काठमाडौँ । फेसबुकले अकाउन्ट लगइन गर्दा पासवर्ड नै नचाहिने फिचर ल्याउने भएको छ । बुधबार एक ब्लग सार्वजनिक गर्दै कम्पनीले ‘पास की’ फिचर ल्याउने घोषणा गरेको हो ।
परम्परागत पासवर्डको तुलनामा पास की निकै सुरक्षित र सहज मानिन्छ । यसले गर्दा ह्याकरले अनलाइनबाटै तपाईंको अकाउन्टमा लगइन गर्न सक्दैनन् । किनभने यसका लागि फोन अनिवार्य साथमा हुनुपर्छ । यसरी लगइन गर्नका लागि डिभाइसको फेस लेक, फिङ्गरप्रिन्ट स्क्यानर, पिन वा अथेन्टिकेसन की प्रयोग गर्नुपर्ने हुन्छ ।
पासकी मार्फत लगइन गर्नका लागि तपाईंलाई युजरनेम र पासवर्डमा निर्भर हुनु पर्दैन । यसरी पासवर्ड र युजरनेमको आवश्यकता नपर्ने भएपछि प्रयोगकर्ता फिशिङ वा अन्य किसिमका साइबर आक्रमणबाट सुरक्षित हुने सम्भावना उच्च रहन्छ ।
फेसबुकका अनुसार पास की फिचर आगामी महिनादेखि मेसेन्जरमा उपलब्ध हुँदैछ । त्यसपछि भने मेसेन्जर र फेसबुक दुवैका लागि पासकी प्रयोग गर्न सकिनेछ ।
त्यसैगरी पास कीलाई भुक्तानीका जानकारी स्वतः भर्नका लागि पनि प्रयोग गर्न सकिनेछ । खासगरी मेटा पे प्रयोग गरेर भुक्तानी गर्दा यो फिचर प्रयोग गर्न सकिनेछ ।
पास की फिचर प्रयोग गर्नका लागि प्रयोगकर्ता अकाउन्ट सेन्टरमा रहेको ‘पास की’ अप्सन छान्नुपर्ने हुन्छ । अकाउन्ट सेन्टरको अप्सन फेसबुकमा सेटिङ मेनुभित्र हुन्छ । एक पटक पास की सेटअप गरिसकेपछि तपाईंले अन्य डिभाइसमा लगइन गर्दा यो फिचर प्रयोग गर्न सक्नुहुन्छ । पास की प्रयोग गरे पनि तपाईंले अकाउन्टमा एक्सेस पाउनका लागि पासवर्ड पनि प्रयोग गर्न सक्नुहुन्छ । अर्थात पास कीले पासवर्डलाई पूर्ण रूपमा विस्थापित गर्दैन । यसले गर्दा पास की सपोर्ट नगर्ने डिभाइसमा पनि पासवर्ड प्रयोग गरेर फेसबुक अकाउन्ट सजिलै लगइन गर्न सकिन्छ ।
यसअघि गुगल, माइक्रोसफ्ट, एप्पल, अमेजन, टिकटक, पेपाल, ह्वाट्सएप र एक्स लगायतका प्लेटफर्ममा यो सुविधा उपलब्ध भइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २५ गते, २०८३ - १२:५७
काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...
श्रावण २५ गते, २०८३ - १२:५५
किसानलाई मल छैन, बिचौलियाको बिगबिगी
श्रावण २५ गते, २०८३ - १२:४८
धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...
श्रावण २४ गते, २०८३ - २१:५५
झापा । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...
श्रावण २४ गते, २०८३ - २१:३९
काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...
श्रावण २४ गते, २०८३ - २१:२४
रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...
श्रावण २४ गते, २०८३ - २१:१९
धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...



प्रतिकृया लेख्नुहोस्: