Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

तीन दिन अख्तियारमा उपस्थित भए सहसचिव भट्टराई, कहाँ पुग्याे भिजिट भिसा प्रकरणकाे अनुसन्धान ?

खबरडबली संवाददाता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईलाई भिजिट भिसामा सेटिङ गरेको उजुरीका आधारमा जेठ ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै नियन्त्रणमा लियो । 

सो दिन अख्तियारले छापा मारेर भट्टराईसँग सम्बन्धित अफिसियल र व्यक्तिगत डिभाइस समेत नियन्त्रणमा लिएको थियो । सोही प्रकरणले गर्माएको राजनीति अझै सेलाएको छैन  । 

सोही घटनापछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्नेसहितका माग राख्दै प्रतिपक्षी दलले प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्दै आएका छन् । प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामासहित संसदीय छानबिन समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गरिरहेका छन् । 

यही घटनामा प्रतिनिधिसभा बैठक जेठ १३ गते र जेठ २२ गते सुरु भयो तर प्रतिपक्षीको अवरोधका कारण कार्यसूचीमा प्रवेश गर्न सकेन । जेठ १४, २० र २१ गते सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिल्दा एकै दिनमा पटक–पटक सूचना टाँसेर स्थगित गरियो । अझै पनि दलहरूबिच सहमति बन्न सकेको छैन । शुक्रबार दिउँसो एक बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक समेत सत्तापक्ष र प्रतिपक्षबिच सहमति नजुटेकाले बस्नेरनबस्ने टुंगो छैन ।  

तर जसका कारण प्रतिनिधिसभा बन्धक बनिरहेको छ, उनै सहसचिव भट्टराई भने दैनिक गृह मन्त्रालय पुगेर हाजिर गर्दै फर्किँदै गरिरहेको पाइएको छ । भट्टराईलाई गृहमन्त्री लेखकस्तरीय निर्णयबाट अख्तियारले कार्यालयमा छापा मार्नुको अघिल्लो दिन मन्त्रालयमा सरुवा गरिएको थियो । उनको स्थानमा तत्कालीन पाँचथरका प्रमुख जिल्ला अधिकारी सहसचिव विष्णुप्रसाद कोइरालालाई सरुवा गरिएको थियो । त्यसको औपचारिक जानकारी गृह मन्त्रालयले १६ गते शुक्रबार चार प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा गर्दा दिएको थियो । गृहले आवश्यक पर्दा कर्मचारीको सरुवा र काज गर्ने र धेरैको सरुवा र काज गर्दा औपचारिक रूपमा बाहिर ल्याउने गर्छ । 

गृह मन्त्रालय निकट स्रोतका अनुसार भट्टराई ९ गतेबाटै मन्त्रालय पुगेर हाजिर गरेका थिए । त्यसयता उनले मन्त्रालयमा हाजिर गरिरहेका हुन् । उनलाई कुनै जिम्मेवारी नदिएर जगेडामा राखिएकाले काम भने गर्न पर्दैन । 

भट्टराईले अख्तियारले नियन्त्रणमा लिने दिनसहित अहिलेसम्म तीन दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुगेर सामान्य बयान दिएका छन् । अख्तियार निकट स्रोतका अनुसार सहसचिव भट्टराईलाई कार्यालयबाटै नियन्त्रणमा लिएर अख्तियारको कार्यालय टंगाल पुर्‍याएको थियो । त्यो घटनाबारे अनुसन्धान गरिरहेका अख्तियारका एक अनुसन्धान अधिकृतले  भने, ‘हामीले उजुरीका आधारमा उहाँलाई नियन्त्रणमा ल्याएर कार्यालयमा ल्यायौँ । उहाँले कानुन पढ्नु भएको रहेछ । पक्राउ पुर्जीबिना मलाई यहाँ किन ल्याएको भन्ने प्रश्न गर्नुभयो । त्यसपछि हामीले जवाफ दिने ठाउँ नै रहेन । अनि केही सोधपुछ गर्नुपर्ने भएकाले ल्याएको भनेर सोधपुछ कागज दिएर सामान्य सोधपुछ गर्‍यौँ र डिभाइस राखेर उहाँलाई पठायौँ ।’ 

त्यसपछि अख्तियारले भट्टराईलाई जेठ ८ गते बिहान १० बजे अख्तियारको टंगालस्थित कार्यालयमा बोलायो । उनी बोलाइएको समयमै पुगे । अनुसन्धान गरिरहेका ती अधिकृतले भने, ‘त्यो दिन हामीले उहाँविरुद्ध परेको उजुरीबारे जानकारी गरायौँ । प्रारम्भिक कुरामात्रै सोधेर करिब १५ मिनेटमा डिभाइसको ‘फरेन्सिक ल्याब रिपोर्ट’ आएपछि १० दिनपछि आउनु भन्दै पठायौँ ।’ 

त्यसको १० दिन जेठ १८ गते पुग्थ्यो । तर त्यो दिन उपत्यकामा मत्स्येयन्द्रनाथको भोटो देखाउने दिन भएकाले सार्वजनिक बिदा थियो । त्यसपछि भट्टराई जेठ १९ गते अख्तियारको कार्यालयमा उपस्थित भए । ‘१९ जेठमा हामीले उहाँलाई पाँच प्रश्न सोध्यौँ । जुन केही उहाँविरुद्ध परेको उजुरीसम्बन्धी थिए । त्यसपछि २५ जेठमा आउने गरी छोडेका छौँ,’ ती अनुसन्धान अधिकृतले भने । 

अख्तियारले जेठ २५ गते आइतबार भने उनको डिभाइसमा भेटिएका प्रमाणका बारेमा बयान लिने जानकारी भट्टराईलाई गराएको स्रोत बताउँछ । 

गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख सहसचिव छवि रिजालले भट्टराई निलम्बनमा नपरेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट रमना लिएर मन्त्रालयमा आएपछि हाजिर भएको बताए । तर उनी अहिले बिदामा रहेको रिजालको भनाइ छ । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट रमना लिएर मन्त्रालय आउनु भयो । केही दिन हाजिर गरेर अहिले बिदामा बस्नुभएको छ,’ महाशाखा प्रमुख रिजालले भने, ‘निलम्बनमा नपरेकाले हाजिर गराउन प¥यो । हाजिर गरेर बिदा लेखेर अहिले बिदामा हुनुहुन्छ ।’

अख्तियारले छानबिन गरिरहे पनि भट्टराई निलम्बनमा परेका छैनन् । अख्तियारले मुद्दा दर्ता ग¥यो भने मात्रै उनी स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सहसचिव राजेन्द्रप्रसाद पौडेलले भट्टराईमाथि अनुसन्धान जारी रहेको र टुङ्गिन समय लाग्ने बताए । ‘हामीले अनुसन्धान गरिरहेका छौँ । अनुसन्धानकै क्रममा रहेकाले धेरै बताउन मिल्दैन,’ प्रवक्ता पौडेलले भने, ‘र्‍याकेट हो यो । त्यसबारे गहिराइमा पुग्न त समय लागिहाल्छ ।’ ‘र्‍याकेट’ भन्नाले समूहमा चलाइने गैरकानुनी धन्दा भन्ने बुझिन्छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending