Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

माओवादी केन्द्र दमकले एक लाख फलफूलका बिरुवा रोपिँदै

खबरडबली संवाददाता

दमक। दमकलाई फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ  नेकपा (माओवादी केन्द्र) दमक नगर कमिटीले एक लाख बिरुवा रोपण गर्ने अभियानलाई निरन्तरता दिँदै यो वर्ष २५ हजार बिरुवा रोप्ने अभियान सुरु गरेको छ । गत वर्ष माओवादी केन्द्रले ५० हजार बिरुवा रोपेको थियो ।

पहिलो वर्ष सरकारी कार्यालय परिसर तथा दमकवासीको माग अनुसार नि:शुल्क रुपमा ५० हजार बिरुवा रोपण गरिएको र यो वर्ष दमकको हंसेदुम्से सामुदायिक वन क्षेत्रबाट वृक्षरोपणको औपचारिक सुरुवात गरिएको हो । शनिबारदेखि सुरु भएको वृक्षरोपण दमकका १० वटै वडाभित्र दुई महिनासम्म चल्ने माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष रवि बस्नेतले जानकारी दिए ।

यो अभियान सफल बनाउन र सबैको अपनत्व सिर्जना गराउन यहाँ क्रियाशील सबै राजनीतिक दलहरुलाई संस्थागत सहभागिताका लागि लिखित रुपमा आग्रह गरिएको बस्नेतको भनाइ छ । बिरुवा उपलब्ध गराउने हाम्रो जिम्मा हो र यसमा सबै राजनीतिक दलको सहभागिता रहने जानकारी उनले दिए ।

गतवर्ष उन्नत जातका फलफूलका बिरुवा रोपिएको र त्यसले फल दिन सुरु गरेको माओवादी केन्द्रका दमक इन्चार्ज बेदु गौतमले बताए। ५० प्रतिशतभन्दा बढि फलफूलका बिरुवाले उत्पादन दिन थालेको दाबी उनले गरे । तीन वर्ष भित्रमा एक लाख बिरुवा रोप्ने अभियान सार्थक बन्ने उनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँग एकताको कुनै सम्भावना छैन: माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...

रास्वपा महाधिवेशन स्थलमा तीन वटा हेल्थ डेस्क स्थापना

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...

रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन: प्रवक्ता मनिष झा

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...

रास्वपा महाधिवेशनका लागि झण्डै २ करोड रुपैयाँ संकलन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...

रास्वपा महाधिवेशनमा प्यानल बनाउन निषेध, जारी भयो आचारसंहिता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...

सभापति रवि लामिछानेको अपिल: स्वस्थ प्रतिस्पर्धाबाट नयाँ उचाइमा पुग्नेछौँ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...

बालकुमारीमा प्रहरीले चलायो गोली

काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...

रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक सुरु, महाधिवेशन तयारीबारे छलफल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...

एसियाली करातेमा एरिकालाई कांस्य

काठमाडौँ। नेपालकी कराते स्टार एरिका गुरुङले इन्डोनेसियाको बालीमा जारी २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा कांस्य पदक जितेको छिन्।  शुक्रबार भएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending