काठमाडाैं । संघीय संसदमा बजेटमाथिको छलफलको अन्तिम दिन प्रतिनिधिसभाका माननीय सांसद डा. सुनिलकुमार शर्माले प्रस्तुत गरेको सम्बोधनले सदनलाई भावुक बनायो ।
आफ्नो पार्टीका प्रमुख सचेतकबाट अन्तिम दिन बोल्ने अवसर उपलब्ध गराइएकोमा उनले आभार व्यक्त गरे । उनले विशेषगरी सांसद चन्द्र भण्डारीको समर्थन र सहकार्यप्रति समेत धन्यवाद व्यक्त गरे ।
डा. शर्माले सम्बोधनको क्रममा बुद्ध जन्मेको राष्ट्रमा बुद्धको दर्शन केवल पूजा र भाषणमा सीमित भएकोप्रति गम्भीर चिन्ता व्यक्त गरे । उनले भने, ‘सिद्धार्थ गौतम राजदरबार त्यागेर जनताको दुःख बुझ्न वनतिर लाग्नुभयो । आजका अर्थमन्त्रीज्यू पनि गाउँबाट आउनुभएको हो । तर जब सिंहदरबारमा पुगिन्छ, विवेक हराउँछ कि जस्तो लाग्छ ।’
‘पाँचवटा जिल्लाका नागरिक मात्रै जनता होइनन्,’ भन्ने शीर्षकगत भनाइमार्फत उनले बजेटको असमान वितरणप्रति गम्भीर असन्तुष्टि जनाए । उनले भने, ‘आज छातीमा हात राखेर सोच्नुस्—के देशका पाँचवटा जिल्लाका नागरिक मात्र जनता हुन् ? मुगु, मधेस, पहाडका दुर्गम गाउँहरूमा न पूल छ, न सिँचाइ, न शिक्षा, न स्वास्थ्य । त्यहाँका नागरिकको पीडा पनि उतिकै वास्तविक हो ।’
सांसद शर्माले सरकारको संवेदनशून्यताको आलोचना गर्दै प्रश्न गरे, ‘माननीय मन्त्री ज्यूहरू, तपाईंहरूको हृदय छ कि छैन ? विवेक बाँकी छ कि छैन ?’ वर्तमान सत्तालाई आत्ममूल्यांकन गर्न आग्रह गरे । उनले स्पष्ट रूपमा जोड दिए बजेट समन्यायिक हुनुपर्छ । केही सीमित क्षेत्रलाई प्राथमिकतामा राखेर बनाइएको बजेटले देशका सबै नागरिकको विश्वास जित्न नसक्नेतर्फ उनले सदनको ध्यानाकर्षण गराए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: