काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश दिएको छ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउन आदेश गरेको हो।
प्रहरीले उनलाई इन्टरपोलको सहयोगमा गत जेठ १७ गते थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको थियो। त्यसपछि अनुसन्धान पूरा गरी अदालतमा उपस्थित गराइएको थियो।
अधिकारीविरुद्ध आपराधिक विश्वासघात, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको छ। उनी पछिल्लो समय चीनमा बस्दै आएकी थिइन्।
प्रहरी अनुसन्धान अघि बढेपछि अधिकारीले सामाजिक सञ्जालमार्फत आफूविरुद्धको कारबाहीबारे असन्तुष्टि व्यक्त गरेकी थिइन्। उनले आफू नेपालमा रहँदा कुनै जानकारी नदिइएको र विदेश पुगेपछि मात्र पक्राउ पुर्जी जारी भएको थाहा पाएको दाबी गरेकी थिइन्।
तर प्रहरीले उक्त दाबीप्रति ध्यानाकर्षण गराउँदै भ्रम फैलाउने प्रयास भएको भन्दै विज्ञप्ति जारी गरेको थियो।
प्रहरीका अनुसार कुमार चिमोरियाले २०८२ साउन २२ गते प्रहरी वृत्त सातदोबाटोमा अधिकारीविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको आरोपमा जाहेरी दिएका थिए। अनुसन्धानका क्रममा उनी सम्पत्ति शुद्धीकरणको कसुरमा समेत संलग्न रहेको आशंका देखिएपछि थप अनुसन्धान अघि बढाइएको थियो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि २०८२ कात्तिक २० गते सम्पत्ति शुद्धीकरण विभागको राय तथा सुझावसमेत लिइएको प्रहरीले जनाएको छ।
अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ बराबरको ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको छ। अदालतको आदेशसँगै अब उनी मुद्दाको अन्तिम टुंगो नलागेसम्म पुर्पक्षका लागि थुनामा रहनेछिन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २१ गते, २०८३ - १७:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै बिहीबार काठमाडौंको माइतीघर मण...
जेष्ठ २१ गते, २०८३ - १७:२३
काठमाडौँ। महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई बिरामीमैत्री बनाउन रु एक करोड ७० लाख बराबरका प्रविधि, साधन तथा उपकरण हस्ता...
जेष्ठ २१ गते, २०८३ - १६:५५
नयाँदिल्ली। भारतको बिहारको एक निजी अस्पतालको इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको अध...
जेष्ठ २१ गते, २०८३ - १६:४१
ललितपुर । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले जातीय छुवाछूत र भेदभाव लोकतान्त्रिक र उन्नत समाजको बाधक...
जेष्ठ २१ गते, २०८३ - १६:३४
काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश दिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमक...
जेष्ठ २१ गते, २०८३ - १६:०५
काठमाडौँ। उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारको अभियानले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । शिक्षा तथ...
जेष्ठ २१ गते, २०८३ - १५:४३
काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बस्दै आएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। होल्डिङ सेन्टरमा गत सोमबार बेहोस...
जेष्ठ २१ गते, २०८३ - १५:३१
पाकिस्तान। पाकिस्तानको निर्यात ९.५९ प्रतिशतले बढेर मे महिनामा दुई अर्व ७० करोड अमेरिकी डलर पुगेको जनाइएको छ । यस अघि अप्रिलको निर्यात दुई अर्व ४७ करोड...
जेष्ठ २१ गते, २०८३ - १५:१६
ढाका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय चिडियाखानामा राखिएको ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल...
जेष्ठ २१ गते, २०८३ - १५:०९
ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने स्कर्पियो गाडी चोरी भएको छ। मध्यराति ठेचो क्षेत्रबाट उक्त स...



प्रतिकृया लेख्नुहोस्: