तनहुँ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँले लिफ्ट खानेपानी आयोजनाको ५५ लाख बढी विद्युत् महसुल अनुदान दिएको छ । तनहुँ र नवलपुरका खानेपानी योजना हेर्ने यस कार्यालयले ५५ योजनाको उक्त रकम अनुदान दिएको हो ।
आर्थिक वर्ष २०८०-२०८१ को जेठ महिनादेखि आर्थिक वर्ष २०८१-०८२ को पुससम्म ५५ लाख ३८ हजार नौ सय रकम वितरण गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस वर्षको माघ महिनादेखि वैशाखसम्मको महसुल भुक्तानी गर्ने छ भने जेठ र असार दुई महिनाको आगामी वर्षमा भुक्तानी गरिने छ ।
तनहुँमा ३८ लाख ५९ हजार सात सय र नवलपुरमा १६ लाख ७९ हजार दुई सय गरी उक्त रकम प्रदान गरिसकिएको कार्यालय प्रमुख सिनियर डिभिजन इन्जिनियर शम्भुराज खनालले जानकारी दिए । कार्यालय प्रमुख खनालका अनुसार साना खानेपानी उपभोक्ता समितिका लागि गत वर्ष १५ हजार रहेकोमा यस वर्ष वृद्धि गरी २५ हजार पुर्याएको छ भने ठुला उपभोक्ता समितिका लागि प्रतिशतको आधारमा भुक्तानी दिने गरिएको छ ।
लिफ्ट खानेपानी आयोजनामा विद्युत् महसुल अनुदानसम्बन्धी मापदण्ड २०७९ का आधारमा स्थान तथा अनुदान ग्राही छनोट गरी अनुदान दिइएको हो । स्थान तथा अनुदानग्राही छनोटका आधारअन्तर्गत मासिक रूपमा २५ हजारसम्मको विद्युत् खपत गर्ने अनुदान ग्राहीलाई विद्युत् महसुलको शत प्रतिशत अनुदान दिइएको हो ।
गत वर्षदेखि यस किसिमको सुविधा सुरु भएको हो । २५ हजारसम्मको विद्युत महसुलमा पुरै भुक्तानी र सो भन्दा माथिको महसुलमा प्रतिशतका दरले भुक्तानी गर्ने गरिएको छ । मासिक २५ हजारदेखि ४० हजारसम्मको महसुलमा ७५ प्रतिशत र मासिक रूपमा ४० हजारदेखि ६० हजारसम्मको विद्युत् खपत गर्ने अनुदान ग्राहीले कुल विद्युत् महसुलको ५० प्रतिशत र मासिक रूपमा ६० हजारदेखि ८० हजारसम्म विद्युत् खपत गर्ने अनुदान ग्राहीले कुल विद्युत् महसुलको २५ प्रतिशत अनुदान प्राप्त गर्छन् । यस्तै, मासिक रूपमा ८० हजारभन्दा बढीको विद्युत् खपत गर्ने योजनामा १० प्रतिशत अनुदान कार्यालयले उपलब्ध गराउने गर्दछ ।
उपभोक्ताले भुक्तानीका लागि विद्युत् महसुलको सक्कली बिल र जरिवाना नतिरेको हुनुपर्ने प्रावधान रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ६-६ महिनामा उपभोक्ता समितिबाट निर्णय गरी वडा कार्यालयबाट अनुदानका सिफारिस पेस गर्नुपर्छ ।
नागरिकलाई स्वच्छ, गुणस्तरीय, सर्वसुलभ र सुरक्षित रूपमा खानेपानी सेवा पुर्याउने उद्देश्यले लिफ्ट खानेपानीमा लाग्ने महसुलमा अनुदान दिइएको हो । अधिकांश आर्थिक रूपमा विपन्न मानिसहरू गाउँका डाँडाकाँडामा बसोवास गर्दै आएको खानेपानीमा अनुदानको व्यवस्थाले उनिहरूलाई लाभ पुगेको म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: