काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ का विजेतालाई आज पुरस्कार प्रदान गरेका छन् ।
काठमाडौँ महानगरपालिका, वडा नम्बर २२ को आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने खेडाली कृष महर्जनलाई प्रधानमन्त्री ओलीबाट पाँच लाख र ट्रफीसहितको पुरस्कार प्रदान गरिएको हो ।
नेपाल शाररीक सुगठन तथा फिटनेसको सहकार्यमा भएको कार्यक्रममा पछिल्ला अन्तर्राष्ट्रिय शाररीक सुगठन खेल प्रतियोगिताका विजेता, खेल क्षेत्रको विकासका योगदानदातालाई सम्मान गरिएको थियो । प्रधानमन्त्री ओलीले स्वस्थ्य रहनु जीवनको ठुलो सम्पति रहेकाले शारीरिक सुगठनले स्वस्थ्य जीवनका लागि योगदान दिने बताउँदै सरकारको स्वास्थ्य नीतिको मूल नीति निरोगी नेपाल भएकाले आरोग्यताका लागि सबैले ध्यान दिर्नुुुपर्नेमा जोड दिए ।
उनले अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा जितेर नेपाललाई विश्वमाझ चिनाउने खेलाडीलाई सरकारले नगद पुरस्काकर प्रदान गर्दै आएको स्मरण गराए । “दुनियाँमा आज युद्ध भइरहेको छ । एकले अर्को देशमा हमला गरेर, मान्छे मारेर होइन, यस्ता प्रतियोगिता गरेर जितेर मानवीय स्वास्थ्यका लागि काम गर्न सकिन्छ’’, प्रधानमन्त्री ओलीले भने, “युद्धको बिभत्स विभिषिका चलेका बेला मानवीय स्वास्थ्य क्षेत्रमा प्रगति भएमा विश्व शान्ति कायम गर्न सकिन्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८२ - २०:४९
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ बेलबोट फेदीस्थित कुम्लेखोलामा निर्धारित समयभन्दा पाँच महिना अगावै पुल निर्माण भएको छ । आगामी पुस १३ गते सम्पन...
श्रावण ५ गते, २०८२ - २०:३३
काठमाडाैं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कार मुद्दामा पक्राउ परेका हुन् । आइतबार पक्राउ गरी उनलाई अदालतमा उपस्थित गराइए...
श्रावण ५ गते, २०८२ - २०:२८
मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषध खैरो हेरोइनसहित सातजनालाई पक्राउ गरेको छ । लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा साउन २ र...
श्रावण ५ गते, २०८२ - २०:२३
पर्वत । शनिबार रातिदेखिको अविरल वर्षाको कारण आएको पहिरोले घर पुर्दा पर्वतको मोदी गाउँपालिकामा दुईजनाको मृत्यु भएको छ । मोदी–३ देउराली लाङ्दीमा घरमा...
श्रावण ५ गते, २०८२ - २०:१६
नवलपरासी । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाबापतको भुक्तानी गर्नुपर्ने सबै रकम भदौ महिनाभित्रमा भुक्तानी गरिने बताएका छन् ...
श्रावण ५ गते, २०८२ - २०:०७
काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीय निजामती विधेयकमा आफ्ना सांसदलाई संशोधन हाल्न लगाएर एमालेले देश, जनता र गठबन्धनलाई धोका दिए...
श्रावण ५ गते, २०८२ - २०:०१
सुनसरी । इटहरीको ट्याङ्ग्राखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–३ स्थित खोलामा साथीसँग पौडी खेल्ने क्रममा आज दिउँसो दुई जनाको ...
श्रावण ५ गते, २०८२ - १९:०१
भियतनाम । भियतनामको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्यमध्ये एकमा डुङ्गा डुब्दा कम्तीमा ३८ जनाको मृत्यु भएपछि उद्धारकर्ताहरूले आइतबार बेपत्ता पाँच जनाक...
श्रावण ५ गते, २०८२ - १८:५८
इक्वेडोर । इक्वेडरको दक्षिणपश्चिमी पर्यटकीय सहरमा पुल खेलिरहेका बेला शनिबार कम्तीमा नौ जनाको गोली हानी हत्या गरिएको देशको अभियोजकको कार्यालयले जनाएको ...
श्रावण ५ गते, २०८२ - १८:५४
ताप्लेजुङ । ताप्लेजुङमा हालसम्म करिब ४२ प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार आइतबारसम्ममा कुल ४२.७३ प्रतिशत मात्र धान र...
प्रतिकृया लेख्नुहोस्: