तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ को हरीपौरी निवासी मञ्जु आचार्यलाई ग्वारखोला गाउँमा पस्छ, की भन्ने पिरलो थियो । ग्वारखोलाले जमिन काटेर गाउँमै पस्लाजस्तै गरेको थियो ।
यही पीर सोही ठाउँका रूपसिंह चौधरीलाई पनि थियो । गाउँमा बाढी पस्ने चिन्ता मात्रै होइन रोपेको धान समेत बर्सेनि बगाउँदा उनी निकै चिन्तित थिए । “गाउँमा बाढी पस्ने डर उत्तिकै थियो”, उनले भने, “बर्सेनि आउने बाढीले हामीले रोपेको खेतको धान बगाएर लिन्थ्यो ।”
यस्तै समस्याले गर्दा सोही वडाको हरीपौरी मात्रै होइन, जसपुर, गर्गरे, बेलान्नेलगायतका बासिन्दालाई बर्सेनि पिरोल्थ्यो । तर, अब त्यो समस्या रहेन । ग्वारखोलामा यस वर्ष तटबन्ध निर्माण भइसकेको छ । त्यो तटबन्धले गाउँ पनि सुरक्षित त हुने नै भयो जग्गा पनि सुरक्षित गरेको छ । तटबन्ध निर्माण भएपछि त्यहाँका १०० घर सुरक्षित भएका छन् । विगतमा यो रोगजस्तै भए पनि तटबन्ध निर्माण भएपछि अब सहज भएको तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरीले बताए । त्यहाँको ६०० मिटर तटबन्ध निर्माण भएको हो ।
गएको वर्ष वडा नं १२ मै ३०० मिटर तटबन्ध भएको हो । सिँचाइ डिभिजन कार्यालय दाङको लागतमा तटबन्ध निर्माण भएको हो । सोही वडामा अझै ७०० मिटर तटबन्ध भएको छ ।
बबईको तटबन्धले पनि सहज
तुलसीपुर उपमहानगरपालिका–१२ कचिलाअन्तर्गत पर्ने बबई नदीमा पनि तटबन्ध निर्माण भएको छ । त्यसले पनि गाउँ नै जोगाउने अपेक्षा लिइएको छ । कचिला निवासी डिल्लीबहादुर थारुका अनुसार विगतमा बाढी बसेर गाउँ नै पुग्थ्यो । तर, अब भने त्यो डर हराएको उनले बताए । “सधैँ गाउँमा बाढी पस्थ्यो, घरै बगाउने डर हुन्थ्यो”, उनले भने, “तर, अब त्यो समस्या हटेर गएको छ ।”
त्यहाँ करिब ३०० घरलाई असर पुर्याउथ्यो । कचिला शीतलपुरलगायत बस्तीमा त्यहाँको बाढीले असर गर्ने गरेको थियो । करिब रु तीन करोड लागतमा त्यहाँ तटबन्ध निर्माण भएपछि सहज भएको उनको भनाइ छ । सिँचाइ डिभिजन कार्यालयले २०० मिटर तटबन्ध गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: