काठमाडाैं । पाँचौं वीर गणेशमान सिंह १० किमी दौड रोड रेस आगामी असार १४ गते हुने भएको छ ।
गणेशमान सिंह फाउण्डेसन अन्तर्गत गणेशमान सिंह स्पोट्र्स कमिटीको आयोजनामा काठमाडौंमा १० किलोमिटरको रोड रेस हुन लागेको हो । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर पुरुष गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह फाउन्डेसनअन्तर्गत रहेको गणेशमान सिंह स्पोट्र्स कमिटीले सन् २०१४ देखि रोड रेस हुँदै आएको छ ।
गणेशमान सिंह स्पोट्र्स कमिटीले मंगलवार दरबारमार्गमा पत्रकार सम्मेलन आयोजना गर्दै रोड रेसको बारे जानकारी दिएको हो । रोड रेस शेर्पा मल दरवारमार्गबाट सुरु हुने भएको छ ।
त्यसपछि भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशर महल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्शाल, जय नेपाल हल हुँदै पुनः दरवारमार्गमा समाप्त हुने आयोजकले जनाएको छ । पाँचौं वीर गणेशमान सिंह रोड रेस १० किलोमिटर महिला र पुरुषतर्फ खुला रूपमा प्रतिष्पर्धा हुने भएको छ । महिला तथा पुरुषका विजेताले समान ६० हजार नगद पुरस्कार पाउनेछन् । दोस्रो हुनेले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले पाँच पाँच हजार नगद पुरस्कार पाउनेछन् ।
नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा सञ्चालन हुने गणेशमान सिंह स्पोट्र्स कमिटीका संयोजक सञ्जीव तुलाधरले बताउनुभयाे । यस दौडमा कोर्ष रेर्कड कायम गर्ने पहिलो खेलाडीले थप नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । रोड रेसमा करिव चार सय ५० जनाले प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।
महिलामा राजपुरा पछाईको ३६ मिनेट ४३.२ सेकेण्ड र पुरुषमा गोपीचन्द्र पार्कीको ३१ मिनेट ११.४ सेकेण्डको कोर्ष रेर्कड रहेको छ । आयोजकले यस प्रतियोगिता आयोजना गर्न १५ लाख खर्च हुने अनुमान गरिएको छ । यस प्रतियोगिताको संयोजकमा वीर गणेशमान सिंह फाउण्डेसनका बोर्ड सदस्य प्रभाषमान सिंह र व्ययवस्थापनमा राजन खत्री छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: