स्याङ्जा । मरुभूमिमा फल्ने खजुर स्याङ्जाको गल्याङ् नगरपालिका –११ जिमुवामा फलेको छ । साउदी मरुभूमिको गर्मीमा फल्ने खजुर यहाँका ६० वर्षीय बाबुराम ढकालले आफ्नो घर अगाडि फलाएका हुन् ।
रोजगारका सिलसिलामा २१ वर्ष साउदी अरबमा बसेका ढकालले घर आउँदा खजुरको बिउ ल्याएका थिए । सन २०१६ मा ल्याएको बिउ जमाएर बिरुवा उत्पादन गरेर लगाएको र गत सालबाट फल लाग्न थालेको ढकालले बताए । आउँदा छ केजी खजुरको बिउ ल्याएको बताउँदै ढकालले थोरै लगाएको र लगाएकोमा १५ वटा उम्रेको बताए ।
१५ उम्रेको र लगाउने बेलमा १२ वटा बिरुवा लगाएको बताउँदै दुई वटा बिरुवा बढेर ठुलो भएको उत्पादन दिने भएको बताए । दुई मध्ये एक भाले रहेको बताउँदै ढकालले फल दिनको लागि एक भाले अनिवार्य रहेको उनले बताए ।
गत साल भालेको फुल नहुँदा थोरै फलेको बताउँदै ढकालले अहिले फलाउन साउदीबाट भाले खजुरको फुल ल्याएको बताउँदै यो साल छ वटा झुप्पामा करिब ४० केजी भन्दा बढी फलेको बताए । घरमा भएको एक बिरुवा भाले देखिएकाले अब भने साउदीबाट फुल ल्याउने समस्या पनि टरेको ढकालको भनाई थियो । मरुभूमि भन्दा यो फल फलेको फलेको देखेपछि आफ्नो गाउँमा समेत हावापानी मिल्ने सोचेर बिउ लिएर आएको र लामो समयमा सफलता पाएको बताए ।
फागुनमा केरा जस्तै पसाएको र फल लागेको बताउँदै ढकालले भदौमा पाक्ने बताए । खजुर फल्नको लागि तापक्रम चाहिने बताउँदै ढकालले पानी भने आवश्यक नरहेको बताए । उनले ४५ डिग्री तापक्रमबाट बिउ ल्याएको र यहाँ पनि सोही अनुसारको तापक्रम रहेकाले फल्ने विश्वास बिउ ल्याउँदै भएको बताए । फल्न थालेको दोस्रो बर्सबाटै राम्रो फल दिएको र एक बोटबाटै कम्तीमा २५ हजार आम्दानी हुने बताउँदै बिउ ल्याउदा यो खेती नै गर्ने सोच नभए पनि अब भने गर्ने सोच बनाएको ढकालको भनाई थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: