Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

युवा र विद्यार्थी संगठनमा ओली निर्देशनको अवज्ञा

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान

खबरडबली संवाददाता

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकटको अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि महाधिवेशन भइरहेको छ । हालै राष्ट्रिय युवा संघको पोखरामा महाधिवेशन सम्पन्न भएको छ । युवा र विद्यार्थी संगठन पार्टीको महत्वपूर्ण संगठन हो ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले दुवै संगठनमा नेतृत्व सर्वसम्मत ल्याउन चाहेका हुन् । त्यसका लागि उनले कडा निर्देशन नै दिएका थिए । तर, युवा र विद्यार्थी संगठनमा ओली निर्देशनको अवज्ञा भएको छ । सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरिए पनि असफल भयो ।

युवा संघमा जबर्जस्ती सर्वसम्मत गर्न खोजेपछि प्रतिनिधिले निर्वाचनको माग गर्दै निर्वाचनबाटै नेतृत्व चयन गरे । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास युवा संघमा मात्रै नभई अनेरास्ववियुमा समेत असफल भएको छ ।

अनेरास्ववियुको महाधिवेशनमा नेतृत्व चयनका लागि बिहीबार काठमाडौंमा मतदान हँुदै छ । निर्वाचन कार्यतालिका पटकपटक परिमार्जन गर्दै बिहीबारका लागि मतदान हुुने नयाँ कार्यतालिका आएको छ । दुई समूहका बीचमा कडा प्रतिस्पर्धा छ । महाधिवेशनको उद्घाटन गर्दै ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए ।

सोहीअनुसार अनेरास्ववियुमा सर्वसम्मत नेतृत्व चयनका लागि ओली, महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, विद्यार्थी इन्चार्ज किशोरविक्रम मल्ललगायत नेताहरूले प्रयास गरेका थिए । तर, सर्वसम्मत नेतृत्व चयन नभएपछि अहिले दुई समूह प्रतिनिधिका बीचमा मत माग्दै अगाडि बढेका छन् ।

अध्यक्ष, उपाध्यक्ष, महासचिवदेखि सदस्यसम्म दुई समूह निर्माण भएको छ । एक समूहको नेतृत्व डा। सुजन कडरियाले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रकाश पौडेलले गरेका छन् । कडरियाको टिममा महिला उपाध्यक्ष अञ्जना शिवाकोटी र महासचिव दीपक धामी छन् । पौडेलको प्यानलबाट महिला उपाध्यक्ष आरती भट्टराई र महासचिवमा आरके रोमस छन् ।

सोमबार महाधिवेशन हलमा एमाले स्थायी कमिटी सदस्यसमेत रहेका ढकालले सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै अध्यक्षमा कडरिया, उपाध्यक्षमा पौडेल, अञ्जना शिवाकोटी र महासचिव दीपक धामीको नाम प्रस्ताव गरेका थिए । तर, सो प्रस्तावविरुद्ध हलमै नाराबाजी भयो । सोमबार दिनभरि सर्वसम्मतको प्रयास जारी राखे पनि आकांक्षीहरूले र प्रतिनिधिहरूले निर्वाचनको माग गरेपछि ओलीको हाई कमान्ड सर्वसम्मत नेतृत्व चयन गर्न असफल भयो । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले तयार गरेको प्रस्तावित नामावली हलले अस्वीकृत ग¥यो ।

ओलीले कडरियाको नेतृत्वमा अनेरास्ववियुको नयाँ नेतृत्व चयन गर्न चाहेका थिए । त्यहीअनुसार पार्टीका नेताहरू परिचालन भएका थिए । तर, विद्यार्थीले नमानेपछि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेर बिहीबार ९आज० निर्वाचनको तयारी गरिएको छ । चुनावी प्रक्रियाका लागि अध्यक्षका दाबेदार पौडेललगायतका अन्य नेताहरूले अडान राखेका थिए ।

खुला उपाध्यक्षमा भरत धामी, धमेन्द्र केसी, विकास श्रेष्ठ, राजकुमार ढकाल र रोहित बमले उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्षमा सुनिता धिताल र भवानी बजगाईंको पनि उम्मेदवारी परेको छ । त्यस्तै, महासचिवमा धामी र रोमसका साथै सुनिल कँडेलको उम्मेदवारी परेको छ ।

उपमहासचिव पदमा कमल जोशी, अमर शाही र प्रेमिका शाहीले उम्मेदवारी दिएका छन् । सचिवमा रक्षा बम, मदन भण्डारी, राजेश ओली, मनोज राई, गोपाल नेपाल, धर्मराज तिमिल्सेना, अनुप लामिछाने, स्मृति बराल, रेखा न्यौपाने, नीरज पौडेललगायतले उम्मेदवारी दिएका छन् । भित्रभित्र उपाध्यक्ष, उपमहासचिव र सचिवहरूलाई पनि आफ्नो समूहमा ल्याउने प्रयास दुवै समूहले गरिरहेका छन् । अध्यक्षका दुवै उम्मेदवारले आफू लोकप्रिय रहेको भन्दै चुनाव जित्ने दाबी गरेका छन् ।

निर्वाचनको प्राविधिक व्यवस्थापनका कारण अनेरास्ववियुको नेतृत्व चयनका लागि बुधबार रातिका लागि तय भएको मतदान बिहीबार ९आज० बिहान मात्रै हुने निर्वाचन समितिले जनाएको छ । यसअघि निर्वाचन समितिले बुधबार राति ८ बजेदेखि २ बजेसम्म मतदातको समय तोकेकामा प्राविधिक व्यवस्थापनका कारण बिहीबार ९आज० बिहानका लागि सारिएको हो । सुरक्षाकर्मीले राति मतदान गर्दा समस्या हुने भन्दै बिहीबारका लागि बिहान ८ बजेदेखि मतदान गर्ने तयारी भएको संगठनका निवर्तमान उपाध्यक्ष नारायण घर्तीले जनाएका छन् ।

अनेरास्ववियुको यो २४औं महाधिवेशन हो । मंगलबार राति २ बजेसम्म उम्मेदवारी दर्ता भएको थियो । बुधबार बिहान दाबी विरोधको प्रक्रिया टुंग्याएर १० बजेदेखि मतदान सुरु गर्ने भनिए पनि रुजुको काम समयमै नसकिएकाले ढिलाइ भएको हो । एमाले संगठन विभाग सचिव माधव ढुंगेलका अनुसार अनेरास्ववियुको जारी महाधिवेशनमा १ हजार ५ सय ३४ जना प्रतिनिधि छन् ।

९ पदाधिकारी, ४९ सचिवालय सदस्य र १ सय ५१ सदस्यीय केन्द्रीय कमिटीका लागि ५ सय २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १ अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । २ उपाध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ । १ महासचिवका लागि ३ जना, १ उपमहासचिवका लागि ३ जना र ४ सचिवका लागि ३६ जनाको उम्मेदवारी परेको छ ।

नेताहरूले अझै पनि सहमतिमै नेतृत्व चयन प्रक्रिया टुंग्याउने तयारी आन्तरिक रूपमा गरिरहेको भए पनि अध्यक्षका प्रत्याशी प्रकाश पौडेल र डा। सुजन कडरियाले छुट्टाछुट्टै समूह बनाएर मत मागिरहेका छन् । अनेरास्ववियुको महाधिवेशन काठमाडौंको कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा २५ जेठदेखि जारी  छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झुप्रा खोलाबाट सिंहदरबारसम्म: गिटी कुट्दै हुर्काएकी छोरी मन्त्री बन्दा आमाबुवाको आशा

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...

युवाको उदय : सत्तामा पुस्तान्तरणको ऐतिहासिक क्षण

काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...

कार्की आयोगको प्रतिवेदन खारेज गर्न एमालेको माग, ‘प्रतिशोधपूर्ण निर्णय फिर्ता गर’

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...

सबै होइन, सक्ने काममा केन्द्रित होस् बालेन सरकार

काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending