काठमाडाैं । संघीय संसदमा बजेटमाथिको छलफलको अन्तिम दिन प्रतिनिधिसभाका माननीय सांसद डा. सुनिलकुमार शर्माले प्रस्तुत गरेको सम्बोधनले सदनलाई भावुक बनायो ।
आफ्नो पार्टीका प्रमुख सचेतकबाट अन्तिम दिन बोल्ने अवसर उपलब्ध गराइएकोमा उनले आभार व्यक्त गरे । उनले विशेषगरी सांसद चन्द्र भण्डारीको समर्थन र सहकार्यप्रति समेत धन्यवाद व्यक्त गरे ।
डा. शर्माले सम्बोधनको क्रममा बुद्ध जन्मेको राष्ट्रमा बुद्धको दर्शन केवल पूजा र भाषणमा सीमित भएकोप्रति गम्भीर चिन्ता व्यक्त गरे । उनले भने, ‘सिद्धार्थ गौतम राजदरबार त्यागेर जनताको दुःख बुझ्न वनतिर लाग्नुभयो । आजका अर्थमन्त्रीज्यू पनि गाउँबाट आउनुभएको हो । तर जब सिंहदरबारमा पुगिन्छ, विवेक हराउँछ कि जस्तो लाग्छ ।’
‘पाँचवटा जिल्लाका नागरिक मात्रै जनता होइनन्,’ भन्ने शीर्षकगत भनाइमार्फत उनले बजेटको असमान वितरणप्रति गम्भीर असन्तुष्टि जनाए । उनले भने, ‘आज छातीमा हात राखेर सोच्नुस्—के देशका पाँचवटा जिल्लाका नागरिक मात्र जनता हुन् ? मुगु, मधेस, पहाडका दुर्गम गाउँहरूमा न पूल छ, न सिँचाइ, न शिक्षा, न स्वास्थ्य । त्यहाँका नागरिकको पीडा पनि उतिकै वास्तविक हो ।’
सांसद शर्माले सरकारको संवेदनशून्यताको आलोचना गर्दै प्रश्न गरे, ‘माननीय मन्त्री ज्यूहरू, तपाईंहरूको हृदय छ कि छैन ? विवेक बाँकी छ कि छैन ?’ वर्तमान सत्तालाई आत्ममूल्यांकन गर्न आग्रह गरे । उनले स्पष्ट रूपमा जोड दिए बजेट समन्यायिक हुनुपर्छ । केही सीमित क्षेत्रलाई प्राथमिकतामा राखेर बनाइएको बजेटले देशका सबै नागरिकको विश्वास जित्न नसक्नेतर्फ उनले सदनको ध्यानाकर्षण गराए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: