काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर राख्नु गलत भएको बताएको छन् ।
सोमबार राति सरकार र यातायात व्यवसायीहरुबिच भएको सहमतिअनुसार यातायात व्यवसायीहरुले यातायात सञ्चालन गर्नुपर्ने भए पनि हालसम्म सञ्चालन नभएको भन्दै यो गलत भएको बताएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गण्डकी प्रदेशलाई पत्र गएपछि मात्रै यातायात सञ्चालन हुन्छ भन्ने जस्ता तर्कहरु यातायात व्यवसायीहरुले गरिरहेकाले त्यो गलत भएको उनको भनाइ छ ।
मन्त्री दाहालले भने, ‘‘यातायात व्यवसायीहरुको सन्दर्भमा गत रातिमात्रै एउटा सम्झौता भयो । हामीले प्रदेशको अधिकारको हनन हुने खालको सम्झौता गरेका छैनौँ । अहिले हामी केही सवारी तथा सार्वजनिक यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्तिम अवस्थामा पुर्याएका छौँ । यसको तयारी गरिरहेका छौँ । यसले ति कुराहरु सम्बोधन गर्ने हाम्रो तयारी रहेको छ । त्यो कानुन नआउन्जेलसम्म हामीले छलफलमा नल्याउन्जेलसम्म वा त्यो कानुन अघि आएपछि मात्रै तलका प्रदेशहरुले कानून बनायो भने सहज हुन्छ भन्ने हिसावले अहिलेलाई स्थगित राखिदिनुस् । त्यो विषय भनेर अनुराधे गरेका हौँ ।’’
सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरित हुनेगरी सङ्घीय ऐनसँग बाझिने सातै प्रदेश सरकारहरूले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले मिति २०८२ जेठ १ गते राजपत्रमा प्रकाशित गरी निजी सवारीसाधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को (ज) तत्काल खारेजीको माग गर्दै उनीहरुले आन्दोलन गर्दै आएका छन् ।
उनले प्रदेशको अधिकारको हनन हुने खालको सम्झौता केन्द्र सरकारले नगरेको स्पष्ट पार्दै केही सवारी तथा सार्वजनिक यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्तिम अवस्थामा पुर्याएकाले बाँकी कुराहरु विधेयकमार्फत सम्बोधन हुने बताए। जिम्मेवार भएर सहमतिअनुसार यातायात सञ्चालन गर्न आग्रह गर्नुभयो ।
उनले भने, ‘‘यातायात बन्दै गर्ने सन्दर्भको कुराहरु गलत छ । किनभने नेपाल भनेको यातायातको क्षेत्रमा निजी क्षेत्रले मात्रै सञ्चालन गरेको छ । साझा यातायात सहकारीमार्फत सञ्चालन भएको छ । त्यो शतप्रतिशत निजीले सञ्चालन गरेको हो । यो कुरामा जिम्मेवार भएर बढ्नुपर्छ । बन्दै गर्नेकुरा र जनतालाई दु:ख दिने काम उहाँहरुले गर्नु हुँदैन ।’’
मन्त्री दाहालले यातायात व्यवसायीहरुले बन्द गरिरहेको यातायातहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो । केही सवारी तथा सार्वजनिक यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबाट राइड शेयरिङलाई पनि राज्यको दायराभित्र ल्याउने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २० गते, २०८२ - १६:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विवेकशील साझा पार्टीबाट एकता प्रक्रियामार्फत आएका सात जना नेतालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ।...
पौष २० गते, २०८२ - १६:०५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी कृषि तथा पशुपन्छी विकास मन्त्री डा.मदनप्रसाद परियारलाई दिएका छन्। आइतबार रा...
पौष २० गते, २०८२ - १५:४०
कैलाली। सुदूरपश्चिम प्रदेशमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशमा पुरुष...
पौष २० गते, २०८२ - १५:३५
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २९ अङ्कले घट...
पौष २० गते, २०८२ - १५:२९
काठमाडौँ। केन्द्रीय सुरक्षा समितिको नियमित बैठक अहिले गृह मन्त्रालयमा बसिरहेको छ। देशका विभिन्न ठाउँहरूमा पछिल्ला दिनमा देखिएका केही सामाजिक र धा...
पौष २० गते, २०८२ - १५:२४
बुटवल। नेकपा एमाले रूपन्देहीले रूपन्देहीको क्षेत्र नम्बर २ बाट पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई प्रतिनिधि सभाको निर्वाचनका लागि एकल सिफारिस गरेक...
पौष २० गते, २०८२ - १५:०५
बुटवल । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्ष तुल्सी थारुसहित ३३ जना नेता–कार्यकर्ताले सामूहिक राजीनामा...
पौष २० गते, २०८२ - १४:५३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक सुरु भएको पार्टी प्रवक...
पौष २० गते, २०८२ - १४:४०
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदी स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा...
पौष २० गते, २०८२ - १४:२२
काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालसँग मुस्लिम समुदायका तीन छुट्टा-छुट्टै समूहका प्रतिनिधिहरु र केही राष्ट्रिय सभा सदस्यसमेत रहेका सदस्यहरुले गृह मन्...




प्रतिकृया लेख्नुहोस्: