बाँके । बाँकेको डुडुवा गाउँपालिका–२ दासपुरुवाकी २२ महिने जुगुन्ती नाउँको तौल मात्र ५ किलो छ । जुगन्तीका शरीरका सबै भागहरू शिथिल र अनुहार खिइएको छ ।
चिकित्सकहरूले जग ‘गम्भीर कुपोषित’ को श्रेणीमा राखेका छन् । त्यस्तै, सोही वडाकी ११ महिने राधिका खटिकको तौल ४ किलो मात्र छ । स्थानीय वेतहनी स्वास्थ्य चौकीका अहेव प्रदीपकुमार शाहका अनुसार, यी घटनाहरू त प्रतिनिधि उदाहरण मात्र हुन् ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार, चालु आर्थिक वर्ष २०८१-८२ मा मात्रै ५९ हजार ५१३ बालबालिकामा कुपोषण देखिएको छ। तीमध्ये ७८२ जनामा कडा शीघ्र कुपोषण रहेको छ भने २ हजार ५२७ बालबालिका मध्यम कुपोषणको अवस्थामा छन् ।
पछिल्लो आर्थिक वर्ष २०८०-८१ मा ६३ हजार ९९ बालबालिकामा कुपोषणको लक्षण देखिएको थियो । जसमा कडाशीघ्र कुपोषण छ सय ९६ बालबालिकामा थियो भने मध्यम कुपोषण २ हजार ८ सय ६६ जनामा देखिएको थियो । यसअघि, आर्थिक वर्ष २०७९-८० मा ५० हजार ३९३ बालबालिका कुपोषित भएका थिए । जसमा कडाशीघ्र कुपोषण सात सय ८४ जनामा देखिएको थियो भने मध्यम कुपोषण २ हजार ८ सय ५२ जनामा देखिएको थियो ।
५ वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई कुपोषण परीक्षण गर्दा ० देखि २३ महिना उमेर समूहका बालबालिकामा कुपोषणको दर सर्वाधिक देखिएको छ । परीक्षण गर्दा बालबालिकाहरूको उमेर अनुसारको तौल, उचाइ ,मोटोपना ,दुब्लोपना र ख्याउटेपनाको अवस्था बारे पत्ता लगाउने गरिएको स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले बताए ।
उनले बालबालिकाहरूको पाखुराको नाप लिएर रङ अनुसार अवस्था छुट्टाइने गरिएको जानकारी दिए । जसअनुसार पहेँलो रङलाई मध्यम, हरियो रङलाई सामान्य र रातो रङलाई कडा कुपोषण भनेर वर्गीकरण गरिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: