काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल स्काउटले देशको युवापुस्तामा प्रदान गर्दै आएको अनुशासन, नेतृत्व र सेवा भावना सकारात्मक रहेको बताएका छन् ।
नेपाल स्काउटको ७४औं स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित समारोहमा उनले स्काउटको निरन्तर प्रयासले बालबालिका, किशोरकिशोरी तथा युवायुवतीहरूलाई चरित्रवान, स्वावलम्बी र समाजसेवी नागरिकको रूपमा विकसित गर्न उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताए ।
स्काउट ऐन, २०५० अन्तर्गत युवालाई नैतिक, बौद्धिक तथा सामाजिक शिक्षामार्फत जिम्मेवार नेतृत्वतर्फ उन्मुख गराउन संस्थाले गर्दै आएको कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले सातै प्रदेश र ७५३ स्थानीय तहमा फैलिएको स्काउट सञ्जाल र सोमार्फत परिचालित ५० हजारभन्दा बढी स्वयंसेवक युवा स्काउटको योगदानको स्मरण गरे ।
“लागुपदार्थ दुर्व्यसन निवारण, महिला हिंसाविरुद्ध अभियान, किशोरी स्वास्थ्य सचेतना तथा विपद् व्यवस्थापनजस्ता विषयलाई प्राथमिकतामा राख्दै नेपाल स्काउटले गर्दै आएको समाजिक रूपान्तरण महत्वपूर्ण छ”, उनले भने, “स्काउटका सदस्यहरूले राष्ट्रिय तथा अन्तरराष्ट्रिय कार्यक्रममार्फत नेपालको पहिचान अन्तरराष्ट्रिय स्तरमा उजागर गर्न सफल हुनु प्रशंसनीय छ ।”
उपराष्ट्रपति यादवले विपद् व्यवस्थापनमा दक्ष टोली निर्माण, स्वयंसेवा अभियानका सशक्त गतिविधिहरू तथा महिला नेतृत्व प्रवर्द्धनमा संस्थाको अग्रसरतालाई सशक्त प्रेरणा स्रोतका रूपमा लिइनुपर्ने बताए । उपराष्ट्रपति यादवले नेपाल स्काउटको आगामी यात्रा अझ प्रभावकारी, समावेशी र नविन उपलब्धिले सम्पन्न होस् भन्ने कामना समेत गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: