Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

लमजुङमा चालु आर्थिक वर्षमा चारवटा मोटरेबल पुल निर्माण सुरु

खबरडबली संवाददाता

लमजुङ । लमजुङमा चालु आर्थिक वर्षमा चारवटा मोटरेबल पुल निर्माण सुरु हुने भएको छ । जिल्लाको मर्स्याङ्दी, क्होलासोँथार, दोर्दी गाउँपालिका र मध्यनेपाल नगरपालिकामा नयाँ मोटरेबल पुल निर्माण सुरु हुन लागेको हो । 

गण्डकी प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत जिल्लाका अतिआवश्यक चार स्थानमा मोटरेबल पुल निर्माणका लागि बजेट विनियोजन छ । चालु आर्थिक वर्षमा निर्माण सुरु हुने चारवटा मोटरेबल पुलमध्ये तीनवटा टेन्डर प्रक्रियामा गइसकेका छन् भने एउटा अन्तिम चरणमा रहेको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । 

टेन्डर प्रक्रियामा गएकामध्ये मर्स्याङ्दी गाउँपालिका स्याँगेमा वडा नम्बर ४ र ५ जोड्ने मर्स्याङ्दी नदिमा मोटरेबल पुल निर्माण हुन लागेको हो । बहुवर्षीया योजनामा रहेको सो मोटरेबल पुलका लागि चालु आर्थिक वर्षमा मात्रै तीन करोड रुपैयाँ विनियोजन भएको छ । टेन्डर प्रक्रिया सकिएसँगै आगामी तीन वर्षमा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ । त्यसै गरी क्होलासोँथार गाउँपालिका–७ अन्तर्गत बालुवा बेसीमा रुँदी खोला मोटरेबल पुलको योजना पनि टेन्डर प्रक्रियामा गइसकेको छ ।

चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट विनियोजन भएको सो मोटरेबल पुल दुई वर्षमा सक्ने लक्ष्य छ । त्यस्तै दोर्दी गाउँपालिका–५ र दूध पोखरी गाउँपालिका–६ जोड्ने किसेदी खोलामा पनि मोटेरबल पुलका लागि टेन्डर भइसकेको छ । चालु आर्थिक वर्षमा एक करोड १२ लाख रुपैयाँ विनियोजन भएको सो पुल दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।

चालु आर्थिक वर्षमा सुरु हुने मोटरेबल पुल योजनामध्ये मध्यनेपाल नगरपालिका वडा नम्बर १ र २ जोड्ने खहरे खोला मोटरेबल पुल रहेको छ । चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन भएको सो मोटरेबल पुल टेन्डर प्रक्रियाका लागि अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इन्जिनियर विवेक सिग्देलले बताए । टेन्डर प्रक्रिया समाप्तिपछि सो पुल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने कार्यालयको दाबी छ ।

पूर्वाधार विकास कार्यालयका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा एउटा मात्रै मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । दूध पोखरी गाउँपालिका अन्तर्गत कुना घाटमा चेपेखोलामा निर्माण सुरु भएको पुल गत साउन महिनामा नै सम्पन्न भएको हो । २०७८ साल असारमा निर्माण सुरु भएको सो मोटरेबल पुल दूध पोखरी हुँदै गोरखा भच्चेक सडकअन्तर्गत रहेको छ ।

गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले स्थानीय नागरिकको आवश्यकता र विकास निर्माणको प्राथमिकतालाई ख्याल गर्दै आफू मन्त्री भएको पहिलो आर्थिक वर्षमै जिल्लाका चार स्थानमा मोटरेबल पुल योजना राख्न सकेको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending