Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

प्रेस सेन्टर उदयपुरले पत्रकार महासंघ उदयपुरकाे गुगल फारम नभर्ने

खबरडबली संवाददाता

हाेमबहादुर बस्नेत

उदयपुर । डिजिटल माध्यम गुगल फारम भरी नेपाल पत्रकार महासंघ उदयपुरले साधारण सदस्यता नवीकरण गर्न गरेको आव्हानप्रति प्रेस सेन्टर उदयपुरले आपति जनाएको छ । गुगल फारम भरेर पत्रकार महासंघ उदयपुरका शाखाका सदस्यलाई सदस्यता नवीकरण गर्न गरेको आव्हानप्रति सुरक्षा संवेदनशिलता देखाउँदै प्रेस सेन्टरले आपति जनाएको हो ।

प्रेस सेन्टर जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष अभिमन्यू लामिछानेले नेपाल पत्रकार महासंघ केन्द्रको २०८१ माघ २८ र २९ गते धुलिखेलमा सम्पन्न बैठकको निर्णय बमोजिम सदस्यता पारदर्शीताको सम्बन्धमा गुगल फारम भर्ने अभियानप्रति असमति जनाउँदै पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भक्तिविलास पोखरेललाई ज्ञापन पत्र बुझाएको बताए । उनले भने, ‘गुगु फारमप्रति प्रेस सेन्टर नेपालको असहमति रहेको छ । हामीले सुरक्षाको दृष्टिकोणले भरपर्दो नदेखेपछि विधाअनुसार शुल्क बुझाएर शाखाबाट नदिएर रसिद काटेर नवीकरण गर्न माग गरेका छौँ ।’

पत्रकार महासंघ शाखा उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेलले ज्ञापन पत्र बुभ्mदै माथिल्लो कमिटी प्रदेश र केन्द्रलाई जानकारी गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले भने, ‘यसको बारेमा पत्रकार महासंघ केन्द्रको अब निकट समयमा बस्ने केन्द्रीय कमिटीले बैठकले निर्णय गर्ने छ । त्यो बैठकमा हाम्रो तर्फबाट यो ज्ञापन पत्रको बारेमा जानकारी गराउने छौँ ।’

ज्ञापन पत्रमा भनिएको छ, ‘पत्रकार महासंघ शाखा उदयपुरले गुगल फारम भर्ने अभियानमा जुन ताकेता गरेको छ, यो ताकेता प्रति प्रेस सेन्टर नेपाल उदयपुर असहमति जनाउँदै पत्रकार महासंघको सदस्यता नवीकरणको सम्बन्धमा प्रेस सेन्टर उदयपुर क्रियाशील पत्रकारहरुको सदस्यता असारको पहिलो हप्ताभित्र एकमुष्ट रुपमा लागेको शुल्कको नगदी रसिद काटेर बिधान अनुसार नवीकरण गराउन माग गर्दछौं ।’

प्रेस सेन्टर उदयपुरका सचिव देनिश राईका अनुसार उक्त ज्ञापन पत्र बोधार्थ स्वरुप नेपाल पत्रकार महासंघ, केन्द्रीय कार्यालय, काठमाडौं, नेपाल पत्रकार महासंघ, प्रदेश कोशी कार्यालय, विराटनगर, प्रेस सेन्टर नेपाल केन्द्रीय कमिटी, काठमाडौं र प्रेस सेन्टर नेपाल प्रदेश कमिटी, विराटनगरसमेत पठाइएको छ । ज्ञापन पत्र बुझाउन प्रेस सेन्टर नेपाल उदयपुरका संस्थापनक उपाध्यक्ष तथा पूर्व केन्द्रीय सदस्य यदुप्रसाद ढकाल, केन्द्रीय सदस्य विदुर कटुवाल, गजेन्द्र राई, यमन दनुवार, प्रेस सेन्टर उदयपुरका इन्चार्ज राकेश नेपाली, जिल्ला उपाध्यक्ष गोपालकृष्ण तिमल्सिना, कोषाध्यक्ष युवराज कार्की (सन्तोष)लगायतको सहभागीता थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending