Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

आलमलाई सफाइ दिलाउन न्यायाधीशमाथि कानुनमन्त्रीको दबाब, न्याय परिषद्मा उजुरी

खबरडबली संवाददाता

काठमाडौं ।  पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिलाउन न्यायाधीशमाथि अनुचित दबाब दिएको आरोपमा कानुनमन्त्री अजयकुमार चौरसियविरुद्ध न्याय परिषद्मा उजुरी परेको छ । परिषद्का पदेन सदस्य चौरसिया र सम्बन्धित न्यायाधीशहरूको सम्बन्ध छानबिन गर्नुपर्ने मागसहित रौतहटका शैलेन्द्र साहले सोमबार उजुरी दिएका हुन् । 

बम विस्फोटमा घाइते भएका दुई युवालाई इँटाभट्टामा हालेर ज्यान लिएको कसुरमा जिल्ला अदालत रौतहटबाट जन्मकैदको सजाय पाएका आलमलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनले गत १४ जेठमा सफाइ दिएका थिए ।

फैसलाको चौतर्फी आलोचना भएपछि न्याय परिषद्ले न्यायाधीशद्वय थारू र महर्जनमाथि छानबिन सुरु गरिसकेको छ । उनीहरूलाई सर्वोच्च अदालतमा काजमा बोलाएर छानबिन थालिएको हो । छानबिनको जिम्मा सर्वोच्चका न्यायाधीश विनोद शर्मालाई दिइएको छ ।

सफाइ दिनुअघि चार दिनसम्म मन्त्री चौरसिया वीरगन्ज गएर बसेको र उनले न्यायाधीशहरूलाई आलमका अतिरिक्त अन्य मुद्दामा पनि फोन गरेर आफूले भनेजस्तो फैसला गराउन दबाब दिने गरेको चर्चा न्यायिक वृत्तमा पनि चल्दै आएको छ ।

कानुनमन्त्री चौरसियाको दबाब र आर्थिक चलखेलका कारण आलमलाई सफाइ दिइएको विभिन्न माध्यमबाट सुनेको साहले उजुरीमा उल्लेख गरेका छन् । यसअघि बिहीबार संसद्मा सांसद अमरेश सिंहले पनि कानुनमन्त्री चौरसियामाथि न्यायाधीशलाई फोन गरेर मुद्दाको फैसला गर्न दबाब दिने गरेको आरोप लगाउँदै छानबिन गर्न माग गरेका थिए ।

रौतहटको राजापुरमा २७ चैत २०६४ मा भएको बम विस्फोटका घाइते पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जिल्ला अदालतले १३ वैशाख २०८१ मा आलम र अन्य तीनलाई जन्मकैदको सजाय सुनाएको थियो ।

त्यसविरुद्धको पुनरावेदनमा सुनुवाइ गर्दै न्यायाधीशद्वय थारू र महर्जनको इजलासले सफाइ दिएपछि नक्खु कारागारबाट आलम छुटेका थिए । साहले न्याय परिषद्मा दिएको उजुरीमा भनिएको छ, ‘कानुनमन्त्री चौरसिया र न्यायाधीशद्वय थारू र महर्जनसमेतको कल डिटेल प्रतिवेदनसमेत अनुसन्धान गरेर न्याय परिषद् ऐन, २०७३ को दफा १० को घ, ज र दफा ११ को च–को कसुरमा दफा १४ र संविधानको धारा १४२ को उपधारा १ (ग) बमोजिम कारबाही गरिपाऊँ ।’

कानुनमन्त्री चौरसियाले भने आफूविरुद्ध जथाभावी र आधारहीन आरोप लगाइएको दाबी गरेका छन् । ‘मैले कहिल्यै कुनै न्यायाधीशलाई फोन गरेको छैन,’ उनले  भने, ‘यो ममाथि लगाइएको झूटा र तथ्यहीन आरोप हो ।’

मुद्दा छिन्नुअघिका केही दिन आफू वीरगन्ज र त्यस आसपासमा भने गएको उनले बताए । ‘तर म त्यहाँ कानुन मन्त्रालयको कामले गएको थिएँ, दिनभरि कार्यक्रममा उपस्थित भई साँझ वीरगन्जको आफ्नै घर आएर बसेको थिएँ,’ उनले भने, ‘मैले कहाँ कुन न्यायाधीशलाई भेटें ? मन्त्रालयको काममा पनि जान नपाउने हो ?’

चौरसिया गत ९ जेठको बिहान पर्सा गएका थिए । त्यो दिन पर्सागढी नगरपालिकामा भएको कानुन मन्त्रालयको प्रशिक्षण कार्यक्रममा आफू मुख्य अतिथिका रूपमा गएको र साँझ वीरगन्जस्थित निजी निवासमा बसेको उनले बताए ।

उनका अनुसार भोलिपल्ट त्यस्तै कार्यक्रम वीरगन्जको टाउनहलमा गरिएको थियो । त्यो दिन पनि कार्यक्रममा दिनभरि बसेर घरै गएको मन्त्री चौरसियाको भनाइ छ । ‘त्यहाँ प्रशिक्षण कार्यक्रम थियो, त्यसमा मेयरहरू आएका थिए, म एकक्षण पनि एक्लै छैन, अनि कसरी न्यायाधीशहरूलाई भेटें ?,’ उनले भने ।

मन्त्री चौरसियाका अनुसार अर्को दिन बाराको गढीमाईमा पनि मन्त्रालयले मन्त्रीसहितको कार्यक्रम राखेको थियो । त्यहाँ पनि आफू बिहानै गएर साँझ घरमै आई बसेको र त्यसको भोलिपल्ट बिहानै काठमाडौं फर्किएको उनले बताए । ‘मेरो कल डिटेल हेरे हुन्छ, तर मलाई जथाभावी भन्नेको पनि त हेर्नॅपर्ला नि ?,’ उनले भने, ‘जसलाई जे मन लाग्यो, उही गाली गरेर चर्चित हुने प्रवृत्ति छ, त्यसरी कसैको चरित्रहत्या गर्न पाइन्छ ?’

आफूले न्यायाधीशहरू थारू र महर्जनलाई मात्रै होइन, कुनै पनि अदालतको कुनै पनि न्यायाधीशलाई फोन नगरेको मन्त्री चौरसियाले दाबी गरे । आफूले फोन गरेको पत्ता लगाउन चुनौतीसमेत उनले दिएका छन् । ‘न्यायाधीशसँग मात्रै होइन, मैले आलमका छोरा र उनको परिवारका पनि कसैसँग कुरा गरेको र भेटेको छैन,’ उनले भने, ‘न्याय परिषद्ले ममाथि छानबिन गर्छ भने त्यसमा सघाउन तयार छु ।’ यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोल र डिजेलमा किन भयो भारी मूल्य वृद्धि ? यस्तो छ निगमको जवाफ

प्रतिसिलिन्डर २१६ रुपैयाँ बढेर आए पनि ग्यासको मूल्य नबढाएको प्रस्टीकरण

पूर्वी नाकाबाट भित्रिए छ हजार ७ सय ९१ पर्यटक

झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्र...

बाजुराको उच्च भेगमा वर्षात्सँगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि  वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो ।...

कांग्रेस समानुपातिकमा सभापतिका ससुरादेखि पूर्वराष्ट्रपतिका छोरासम्म

काठमाडौं । ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिटअनुसारका सांसदको नाम तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास...

मध्यपूर्व युद्धको असर : नेपालमा पनि पेट्रोल १५, डिजेल र मट्टीतेल १० रुपैयाँले महँगियो

अब काठमाडाैंमा प्रतिलिटर पेट्रोल १७२ र डिजेल–मट्टीतेल १५२ पर्ने

नयाँ सरकारले तत्काल सामना गर्नुपर्ने अर्थतन्त्रका चार मुख्य चुनौती

काठमाडौं । नवनिर्वाचित सरकारले शासन सम्हालेको करिब दुईअढाई महिनामै नयाँ बजेट ल्याउनुपर्ने छ। अबको केही दिनमा नयाँ सरकार गठन भइसक्ने आकलनका माझ उक्त...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न व्यवसायीको माग

रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि रूपन्देहीका उद्योगी र व...

कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौँ । कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले विज्ञप्तिमार्फत...

रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्न...

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र स...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: