Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

युवा र विद्यार्थी संगठनमा ओली निर्देशनको अवज्ञा

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान

खबरडबली संवाददाता

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकटको अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि महाधिवेशन भइरहेको छ । हालै राष्ट्रिय युवा संघको पोखरामा महाधिवेशन सम्पन्न भएको छ । युवा र विद्यार्थी संगठन पार्टीको महत्वपूर्ण संगठन हो ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले दुवै संगठनमा नेतृत्व सर्वसम्मत ल्याउन चाहेका हुन् । त्यसका लागि उनले कडा निर्देशन नै दिएका थिए । तर, युवा र विद्यार्थी संगठनमा ओली निर्देशनको अवज्ञा भएको छ । सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरिए पनि असफल भयो ।

युवा संघमा जबर्जस्ती सर्वसम्मत गर्न खोजेपछि प्रतिनिधिले निर्वाचनको माग गर्दै निर्वाचनबाटै नेतृत्व चयन गरे । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास युवा संघमा मात्रै नभई अनेरास्ववियुमा समेत असफल भएको छ ।

अनेरास्ववियुको महाधिवेशनमा नेतृत्व चयनका लागि बिहीबार काठमाडौंमा मतदान हँुदै छ । निर्वाचन कार्यतालिका पटकपटक परिमार्जन गर्दै बिहीबारका लागि मतदान हुुने नयाँ कार्यतालिका आएको छ । दुई समूहका बीचमा कडा प्रतिस्पर्धा छ । महाधिवेशनको उद्घाटन गर्दै ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए ।

सोहीअनुसार अनेरास्ववियुमा सर्वसम्मत नेतृत्व चयनका लागि ओली, महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, विद्यार्थी इन्चार्ज किशोरविक्रम मल्ललगायत नेताहरूले प्रयास गरेका थिए । तर, सर्वसम्मत नेतृत्व चयन नभएपछि अहिले दुई समूह प्रतिनिधिका बीचमा मत माग्दै अगाडि बढेका छन् ।

अध्यक्ष, उपाध्यक्ष, महासचिवदेखि सदस्यसम्म दुई समूह निर्माण भएको छ । एक समूहको नेतृत्व डा। सुजन कडरियाले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रकाश पौडेलले गरेका छन् । कडरियाको टिममा महिला उपाध्यक्ष अञ्जना शिवाकोटी र महासचिव दीपक धामी छन् । पौडेलको प्यानलबाट महिला उपाध्यक्ष आरती भट्टराई र महासचिवमा आरके रोमस छन् ।

सोमबार महाधिवेशन हलमा एमाले स्थायी कमिटी सदस्यसमेत रहेका ढकालले सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै अध्यक्षमा कडरिया, उपाध्यक्षमा पौडेल, अञ्जना शिवाकोटी र महासचिव दीपक धामीको नाम प्रस्ताव गरेका थिए । तर, सो प्रस्तावविरुद्ध हलमै नाराबाजी भयो । सोमबार दिनभरि सर्वसम्मतको प्रयास जारी राखे पनि आकांक्षीहरूले र प्रतिनिधिहरूले निर्वाचनको माग गरेपछि ओलीको हाई कमान्ड सर्वसम्मत नेतृत्व चयन गर्न असफल भयो । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले तयार गरेको प्रस्तावित नामावली हलले अस्वीकृत ग¥यो ।

ओलीले कडरियाको नेतृत्वमा अनेरास्ववियुको नयाँ नेतृत्व चयन गर्न चाहेका थिए । त्यहीअनुसार पार्टीका नेताहरू परिचालन भएका थिए । तर, विद्यार्थीले नमानेपछि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेर बिहीबार ९आज० निर्वाचनको तयारी गरिएको छ । चुनावी प्रक्रियाका लागि अध्यक्षका दाबेदार पौडेललगायतका अन्य नेताहरूले अडान राखेका थिए ।

खुला उपाध्यक्षमा भरत धामी, धमेन्द्र केसी, विकास श्रेष्ठ, राजकुमार ढकाल र रोहित बमले उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्षमा सुनिता धिताल र भवानी बजगाईंको पनि उम्मेदवारी परेको छ । त्यस्तै, महासचिवमा धामी र रोमसका साथै सुनिल कँडेलको उम्मेदवारी परेको छ ।

उपमहासचिव पदमा कमल जोशी, अमर शाही र प्रेमिका शाहीले उम्मेदवारी दिएका छन् । सचिवमा रक्षा बम, मदन भण्डारी, राजेश ओली, मनोज राई, गोपाल नेपाल, धर्मराज तिमिल्सेना, अनुप लामिछाने, स्मृति बराल, रेखा न्यौपाने, नीरज पौडेललगायतले उम्मेदवारी दिएका छन् । भित्रभित्र उपाध्यक्ष, उपमहासचिव र सचिवहरूलाई पनि आफ्नो समूहमा ल्याउने प्रयास दुवै समूहले गरिरहेका छन् । अध्यक्षका दुवै उम्मेदवारले आफू लोकप्रिय रहेको भन्दै चुनाव जित्ने दाबी गरेका छन् ।

निर्वाचनको प्राविधिक व्यवस्थापनका कारण अनेरास्ववियुको नेतृत्व चयनका लागि बुधबार रातिका लागि तय भएको मतदान बिहीबार ९आज० बिहान मात्रै हुने निर्वाचन समितिले जनाएको छ । यसअघि निर्वाचन समितिले बुधबार राति ८ बजेदेखि २ बजेसम्म मतदातको समय तोकेकामा प्राविधिक व्यवस्थापनका कारण बिहीबार ९आज० बिहानका लागि सारिएको हो । सुरक्षाकर्मीले राति मतदान गर्दा समस्या हुने भन्दै बिहीबारका लागि बिहान ८ बजेदेखि मतदान गर्ने तयारी भएको संगठनका निवर्तमान उपाध्यक्ष नारायण घर्तीले जनाएका छन् ।

अनेरास्ववियुको यो २४औं महाधिवेशन हो । मंगलबार राति २ बजेसम्म उम्मेदवारी दर्ता भएको थियो । बुधबार बिहान दाबी विरोधको प्रक्रिया टुंग्याएर १० बजेदेखि मतदान सुरु गर्ने भनिए पनि रुजुको काम समयमै नसकिएकाले ढिलाइ भएको हो । एमाले संगठन विभाग सचिव माधव ढुंगेलका अनुसार अनेरास्ववियुको जारी महाधिवेशनमा १ हजार ५ सय ३४ जना प्रतिनिधि छन् ।

९ पदाधिकारी, ४९ सचिवालय सदस्य र १ सय ५१ सदस्यीय केन्द्रीय कमिटीका लागि ५ सय २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १ अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । २ उपाध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ । १ महासचिवका लागि ३ जना, १ उपमहासचिवका लागि ३ जना र ४ सचिवका लागि ३६ जनाको उम्मेदवारी परेको छ ।

नेताहरूले अझै पनि सहमतिमै नेतृत्व चयन प्रक्रिया टुंग्याउने तयारी आन्तरिक रूपमा गरिरहेको भए पनि अध्यक्षका प्रत्याशी प्रकाश पौडेल र डा। सुजन कडरियाले छुट्टाछुट्टै समूह बनाएर मत मागिरहेका छन् । अनेरास्ववियुको महाधिवेशन काठमाडौंको कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा २५ जेठदेखि जारी  छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending