Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

लमजुङमा चालु आर्थिक वर्षमा चारवटा मोटरेबल पुल निर्माण सुरु

खबरडबली संवाददाता

लमजुङ । लमजुङमा चालु आर्थिक वर्षमा चारवटा मोटरेबल पुल निर्माण सुरु हुने भएको छ । जिल्लाको मर्स्याङ्दी, क्होलासोँथार, दोर्दी गाउँपालिका र मध्यनेपाल नगरपालिकामा नयाँ मोटरेबल पुल निर्माण सुरु हुन लागेको हो । 

गण्डकी प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत जिल्लाका अतिआवश्यक चार स्थानमा मोटरेबल पुल निर्माणका लागि बजेट विनियोजन छ । चालु आर्थिक वर्षमा निर्माण सुरु हुने चारवटा मोटरेबल पुलमध्ये तीनवटा टेन्डर प्रक्रियामा गइसकेका छन् भने एउटा अन्तिम चरणमा रहेको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । 

टेन्डर प्रक्रियामा गएकामध्ये मर्स्याङ्दी गाउँपालिका स्याँगेमा वडा नम्बर ४ र ५ जोड्ने मर्स्याङ्दी नदिमा मोटरेबल पुल निर्माण हुन लागेको हो । बहुवर्षीया योजनामा रहेको सो मोटरेबल पुलका लागि चालु आर्थिक वर्षमा मात्रै तीन करोड रुपैयाँ विनियोजन भएको छ । टेन्डर प्रक्रिया सकिएसँगै आगामी तीन वर्षमा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ । त्यसै गरी क्होलासोँथार गाउँपालिका–७ अन्तर्गत बालुवा बेसीमा रुँदी खोला मोटरेबल पुलको योजना पनि टेन्डर प्रक्रियामा गइसकेको छ ।

चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट विनियोजन भएको सो मोटरेबल पुल दुई वर्षमा सक्ने लक्ष्य छ । त्यस्तै दोर्दी गाउँपालिका–५ र दूध पोखरी गाउँपालिका–६ जोड्ने किसेदी खोलामा पनि मोटेरबल पुलका लागि टेन्डर भइसकेको छ । चालु आर्थिक वर्षमा एक करोड १२ लाख रुपैयाँ विनियोजन भएको सो पुल दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।

चालु आर्थिक वर्षमा सुरु हुने मोटरेबल पुल योजनामध्ये मध्यनेपाल नगरपालिका वडा नम्बर १ र २ जोड्ने खहरे खोला मोटरेबल पुल रहेको छ । चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन भएको सो मोटरेबल पुल टेन्डर प्रक्रियाका लागि अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इन्जिनियर विवेक सिग्देलले बताए । टेन्डर प्रक्रिया समाप्तिपछि सो पुल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने कार्यालयको दाबी छ ।

पूर्वाधार विकास कार्यालयका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा एउटा मात्रै मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । दूध पोखरी गाउँपालिका अन्तर्गत कुना घाटमा चेपेखोलामा निर्माण सुरु भएको पुल गत साउन महिनामा नै सम्पन्न भएको हो । २०७८ साल असारमा निर्माण सुरु भएको सो मोटरेबल पुल दूध पोखरी हुँदै गोरखा भच्चेक सडकअन्तर्गत रहेको छ ।

गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले स्थानीय नागरिकको आवश्यकता र विकास निर्माणको प्राथमिकतालाई ख्याल गर्दै आफू मन्त्री भएको पहिलो आर्थिक वर्षमै जिल्लाका चार स्थानमा मोटरेबल पुल योजना राख्न सकेको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE