी अवस्थामा राखेको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जीनियर सुमन योगेशले बताए । 

नेपाल सरकारले गत सालको बाढीका कारण क्षतिग्रस्त बीपी राजमार्गअन्तर्गत २९ किलोमिटर सडकखण्डलाई चार खण्डमा पुनःनिर्माण गर्नेगरी प्रक्रिया अघि बढाएको छ । क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माणका लागि काभ्रेपलाञ्चोक क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम हुने भएको हो । 

योगेशका अनुसार काभ्रेपलाञ्चोकतर्फ पुनःनिर्माण हुने सडकमध्ये डालाबेँसीदेखि चार सय बेँसीसम्मको साडे आठ किमीका लागि खानी÷कमलजीत÷एवान जेभी छनोट भएको छ । उक्त सडकखण्ड पुनःनिर्माण गर्न निर्माण व्यवसायीसँग रु एक अर्ब ४२ करोड कबोल भएको जनाइएको छ । काभ्रेपलाञ्चोकतर्फको चार सय बेँसीदेखि भकुण्डेबेँसीसम्मको ११ किमी सडक पुनःनिर्माणका लागि भने प्राविधिक मूल्याङ्कनको काम भइरहेको योगेशले बताए ।

यस्तै काभ्रेपलाञ्चोकतर्फकै बर्षेखोलादेखि डालाबेँसीसम्मको साढे पाँच किमी सडकखण्ड जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) र नेपाल सरकारले पुनःनिर्माण गर्ने भएका छन् । उक्त तीन दशमलव दुई किमी जाइकाले र दुई दशमलव तीन किमी सडक नेपाल सरकारले पुनःनिर्माण गर्ने जनाइएको छ । सिन्धुलीको खाल्टे डिभिजन सडक कार्यालयले ठेक्का लगाएको नेपालथोकदेखि बर्षेखोलासम्मको चार किमी सडक भने सम्झौताका चरणमा रहेको छ । 

क्षतिग्रस्त सडक नेपाल सरकारबाट रु आठ अर्ब ५० करोडको बजेट सुनिश्चितता प्राप्त भएको छ । काभ्रेपलाञ्चोकतर्फको तीन खण्डका लागि रु सात अर्ब ५० करोड र सिन्धुलीको सडकखण्डका लागि रु एक अर्ब बजेट सुनिश्चितता भएको डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । 

कार्यालयका अनुसार हालको वर्षायाममा राजमार्ग पुनःनिर्माणको काम सुरु हुँदैन । भकुण्डेबेँसीदेखि नेपाल थोकसम्मको पुनःनिर्माण हुने सडक इन्टरमिडियट लेनबाट डबल लेन सडक बनाइने छ । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो ।

खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको वि.सं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा लिइएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending