काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किनु नौलो नभएको बताएका छन् । राजनीतिक व्यक्ति नै रहेकाले राजनीतिक फर्किन मिल्ने उनले भनाइ थियो । अध्यक्ष केपी ओलीसहित सबैको सल्लाहमा पार्टीमा भण्डारीको जिम्मेवारी तोकिनुपर्ने उनले बताए ।
‘उहाँ दलको प्रतिनिधित्व गरेर राष्ट्रपतिमा जानुभयो । त्यहाँ गएपछि एउटा भूमिका पूरा गर्नुभयो । अब पोलिटिकल मान्छे हो कि होइन भन्ने प्रश्न छन् । पूर्वराष्ट्रपति एउटा पोलिटिकल मान्छे हो । पोलिटिकल मान्छे हो भन्नेमा किन इफ–बट भनेको ? इफ–बटको केही जरुरी छैन,’ पोखरेलले भने, ‘पोलिटिक्स गरेर आएको व्यक्तिमा पोलिटिक्सप्रति रुचि हुन्छ । यो के अनौठो भो ? पोलिटिक्समा रुचि राख्नु उहाँको धर्म हो । अब के गर्ने, कसो गर्ने, त्यो त सल्लाह हुन्छ । अध्यक्षज्यूसँग सल्लाह हुन्छ । हामी सबै बसेर सल्लाह गर्छौँ, र टुंगिन्छ । यसमा तातेको तावामा उफ्रेजस्तो किन गरेको ?’
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीभित्रको द्वन्द्व विधिसम्मत प्रकट हुन नपाए असन्तुष्टिले विस्फोटको रूप लिने चेतावनीसमेत दिए । ‘पार्टीभित्रको द्वन्द्व विधिसम्मत प्रकट हुन दिइएन भने विस्फोट हुन्छ । विधिसम्मत प्रकट हुन नपाए विद्रोह हुन्छ, विग्रह पैदा गर्छ । त्यस्तो अवस्थामा विग्रह–विद्रोह गर्नेलाई मात्र दोष दिएर पुग्दैन । हाम्रा कार्यशैलीमा कहाँ कमजोरी छन् भन्ने विश्लेषण गर्नुपर्छ । असन्तुष्टि निश्चित विन्दुमा पुगेपछि विस्फोट हुन्छ,’ जबजको व्याख्या गर्दै पाखेरेलले भने ।
उनले पार्टीको आन्तरिक लोकतन्त्रलाई पनि ध्यान दिनुपर्ने औँल्याए । लहडमा नभई धेरै सोच–विचार गरेर पार्टीमा उमेरहदको व्यवस्था गरिएको पनि बताए । ‘त्यसवेला पारित भएका दस्ताबेज जस्ताको तस्तै सुरक्षित छन् । हामीले पार्टीको लोकतान्त्रीकरणबारे कुरा गर्यौँ । कार्यकाल र उमेरका कुरा गर्यौँ । नियन्त्रण र सन्तुलनका कुरा पनि गर्यौँ र थुप्रै कुरा राख्यौँ,’ उपाध्यक्ष पोखरेलले भने, ‘त्यो कुनै झ्वाँकमा राखेको होइन । सुविचारित ढंगले लामो बहस र छलफलबाट निकालिएका निष्कर्ष हो ।’
एमालेले २०–२२ भदौमा विधान महाधिवेशन गर्दै छ, जहाँ नेतृत्वको उमेरहद र कार्यकालको विषय टुंग्याउने तयारी छ । पार्टी अध्यक्ष ओली र उनीनिकट नेताहरू ७० वर्षे उमेरहद र कार्यकाल सीमा तोक्न नहुने पक्षमा छन् । तर, उपाध्यक्ष पोखरेलसहित ओली समूहइतरका नेता भने उमेरहदको पक्षमा छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेकोे छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - ०८:१९
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...
चैत्र २० गते, २०८२ - ०८:१५
फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने
चैत्र २० गते, २०८२ - ०८:१०
दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । भानु नगरपालिका–३ कुकुर्दीदेखि ...
चैत्र २० गते, २०८२ - ०८:०८
काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...
चैत्र २० गते, २०८२ - ०८:०२
पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने
चैत्र २० गते, २०८२ - ०७:५०
सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...
चैत्र २० गते, २०८२ - ०७:४१
काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...
चैत्र २० गते, २०८२ - ०७:३८
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...
चैत्र २० गते, २०८२ - ०७:२४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...
चैत्र २० गते, २०८२ - ०७:२३
जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...


प्रतिकृया लेख्नुहोस्: