ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिका–११ फावाखोलाका स्थानीयले सामाजिक सुरक्षा भत्ता वडाबाटै पाउनुपर्ने माग गरेका छन् ।
नगरपालिकाकै दुर्गम वडाको रुपमा रहेको फावाखोलाका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता बापतको रकम वडाबाटै पाउनुपर्ने माग गरेका हुन् । फुङ्लिङ नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको सहजीकरणमा शनिबार जनतासँग जनप्रतिनिधि कार्यक्रम सम्पन्न भएको छ । फावाखोलास्थित वडा कार्यालयमा आयोजित जनतासँग जनप्रतिनिधि कार्यक्रममा सहभागी लाभग्राहीले वडाबाटै सामाजिक सुरक्षा भत्ता बापतको रकम पाउनुपर्ने माग गरेका हुन् ।
सदरमुकाम फुङ्लिङ बजारसम्म पुग्नलाई असहज भएकोभन्दै आफूहरुले पाउने सामाजिक सुरक्षा भत्ता रकम वडाबाटै पाउने व्यवस्था मिलाई दिन लाभग्राहीले माग गरेका हुन् । सदरमुकाममा रहेको बैङ्कसम्म भत्ता रकम लिन जानलाई ज्येष्ठ तथा अपाङ्ग नागरिकलाई थप कठिन भएको लाभग्राहीको भनाइ छ । आफू अपाङ्गसमेत भएकाले भत्ता रकम प्राप्त गर्न सदरमुकामसम्म जानलाई निकै सास्ती खेप्दै आउनुपरेको लाभग्राही ७२ वर्षीया रमलादेवी बिष्टले बताइन ।
बिष्टले सुरुसुरुमा घरमै बसेर भत्ता रकम बुझ्दा धेरै सहज भएको र अहिले सोही भत्ता लिन सदरमुकामसम्म धाउनुपर्दा हैरानी भएकोभन्दै बिष्टले भत्ता रकम वडाबाटै पाउने व्यवस्था मिलाई दिन माग गरेका छन् । अर्का ७० वर्षीय चन्द्रबहादुर सेम्बुले पनि सामाजिक सुरक्षा भत्ता वडाबाटै पाउनुपर्ने माग गरे । ज्येष्ट नागरिकलाई भत्ता रकम बुझ्नका लागि सदरमुकाम धाउन समस्या भएको र सदरमुकामसम्म ओहोरदोहोर गर्दा यातायात र अन्य खर्च गरी करिव तीन हजार रुपियाँ सकिने सेम्बुले बताए ।
लाभग्राहीको माग सुनेपछि नगर प्रमुख अमिर मादेन र उपप्रमुख भीमादेवी ओझाले आगामी आर्थिक वर्षदेखि बैङ्कसँग समन्वय गरेर वडाबाटै सामाजिक सुरक्षा भत्ता रकम पाउने व्यवस्था मिलाउने आस्वासन दिए । नगर प्रमुख मादेनले फावाखोला र वडा नम्बर १० फुरुम्बुका लाभग्राहीले आगामी आवदेखि वडाबाटै भत्ता रकम प्राप्त गर्ने प्रवन्धका लागि पहल गरिने बताए । उक्त दुईवटा वडामा हालसम्म सामाजिक सुरक्षा भत्ता पाउने करिव १४० जना लाभग्राही रहेका छन् ।
यस्तै जनतासँग जनप्रतिनिधि कार्यक्रममा वडावासीले सडक, विद्यालयका घेराबार, बालमैत्री कक्षाको संरचना लगायतका पूर्वाधारका लागि बजेट बिनियोजन गरिदिन माग गरेका छन् । उम्मेदवार भएको बेला गरेको प्रतिबद्धता अनुसार कुनै काम नगरेकोभन्दै वडावासीले असन्तुष्टि पनि जनाएका छन् । कतिपय पूर्वाधारका काममा निर्माण कम्पनीले जस्तो गरे पनि हुने र स्थानीय उपभोक्ता समितिमार्फत गर्दा गुणस्तरको विषयमा हैरानी दिने गरिएकाले योजना अनुमगन प्रभावकारी हुनुपर्ने पनि वडावासीले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: