Khabar Dabali २२ जेष्ठ २०८३ शुक्रबार | 5th June, 2026 Fri
Investment bank

राजविराज नगरपालिकामा तनाव : प्रमुख प्रशासकीय अधिकृत यादव हाजिर

खबरडबली संवाददाता

सप्तरी। राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इससरत परवीन सहितका जनप्रतिनिधिले मङ्गलबार नगरपालिकामा लगाइएको ताला फुटाएर कार्यालयमा प्रवेश गरेपछि स्थिति तनावपूर्ण बनेको छ ।

निलम्बित नगर प्रमुख भीमराज यादव सहित उनका समर्थकहरूले प्रमुख प्रशासकीय अधिकृतको सरुवाको विषयलाई लिएर आइतबार ९ बुदे माग अघि सार्दै लगाइएको ताला फुटाएर कार्यवाहक नगर प्रमुख परवीन सहितका जनप्रतिनिधिहरूले कार्यालय प्रवेश गरेपछि स्थिति तनावपूर्ण बनेको हो । 

यसअघिका प्रमुख प्रशासकीय अधिकृत डा। श्रवणकुमार साहको सामान्य प्रशासनले सरुवा गर्दै नगरपालिकाका शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको थियो । त्यही विषयलाई लिएर कार्यवाहक नगर प्रमुख परवीन र निलम्बित नगर प्रमुख यादवबिच विवाद चुलिएको थियो ।

कार्यवाहक नगर प्रमुख परवीन विधीको शासन लागु गर्न मन्त्रालयले खटाएको कर्मचारीलाई हाजिर गराई जिम्मेवारी दिनु पर्ने पक्षमा र निलम्बित मेयर यादव सोको विरोध गर्दै डा।साहलाई नै सो जिम्मेवारीमा राख्नु पर्ने अडान लिएपछि नगरपालिको स्थिति यहाँसम्म आइपुगेको हो । 

तालाबन्दी र धर्नाका कारण तीन दिनदेखि कामकाज ठप्प रहेको नगरपालिकामा कार्यवाहक नगर प्रमुख परवीन र नगरपालिकाका प्रवक्ता जयनाराण मंडल, वडा नम्बर ७ का वडाध्यक्ष सुभाषचन्द्र यादव सहित उहाँपक्षका जनप्रतिनिधि तथा समर्थकहरूले कार्यालयको ताल्चा फुटाएर प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र प्रसाद यादवलाई हाजिर गराउँदा स्थिति निकै तनावपूर्ण बनेको छ । 

यसअघिको प्रमुख प्रशासकीय अधिकृत नियमित कार्यालयमा नबस्दा नगरपालिकाले १०(१५ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको बताउँदै कार्यबाहक नगर प्रमुख परवीनले यो आर्थिक वर्षका लागि उहाँलाई सरुवा गरेर यादवलाई मन्त्रालयले जिम्मेवारी दिएकोले विकासीय तथा दैनिक कामकाज अगाडि बढाउन यादवलाई हाजरी गराइएको बताए।

प्रमुख प्रशासकीय अधिकृत यादवलाई हाजिर गराउँदा निलम्बित नगर प्रमुख यादव समर्थकहरूले नगरपालिका अगाडि टायर बालेर प्रदर्शनमा गरेका छन् भने दुवै पक्षबिच सामान्य तनाव हुँदा नगरपालिका सिसी क्यामरा र झ्यालका सिसाहरू फुटेको छ ।

यसै विषयलाई लिएर दुबैपक्ष सोमबार दिनभर जिल्ला प्रशासन कार्यालयमा छलफलमा बसे पनि ताला खोलेर प्रमुख प्रशासकीय अधिकृत यादवलाई हाजिर गराउने सन्दर्भमा कुनै ठोस निष्कर्ष ननिस्किदा कार्यवाहक नगर प्रमुख परवीनको नृेतृत्वमा कार्यालयको ताल्चा फुटाएर प्रमुख प्रशासकीय अधिकृतलाई तनावपूर्ण स्थितिका बिच हाजिर गराइएको हो ।

अहिले राजविराज नगरपालिकामा ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको डिउटीमा रहनुभएका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

यसअघि निलम्बित नगर प्रमुख यादवले नगर क्षेत्रमा भएको सिसिटिभी क्यामेरा जडान प्रकरणमा छानबिन, नगरको ६८ बिघा क्षेत्रमा ब्लक र बिटौरी जग्गामा बसोवास गर्दै आएको ५ हजार भन्दा बढी लालपुर्जाबाट बञ्चित परिवारलाई लालपुर्जा प्रदान, हटिया बजारको व्यवस्थापन, नगरका जीर्ण सडक र नालाको मर्मत सम्भार, लामखुट्टे विरुद्धको औषधी छर्किने व्यवस्था लगायतका माग अघि सार्दै कार्यालयमा तालाबन्दी गरि धर्ना सुरु गर्नु भएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस बाराका सभापति राजेश यादव निलम्बित

ललितपुर । नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्ट...

‘राष्ट्रघाती अभिव्यक्ति दिने प्रधानमन्त्री राजीनामा दे' भन्दै माइतीघरमा नेकपाको विरोध प्रदर्शन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै बिहीबार काठमाडौंको माइतीघर मण...

कामपाद्वारा शिक्षण अस्पताललाई एक करोड ७० करोड बराबरको डिजिटल उपकरण हस्तान्तरण

काठमाडौँ। महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई बिरामीमैत्री बनाउन रु एक करोड ७० लाख बराबरका प्रविधि, साधन तथा उपकरण हस्ता...

भारतको अस्पतालमा आगलागी हुँदा पाँचको मृत्यु, २० जना घाइते

नयाँदिल्ली। भारतको बिहारको एक निजी अस्पतालको इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको अध...

जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक हो: मन्त्री वादी

ललितपुर । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले जातीय छुवाछूत र भेदभाव लोकतान्त्रिक र उन्नत समाजको बाधक...

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश दिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमक...

अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट साढे १० करोड रुपियाँ फिर्ता

काठमाडौँ। उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारको अभियानले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । शिक्षा तथ...

कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बेहोस भएका दर्जीको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बस्दै आएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। होल्डिङ सेन्टरमा गत सोमबार बेहोस...

पाकिस्तानको निर्यात वृद्धि

पाकिस्तान। पाकिस्तानको निर्यात ९.५९ प्रतिशतले बढेर मे महिनामा दुई अर्व ७० करोड अमेरिकी डलर पुगेको जनाइएको छ । यस अघि अप्रिलको निर्यात दुई अर्व ४७ करोड...

चिडियाखानामा राखिएको ‘ट्रम्प’ भैँसी

ढाका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय चिडियाखानामा राखिएको ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending