काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि हालै नियुक्त भएका पाँच मुलुकका गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
सोमबार राष्ट्रपति भवन, शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति पौडेलसमक्ष प्रस्तुत गरेका हुन् ।
राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने राजदूतहरूमा केन्याका लागि नियुक्त मुन्यिरी पिटर, जोर्डनका युसेफ अब्देलगानी, जिम्बाब्वेका स्टेला एनकोमो वाहग्न, डेनमार्कका रासमस एबिलगार्ड र उरुग्वेका आल्बेर्टो ए। ग्वानी छन्।
समारोहमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म नेपाली परम्पराअनुसार रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो, जसले नेपालको कूटनीतिक सम्मान र सांस्कृतिक गरिमालाई झल्काएको जानकारी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ईश्वरीप्रसाद पाण्डेले दिइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २० गते, २०८२ - १६:३६
काठमाडौँ। बाजुराको बुढीगंगा नगरपालिकाको नगर भवन निर्माण ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, क...
पौष २० गते, २०८२ - १६:२९
अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी तेल कम्पनीले भेनेजुएलामा प्रवेश गरी त्यहाँका विशाल कच्चा तेल भण्डारको उपयोग गर्न पाउने बता...
पौष २० गते, २०८२ - १६:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विवेकशील साझा पार्टीबाट एकता प्रक्रियामार्फत आएका सात जना नेतालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ।...
पौष २० गते, २०८२ - १६:०५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी कृषि तथा पशुपन्छी विकास मन्त्री डा.मदनप्रसाद परियारलाई दिएका छन्। आइतबार रा...
पौष २० गते, २०८२ - १५:४०
कैलाली। सुदूरपश्चिम प्रदेशमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशमा पुरुष...
पौष २० गते, २०८२ - १५:३५
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २९ अङ्कले घट...
पौष २० गते, २०८२ - १५:२९
काठमाडौँ। केन्द्रीय सुरक्षा समितिको नियमित बैठक अहिले गृह मन्त्रालयमा बसिरहेको छ। देशका विभिन्न ठाउँहरूमा पछिल्ला दिनमा देखिएका केही सामाजिक र धा...
पौष २० गते, २०८२ - १५:२४
बुटवल। नेकपा एमाले रूपन्देहीले रूपन्देहीको क्षेत्र नम्बर २ बाट पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई प्रतिनिधि सभाको निर्वाचनका लागि एकल सिफारिस गरेक...
पौष २० गते, २०८२ - १५:०५
बुटवल । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्ष तुल्सी थारुसहित ३३ जना नेता–कार्यकर्ताले सामूहिक राजीनामा...
पौष २० गते, २०८२ - १४:५३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक सुरु भएको पार्टी प्रवक...




प्रतिकृया लेख्नुहोस्: