काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किनु नौलो नभएको बताएका छन् । राजनीतिक व्यक्ति नै रहेकाले राजनीतिक फर्किन मिल्ने उनले भनाइ थियो । अध्यक्ष केपी ओलीसहित सबैको सल्लाहमा पार्टीमा भण्डारीको जिम्मेवारी तोकिनुपर्ने उनले बताए ।
‘उहाँ दलको प्रतिनिधित्व गरेर राष्ट्रपतिमा जानुभयो । त्यहाँ गएपछि एउटा भूमिका पूरा गर्नुभयो । अब पोलिटिकल मान्छे हो कि होइन भन्ने प्रश्न छन् । पूर्वराष्ट्रपति एउटा पोलिटिकल मान्छे हो । पोलिटिकल मान्छे हो भन्नेमा किन इफ–बट भनेको ? इफ–बटको केही जरुरी छैन,’ पोखरेलले भने, ‘पोलिटिक्स गरेर आएको व्यक्तिमा पोलिटिक्सप्रति रुचि हुन्छ । यो के अनौठो भो ? पोलिटिक्समा रुचि राख्नु उहाँको धर्म हो । अब के गर्ने, कसो गर्ने, त्यो त सल्लाह हुन्छ । अध्यक्षज्यूसँग सल्लाह हुन्छ । हामी सबै बसेर सल्लाह गर्छौँ, र टुंगिन्छ । यसमा तातेको तावामा उफ्रेजस्तो किन गरेको ?’
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीभित्रको द्वन्द्व विधिसम्मत प्रकट हुन नपाए असन्तुष्टिले विस्फोटको रूप लिने चेतावनीसमेत दिए । ‘पार्टीभित्रको द्वन्द्व विधिसम्मत प्रकट हुन दिइएन भने विस्फोट हुन्छ । विधिसम्मत प्रकट हुन नपाए विद्रोह हुन्छ, विग्रह पैदा गर्छ । त्यस्तो अवस्थामा विग्रह–विद्रोह गर्नेलाई मात्र दोष दिएर पुग्दैन । हाम्रा कार्यशैलीमा कहाँ कमजोरी छन् भन्ने विश्लेषण गर्नुपर्छ । असन्तुष्टि निश्चित विन्दुमा पुगेपछि विस्फोट हुन्छ,’ जबजको व्याख्या गर्दै पाखेरेलले भने ।
उनले पार्टीको आन्तरिक लोकतन्त्रलाई पनि ध्यान दिनुपर्ने औँल्याए । लहडमा नभई धेरै सोच–विचार गरेर पार्टीमा उमेरहदको व्यवस्था गरिएको पनि बताए । ‘त्यसवेला पारित भएका दस्ताबेज जस्ताको तस्तै सुरक्षित छन् । हामीले पार्टीको लोकतान्त्रीकरणबारे कुरा गर्यौँ । कार्यकाल र उमेरका कुरा गर्यौँ । नियन्त्रण र सन्तुलनका कुरा पनि गर्यौँ र थुप्रै कुरा राख्यौँ,’ उपाध्यक्ष पोखरेलले भने, ‘त्यो कुनै झ्वाँकमा राखेको होइन । सुविचारित ढंगले लामो बहस र छलफलबाट निकालिएका निष्कर्ष हो ।’
एमालेले २०–२२ भदौमा विधान महाधिवेशन गर्दै छ, जहाँ नेतृत्वको उमेरहद र कार्यकालको विषय टुंग्याउने तयारी छ । पार्टी अध्यक्ष ओली र उनीनिकट नेताहरू ७० वर्षे उमेरहद र कार्यकाल सीमा तोक्न नहुने पक्षमा छन् । तर, उपाध्यक्ष पोखरेलसहित ओली समूहइतरका नेता भने उमेरहदको पक्षमा छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेकोे छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: