Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

रेडपान्डा संरक्षण गर्न सामुदायिक वनमा ४८ वटा सीसी क्यामेरा

खबरडबली संवाददाता

भोजपुर । भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेडपान्डा (हाब्रे) संरक्षण थालिएको छ । यहाँ रेड पान्डा पाइने स्थानको छनोट गरेर संरक्षणको काम गरिएको हो । 

रेडपान्डा पाइने चार वटा सामुदायिक वनमा ४८ वटा क्यामेरा जडान गरेर रेड पान्डाको अवस्थाको विषयमा जानकारी लिने काम भइरहेको रेड पान्डा नेटवर्कले जनाएको छ ।

रेड पान्डाको संरक्षणको लागि यहाँको टेम्केमैयुङ–१ सावामा रहेको भुरुखेक र महाभिर वाल्वानी सामुदायिक वनमा आठ हजार मालिङ्गो बिरुवा रोपन गरिएको डिभिजन वन कार्यालय भोजपुरका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिए । रेडपान्डासँगै अन्य वन्यजन्तुको संरक्षणको लागि यी क्षेत्रमा तीन वटा ठूला पोखरीसमेत निर्माण गरिएको उनको भनाइ छ । गत आर्थिक वर्षमा पोखरी निर्माण तथा रेडपान्डाको आहार मालिङ्गो रोपनको लागि श्रमदानसहित रु १३ लाख ३० लागत बराबरको काम सम्पन्न भएको अधिकृत अधिकारीले जानकारी दिए ।

‘हामीले रेडपान्डासँगै अन्य वन्यजन्तुको संरक्षणको लागि काम गरिरहेका छौँ’, उनले भने, ‘रेड पान्डाको मुख्य आहार मालिङ्गो (बाँस प्रजाति)को आठ हजार बिरुवा रोपन गरेका छौँ । रेडपान्डा नेटवर्कसँगको सहकार्यमा रेडपान्डाको संरक्षण गरिरहेका छौँ । रेडपान्डाले मालिङ्गोका टुसा मन पराउने हुनाले यहाँ बिरुवा रोपन गरिएको हो ।’ राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार रेड पान्डाको चोरी, सिकारी गरेको खण्डमा रु एक लाखदेखि पाँच लाखसम्म जरिवाना, एकदेखि दश वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको अधिकारीले जानकारी दिए । मुन्दुम पदमार्गमा पर्ने यी स्थानमा रेडपान्डा संरक्षणले यहाँको पर्यापर्यटनमा समेत टेवा पुग्ने उनको भनाइ छ ।

रेडपान्डाको वासस्थन संरक्षणको लागि विशेष रुपमा जोड दिएको छ । यहाँको नयाँ खर्क, भुरुखेक, धप्परे एकराते र मैयुङ सामदायिक वनमा क्यामेरा जडान गरिएको सामूहिक अभियान भोजपुरका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिए । यहाँको धप्परे एकराते सामुदायिक वनमा रेडपान्डा फेला भएको उनको भनाइ छ ।

‘हामीले रेडपान्डा नेटवर्कमार्फत संरक्षणको काम गरिरहेका छौँ’, अध्यक्ष श्रेष्ठले भने, ‘यहाँ रेडपान्डा फेला परेको अवस्था छ । संरक्षित क्षेत्रमा क्यामेरा जडान गरेर गणनाको काम भइरहेको छ । स्थानीयलाई सचेत गराएर रेड पान्डाको संरक्षणसँगै चोरी, सिकारीबाट रोक्नको लागि आवश्यक काम गरिरहेका छौँ ।’ रेडपान्डाको सुरक्षाको लागि घुम्ती गस्ती गर्न तालिम दिएर सात वटा समूहलाई परिचालन गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । स्थानीयवासीले रेडपान्डाको अवस्थाको जानकारीसँगै चोरी सिकारी हुनबाट बचाउन भूमिका खेल्ने उनले जानकारी दिए ।

साथै पारिश्रमिक दिएर दुई जना वन अभिभावकसमेत नियुक्त गरिएको अध्यक्ष श्रेष्ठले बताए । वन अभिभावकले हेरालु समूहको परिचालनसँगै यहाँको रेडपान्डाको विषयमा समय/समयमा अध्यावधिक गराउने अध्यक्ष श्रेष्ठको भनाइ छ । आगलागी व्यवस्थापनका लागि तालिम, दिगो जीविकोपार्जनको सम्भाव्यता अध्ययनलगायतका कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ । रेडपान्डाको चोरी, सिकारी तथा हानिनोक्सानीबाट बचाउन गाउँपालिकाले आवश्यक भूमिका खेल्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

राष्ट्रपतिबाट चुनावमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको आगामी फागुन २१ गते तोकिएको निर्वाचनको मितिमा कुनै पनि प्रकारको दाँयाबाँया नगरी सम्पूर्ण ध्यान ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending