बागलुङ । दोस्रो संस्करणको आदर्श कप फुटबल प्रतियोगितामा छात्रतर्फ चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ र छात्रातर्फ आयोजक आदर्श विद्यामन्दिर स्पोर्टस् क्लब विजेता बनेका छन् ।
बाङेचौर खेलमैदानमा सम्पन्न छात्रतर्फको फाइनल खेलमा आयोजक आदर्श विद्यामन्दिर स्पोर्टस् क्लब ‘निलो’लाई १–० गोल र छात्रातर्फ न्यु ओयसिस एकेडेमीलाई ट्राइबेकरमा २–१ गोलले पराजित गर्दै आयोजक आदर्श विद्यामन्दिरले दोस्रो संस्करणको आदर्श कपको उपाधि जितेका हुन् ।
छात्रतर्फको खेलमा चिल्ड्रेनका रिदिस क्षत्रीले दोस्रो हाफको ४ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । रिदिसले फिकिकमार्फत सुन्दर गोल गरेका थिए ।
चिल्ड्रेन लाईफले ७५ हजार रुपियाँसहित ट्रफी प्राप्त गर्दा उपविजेता आदर्श विद्यामन्दिर’ले ३७ हजार ५ सय रुपियाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । छात्रतर्फ आदर्श विद्यामन्दिरका सुझाव बानियाँ सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता घोषित हुँदा चिल्ड्रेन लाईफका क्यारोन पुन उत्कृष्ट गोलरक्षक, प्रतिक थापा उत्कृष्ट मिडफिल्डर, विशाल थापा उत्कृष्ट स्ट्राइकर र निशान बुढा उदयमान खेलाडी र आदर्श विद्यामन्दिरका युकेन खत्री उत्कृष्ट डिफेन्डर घोषित भए ।
यस्तै, छात्रातर्फको खेल खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा आदर्शका कट्रिना रोका र स्मृती शेरचनले गोल गर्दा जियाना दिन मियाँ, मोनिता पुन र यमन दिन मियाँ गोल गर्न असफल भए । न्यू ओयसिसको लागि आयुषा आलेले गोल गर्दा स्मारिका श्रेष्ठ, रस्मी थापा, ममता क्षेत्री र प्राप्ती अर्याल गोल गर्दा असफल भइन । छात्रा तर्फको च्याम्पियन आदर्श विद्यामन्दिरले ३० हजार रुपियाँसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता न्यू ओयसिसले १५ हजार रुपियाँ प्राप्त गरेको छ ।
छात्रातर्फ आदर्शकी यमन दिन मियाँ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा आदर्शकै सन्ध्या थापा उत्कृष्ट गोलरक्षक, जियाना दिन मियाँ उत्कृष्ट मिडफिल्डर, आरजु सुवेदी उदयमान खेलाडी र न्यू ओयसिसकी आयुषा आले उत्कृष्ट डिफेन्डर र प्राप्ती अर्याल उत्कृष्ट स्ट्राइकर घोषित भइन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: