काठमाडौं । रक्षामन्त्री मानवीर राईले नेपाल–भारत संयुक्त कञ्चनजङ्घा हिमाल आरोहणमार्फत दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
नेपाली सेना र भारतीय सेनाको सहभागितामा सञ्चालन भएको नेपाल–भारत संयुक्त कञ्चनजङ्घा हिमाल आरोहण–२०२५ को आज जङ्गी अड्डामा आयोजित झण्डा हस्तान्तरण समारोहमा उनले सो आरोहणले दुई राष्ट्रका सेनाबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन मद्दत गर्ने बताए ।
विगतमा नेपाली सेना र भारतीय सेनाद्वारा सन् २००३ र सन् २०१३ मा सगरमाथाको संयुक्त आरोहण सम्पन्न भएको थियो । कञ्चनजङ्घा आरोहण भने संयुक्त सेनाको पहिलो पटक हो । नेपाली सेना र भारतीय सेनाले कञ्चनजङ्घा शिखर आरोहणमा विस्तृत योजनासहित अटुट अनुशासन, अदम्य साहस, संकल्प र उच्चस्तरको समन्वयमार्फत कठिन चुनौती पार गर्दै सहकार्य र मित्रताको अद्धितीय उदाहरण प्रस्तुत गरेको बताए ।
उनले आरोहण सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने आरोहण दलका सदस्यलाई बधाई ज्ञापन गरे । कार्यक्रममा आरोहण दलका टिम लिडरबाट रक्षामन्त्री मानवीर राई र बलाधिकृत रथी निर्मल थापासमक्ष आरोहणको झन्डा हस्तान्तरण गरिएको थियो ।
युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले संयुक्त आरोहणबारे संक्षिप्त जानकारी दिए । कार्यक्रममा भारतीयसेनाका प्रतिनिधिमण्डलका प्रमुख लेफ्टीनेन्ट जनरल अजय रामदेवले समेत आरोहण दललाई बधाइ दिँदै दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।
नेपाली सेनाका १० र भारतीय सेनाका पाँच गरी जम्मा १५ जना सहभागी संयुक्त कञ्चनजङ्घा हिमाल आरोहण टोलीले यही जेठ ५ र ६ गते कञ्चनजङ्घा हिमालको सफलतापूर्वक आरोहण गरेको थियो । उक्त अभियानको विसं २०८१ चैत्र २१ गते भारतको नयाँ दिल्लीमा भारतीय रक्षामन्त्रीको उपस्थितीमा ‘फ्ल्याग अफ सेरेमोनी’ सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, बलाध्यक्ष, रथीवृन्द, नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधि, संयुक्त कञ्चनजङ्घा हिमाल आरोहणका सदस्य, ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपालका प्रतिनिधि, अधिकृत तथा सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: