मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट पालिकामा पाँच पक्की पुल निर्माण गरेको छ ।
सबै पुल निर्माण सकिएसँगै यहाँको कृषि उपजको बजारीकरणका साथै स्थानीयवासीको दैनिक जीवनयापन सहज हुने भएको छ । गाउँपालिकाको चार वटा वडालाई जोड्नका लागि आन्तरिक स्रोतबाट करिब साढे ३३ करोड रुपियाँ खर्चिएर पक्की पुल निर्माण गरेको हो ।
मनहरी–३ स्थित ठाडो खोला र हाँडीखोलामा निर्मित पुलको शनिबार बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले उद्घाट गरेका छन् । पुल उद्घाट गर्दै प्रदेशसभा सदस्य बानियाँले पुल निर्माणसँगै हाँडीखोलाका कृषि उत्पादन सहज रूपमा बजारमा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । लामिटार–चकरी–मकरी पदमपोखरी सडक स्तरीकरण र कालोपत्रे गर्न प्रदेश सरकारबाट आवश्यक बजेट विनियोजन गर्ने बानियाँले विश्वास व्यक्त गरे । गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले पुल निर्माण सकिएसँगै मनहरी गाउँपालिकाक–४ का बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भन्दै खुसी व्यक्त गरे । अब सडक स्तरीकरणमा आफूहरूले ध्यान दिने उनको भनाइ छ ।
लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माणाधीन पाँच वटा पक्की पुलमध्ये तीन वटा गत वर्ष नै सम्पन्न गरी उद्घाट गरिसकिएको थियो । बाँकी दुई वटा पुलको शनिबार उद्घाट गरिएको हो । ८ दशमलव ४० मिटर चौडाई र ९० मिटर लम्बाइको ३ स्पानको ठाडो खोला पुल हिराचन बानियाँ जेभीले आठ करोड ६७ लाख पाँच हजार रुपियाँमा सम्झौता गरी सम्पन्न गरेको हो । त्यस्तै ३५ मिटर लामो एक स्पानको हाँडीखोला पुल भैरव नारायणम जेभीले पाँच करोड ३५ लाख ५१ हजार रुपियाँमा ठेक्का सम्झौता गरी निर्माण गरेको हो । मनहरी १ र २ जोड्ने च्यापलखोला पुल, ३ र ४ जोड्ने ट्वाङ्ग्रा खोला पुल र ३ र ४ नम्बर वडालाई नै जोड्ने अर्को मसिने खोला पुल गत वर्ष जेठमै उद्घाटन गरिएको थियो ।
३ स्पानको च्यापल खोला पुल ६ करोड २८ लाख ९८ हजार रुपियाँ, २ स्पानको ट्वाङ्गा खोला ६ करोड ४९ लाख ६० हजार रुपैयाँ र २ स्पानको ७४ दशमलव ५५ मिटर लामो मसिने खोला पुल ६ करोड ५९ लाख ५० हजार रुपियाँमा यसअघि नै सम्पन्न गरिएको हो । तीन वटै पुल निर्माणको काम बानियाँ हिराचन जेभीले गरेको हो ।
दुई वर्षभित्रै सम्पन्न गर्ने गरी २०७७ सालमै पुल निर्माणको काम थालिएको भएता पनि विविध समस्याका कारण निर्माण पक्षले समय थप गरी सबै पुल निर्माण सकेको हो । हेटौँडा उपमहानगरपालिकाको १३ नम्बर वडा हुँदै मनहरीको १ देखि ४ नम्बर वडालाई जोड्दै वैकल्पिक मार्गको विकास गर्ने अवधारणाअनुसार गाउँपालिकाले आन्तरिक स्रोतबाट बेहोर्ने गरी २०७७ सालमा एकैसाथ पाँच वटा पुल निर्माणको बहुवर्षीय ठेक्का लगाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: