Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी उम्मेदवार ली जे-म्युङ विजयी

खबरडबली संवाददाता

काठमाडौं । दक्षिण कोरियाको राष्ट्रपति चुनावमा वामपन्थी झुकाव भएको लिबरल डेमोक्रेटिक पार्टी अफ कोरिया (डीपीके) का नेता ली जे–म्युङ विजयी भएका छन्। उनी सत्तारूढ पीपुल पावर पार्टी ९पीपीपी० का उम्मेदवार किम मून–सूलाई पराजित गर्दै विजयी भएका हुन् ।

प्रारम्भिक मतगणनाका अनुसार लीले ४८.३१ प्रतिशत मत प्राप्त गर्दा किम ४२.९ प्रतिशतमा मात्र सीमित भए। जीतपछि लीले भने, ‘म मतदाताहरूसँग आभारी छु। म यो जिम्मेवारी कहिल्यै बिर्सिने छैन। म देशलाई एकताबद्ध गर्न, अर्थतन्त्र सुधार्न र उत्तर कोरियासँग शान्ति स्थापना गर्न काम गर्नेछु।’

त्यसैगरी, पराजित उम्मेदवार किम मून–सूले हार स्वीकार गर्दै भने, ‘म जनताको निर्णय विनम्रतापूर्वक स्वीकार गर्छु र ली जे–म्युङलाई जितको लागि बधाई दिन्छु।’

७८ प्रतिशत भन्दा बढी मतदाता सहभागी

यसपटकको राष्ट्रपति चुनावमा ७८.३ प्रतिशत मतदाताले मतदान गरे, जुन सन् १९९७ यताकै सबैभन्दा उच्च हो । सन् २०२२ को राष्ट्रपति चुनावमा यो दर ७७.१ प्रतिशत थियो। दक्षिण कोरियामा सबैभन्दा धेरै मतदान सन् १९८७ को चुनावमा भएको थियो, जुन ८९.२ प्रतिशत थियो।

यसपटक चुनावमा ६ उम्मेदवार मैदानमा थिए, तर मुख्य प्रतिस्पर्धा डीपीके र पीपीपीबीच थियो।

समयअघि भएको राष्ट्रपतीय चुनाव

दक्षिण कोरियामा अर्को चुनाव सन् २०२७ मा हुने तय थियो। तर पीपीपीका नेता तथा तत्कालीन राष्ट्रपति युन सुक–योललाई सैनिक शासन घोषणा गरेको आरोपमा पदबाट हटाइएको थियो।

युनले मार्शल ल घोषणा गर्दा उत्तर कोरियाको खतरा र राज्यविरोधी शक्तिहरूको सक्रियतालाई कारण भनेका थिए । तर उनले आफ्ना राजनीतिक समस्याबाट छुटकारा पाउन यस्तो कदम चालेका थिए ।

उनले सैनिक शासन लगाएको एक हप्तापछि संसदले उनलाई महाभियोग लगायो। अप्रिल ४ मा संवैधानिक अदालतले महाभियोगलाई सदर गर्‍यो र उनलाई स्थायी रूपमा पदबाट हटायो। त्यसपछि, कानुनअनुसार ६० दिनभित्र अनिवार्य चुनाव गर्नुपर्ने व्यवस्थाअनुसार नयाँ निर्वाचन भएको हो ।

त्यही सैनिक शासन लगाउने छोटो तर अलोकतान्त्रिक बाटो रोज्दा पूर्व राष्ट्रपति युन सुक योलको राजनीतिक करियर समाप्त भएको छ । महाअभियोगपछि पदमुक्त भए पनि उनले अझै शक्ति दुरुपयोगको अभियोगमा आपराधिक मुद्दा खेपिरहेका छन् ।

दक्षिण कोरियामा राष्ट्रपति प्रत्यक्ष जनमतबाट निर्वाचित हुन्छन्। कार्यकाल ५ वर्ष हुन्छ, दोस्रो कार्यकालको अनुमति हुँदैन। यो नियम सन् १९८७ देखि लागू छ।

त्यहाँ उम्मेदवारहरूले चुनाव प्रचारका लागि २३ दिन मात्र पाउँछन्, जसले अनावश्यक खर्च रोक्न सहयोग गर्छ। राष्ट्रपतीय चुनाव एकै चरणमा हुन्छस सबैभन्दा बढी मत पाउने उम्मेदवार विजयी घोषित हुन्छ।

यसपटकको चुनावमा कुनै महिला उम्मेदवार थिएनन्, जुन १८ वर्षमा पहिलो पटक हो। सन् २०१२ मा चार महिला उम्मेदवार थिए। यसपटक प्रचार अभियानमा के–पप नृत्य र हिप–हप संगीत समेत प्रयोग भएको थियो।

दक्षिण कोरियामा कुल ४.२४ करोड मतदाता छन्, जुन देशको ८२प्रतिशत जनसंख्या हो। तिनीहरूमध्ये ५०.५प्रतिशत महिला छन्।यस चुनावका मुख्य मुद्दाहरू

यसपटकको चुनावमा उत्तर कोरियासँगको सम्बन्ध पनि महत्वपूर्ण मुद्दा बन्यो । दक्षिण कोरियाको राजनीतिमा उत्तर कोरिया जहिले मुख्य मुद्दा रहँदै आएको छ। २०२४ भर दुवै देशबीच तनाव रह्यो। डीपीके सम्बन्ध सुधार्न चाहन्छ भने पीपीपी कठोर नीति लिइरहेको थियो।

ट्रम्पले कोरियामा तैनाथ अमेरिकी सेनाको खर्च सोलले बेहोर्नुपर्ने अभिव्यक्ति दिंदै आएका छन् । साथै, भन्सार शुल्क (ट्यारिफ) को विषयमा पनि विवाद छ। यो विषयले पनि चुनावमा महत्व पायो ।

दक्षिण कोरिया अहिले विश्वकै सबैभन्दा कम जन्मदर (०.७५) भएको देश बनेको छ। त्यसैले चुनावमा यो मुद्दा पनि चर्चामा रह्यो ।

नवनिर्वाचित लीको करियर पनि विवादास्पद नै रहेको कोरियाली सञ्चार माध्यमले लेखेका छन् । केहीले उनीमाथि अभद्र व्यवहारको आरोप पनि लगाएका छन् ।

त्यसैले उनको जितलाई पीपीपी र यसको नेतृत्वले गरेको कमजोरीलाई जिम्मेवार ठहर्‍याउँदै टिप्पणी भइरहेको छ । कतिपय विश्लेषकले लोकतन्त्रको विघटन भइरहेको अनुभूति गरेका मतदाताले यस्तो निर्णय लिए । कतिपयले यसलाई पुरानो संस्थापनप्रतिको आक्रोशको मत भनेका छन् ।

मिन कन्सल्टिङका अध्यक्ष पार्क सुङ-मिनले बीबीसीसँग भनेका छन्, ‘चुनाव एउटा रिसको अभिव्यक्तिको माध्यम बन्यो‘ र यो सत्तारूढ पार्टीप्रतिको स्पष्ट अस्वीकार थियो, जुन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मार्शल ल कानूनका लागि जिम्मेवार थियो ।’ उनले थपे, ‘लीको जितले देखाउँछ कि मतदाताहरूले दक्षिण कोरियाको लोकतन्त्रलाई ‘सबैभन्दा माथि’ राखेका छन् ।’

चुनौतीका चाङ

लीले खुल्ला रूपमा श्रमिक परिवारमा बिताएको कठोर बाल्यकाल स्मरण गर्ने गरेका छन् । त्यसपछि उनले कलेज पढे र मानव अधिकार कानुन व्यवसायी बने।

कानुन अध्ययनपछि मात्र राजनीतिक जीवन सुरू गरेका लीले डेमोक्रेटिक पार्टी हुँदै २०२२ मा राष्ट्रपतीय उम्मेदवार बने पनि पराजित भए । चुनाव हारेको ३ वर्षपछि ६१ वर्षीय ली विजयी भएरै छाडेका छन् । यसपटक पनि मत सर्वेक्षणमा ली पछाडि परिरहेका थिए, तर बुधबार बिहानै प्रतिस्पर्धीले हार स्वीकार गर्दै उनलाई ‘विजयको लागि बधाई’ दिए।

जितको सम्भावना बढेपछि उनले ‘दक्षिण कोरियाली लोकतन्त्र पुनर्स्थापित गर्नु’ आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । यो आकस्मिक चुनाव ६१ वर्षीय लीले अघिल्लो राष्ट्रपतीय चुनाव झिनो अन्तरले हारेको तीन वर्षपछि आएको हो।

यद्यपि चुनावी विजयपछि पनि लीले प्रतिपक्षी पार्टी पीपीपीसँग सहकार्य गर्नुपर्नेछ । विभाजित देशलाई एकताबद्ध गर्ने र जनविश्वास पुनःप्राप्ति गर्ने क्रममा उनले पीपीपीका केही सदस्यहरूसँग सहकार्य गर्नुपर्ने हुनसक्छ ।

‘पूर्व राष्ट्रपति मुन र युन दुवैको कार्यकालमा बढ्दो ध्रुवीकरणले दक्षिण कोरियाको राजनीतिक परिदृश्यलाई गम्भीर रूपले विभाजित बनाएको छ,’ पार्कले भने, ‘लीले राष्ट्रिय एकताको कुरा त गर्छन्, तर उनी गहिरो द्विविधामा छन् कि विद्रोह प्रयास मानिएको सैनिक कानुनले बनाएको घाउहरू नबल्झाइ जवाफदेही कसरी बनाउने ?’

किनकि पीपीपीले चुनाव हारे पनि युनको समर्थनमा बलियो जमात अझै कोरियाली राजनीतिमा बाँकी नै छ जुन तत्काल कमजोर हुनेछैन ।

यी सबै चुनौतीका बीच नवनिर्वाचित राष्ट्रपति लीले भने, ‘म जनताको अपेक्षालाई निराश नपार्ने गरी, मेरो काँधमा आएको यो महान जिम्मेवारी र मिसन पुरा गर्न पूर्ण प्रयास गर्नेछु ।’

बीबीसी र एजेन्सीहरूको सहयोगमा

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending