काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री भगबती चौधरीले राज्यको सिस्टमले राज्यको सिस्टम (प्रणाली) ले नै सबैलाई कर तिर्नुपर्छ भन्ने कुरा महसुस गराउनुपर्ने बताएकी छिन् ।
आर्थिक वर्ष २०८२–८३ को प्रस्तावित बजेटमाथिको सैद्धान्तिक छलफलमा आजको प्रतिनिधि सभाको बैठकमा सहभागी हुँदै उनले त्यस्तो बताइन । “हामी बजारमा गएर केही वस्तु किन्यौँ भने तपाईलाई बिल चाहिन्छ ? भनेर सोध्ने गरिन्छ । त्यस्तो किन गरिन्छ त ?” सांसद चौधरीले प्रश्न गरिन, “हाम्रो अन्तशुल्क के हुन् ? अन्य अतिरिक्त शुल्कहरू के हुन् भन्ने कुराहरू हाम्रो सिस्टमले नै फिलिङ गराउनुपर्छ ।”
अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेकाे बजेटलाई समर्थन गर्दै उनले केही समयदेखि कमजोर रहेको मुलुकको अर्थतन्त्र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको प्रयासपछि सुधार हुँदैआएको बताइन । सरकारले अर्थतन्त्र सुधारका लागि गरेका प्रयासहरू सार्थक बन्दै गइरहेको परिप्रेक्ष्यमा आगामी आर्थिक वर्षको बजेटले पनि मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउँदै लैजानेमा हामी विश्वस्त छौँ, पूर्वमन्त्री चौधरीले भनिन् “देशको समग्र पक्षलाई मध्यनजर गर्दै ल्याइएको बजेटका समग्र पक्षलाई हेर्दा सन्तुलित, यथार्थपरक, स्रोत सुनिश्चितताको सम्भावना, प्रभावकारी सदुपयोगितालाई गर्न सक्ने, नतिजा दिन सक्नेगरी आयोजना तथा खर्चहरूलाई प्राथमिकीकरणको आधार तय गरी अर्थपूर्ण सकारात्मक प्रतिफल आउन सक्नेगरी ल्याइएको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: