Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु

खबरडबली संवाददाता

काठमाडौं । सङ्घीय संसद् सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीश र एकजना न्यायपरिषद् सदस्यको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।

समितिको शनिबारको बैठकले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपालयका मुख्य न्यायाधीश शान्तिसिँह थापा तथा न्यायपरिषद्का प्रस्तावित सदस्य महेशकुमार नेपालको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको हो ।

समितिले उनिहरूका विषयमा कुनै उजुरी वा गुनासो भए १० दिनभित्र समितिमा पठाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको सभापति ईश्वरी न्यौपानेले जानकारी दिए । उनले भने, “संसदीय सुनवाइका लागि प्रस्तावित तीन न्यायाधीश र न्यायपरिषद् सदस्यका लागि पत्र आएको थियो, संसदीय सुनुवाइका अनुसार प्रक्रिया कुनै उजुरी भए १० दिनभित्र उपलब्ध गराउन सार्वजनिक सूचनामार्फत उजुरी आह्वान गर्ने निर्णय भएको छ ।”

त्यस्ता उजुरी सोझै सचिवालय वा इमेलबाट पठाउन सकिने व्यवस्था रहेको सभापति न्यौपानेले बताए । उनका अनुसार त्यसपछि संसदीय सुनुवाइ समितिले प्राप्त उजुरीबारे उजुरीकर्तासँग पुष्ट्याइँका लागि जानकारी लिने र प्रस्तवित न्यायाधीशको संसदीय सुनुवाइ गर्नेछ ।

त्यस क्रममा प्रस्तावित व्यक्तिले आफ्नो कार्य योजना, सोच र अवधारणा  प्रस्तुत गर्नेछन् । उनिहरूले प्रस्तुत गरेकाे अवधारणाबारे समितिले ठीक  ठहर्‍याएमा नाम अनुमोदन हुने र नियुक्तिको बाटो खुल्नेछ । न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी असार १० देखि रिक्त हुने न्यायपरिषद् सदस्य नियुक्तिका लागि नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि संसद् सचिवालयलाई पत्र पठाएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माेरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

मोरङ । मोरङमा भएका भिन्दाभिन्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना किशोरी घाइते भएकी छन् ।  जिल्लाको सुन्दरहरैँचा नगरपालिका–६, गैरीगा...

अमेरिकाकाे मध्यावधिमा रिपब्लिकनले हार्न सक्ने ट्रम्पको सङ्केत

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा अमेरिकी अर्थतन्त्रलाई ‘इतिहासकै सबैभन्दा ठूलो’ ब...

कर्णाली नेकपा संसदीय दल नेता चयनमा पार्टी केन्द्रकाे चासो

सुर्खेत । नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियामा विशेष चासो व्यक्त गरेका छन् । शनिबार सुर्खेतमा...

उम्मेदवार सिफारिसपछि सिराहा कांग्रेसमा विवाद

सिराहा । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्रीय कार्यसमितिले सर्वसम्मत रूपमा सिफारिस गरेका उम्मेदवारहरूको नामावलीमा जिल...

सुडानमा संयुक्त राष्ट्रसङ्घको शिविरमा आक्रमण, ६ बङ्गलादेशी शान्ति सेनाको मृत्यु, ८ घाइते

ढाका । सुडानको अबियेई क्षेत्रमा रहेको संयुक्त राष्ट्रसङ्घको आधार शिविरमा भएको आक्रमणमा बङ्गलादेशी सेनाका ६ जना शान्तिसेनाको ज्यान गएको छ भने ८ जना घाइ...

जापानका किशोरकिशोरीमा चिकित्सकको सल्लाहबिना औषधि प्रयोग बढ्दै

टोकियो । जापानका हाईस्कुल विद्यार्थीमध्ये करिब १० प्रतिशतले चिकित्सकको सल्लाहविना सेवन हुने औषधि पछिल्लो वर्षमा बारम्बार प्रयोग गरेको बताएका छन् । ...

गाजामा हमासका हतियार प्रमुखलाई मारेको इजरायलको दाबी

जेरुसलेम । इजरायलले गाजा पट्टीमा शनिबार भएको आक्रमणमा हमासको सैन्य शाखाको हतियार उत्पादन प्रमुखको हत्या गरेको बताएको छ। गाजा शहरको दक्षिणपश्चिममा र...

कम्बोडिया र थाइल्यान्डको सीमा क्षेत्रको झडप दोस्रो सातामा प्रवेश

कम्बोडिया । कम्बोडिया र थाइल्यान्डबीच नयाँ सीमा भिडन्त आइतबार दोस्रो हप्तामा प्रवेश गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घातक लडाई रोक्न युद्...

सीमा क्षेत्रमा भएको झडपमा पहिलो गैर–सैनिक थाइ नागरिकको मृत्यु

बैङ्कक । थाइल्यान्डको स्वास्थ्य मन्त्रालयले आइतबार कम्बोडियासँगको सीमा भिडन्तमा एक सर्वसाधारणको मृत्यु भएको बताएको छ । थाइल्यान्डको स्वास्थ्य मन्त्...

हतियार राख्ने ‘वैध अधिकार’ रहेको हमासको दावी

काठमडाैँ । हमास लडाकु समूहसँग हतियार राख्ने ‘वैध अधिकार’ रहेको समूहको गाजा प्रमुख खलील अल–ह्याले आइतबार बताएका छन् । गाजा युद्धविरामको अर्को चरणको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending