रौतहट । रौतहटको मौलापुर नगरपालिका शिक्षाको मापदण्डको आधारमा मधेश प्रदेशमै उत्कृष्ठ नगरपालिका घोषित गरिएको छ। शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राख्दै उत्कृष्ट प्रदर्शन गरेको मौलापुर नगरपालिका मधेश प्रदेशमै शिक्षाका मापदण्डको आधारमा ‘उत्कृष्ट नगरपालिका’ को रुपमा चयन भएको हो।
सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संस्था (पान) द्वारा गठित पाँचजना विज्ञहरूको मूल्याङ्कन समितिले शिक्षाका २५ वटा मापदण्डहरूका आधारमा मौलापुर नगरपालिकालाई उत्कृष्ट नगरपालिका २०८२ पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
शिक्षाविद् प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाको संयोजकत्वमा गठित समितिले मूल्याङ्कन गरेको थियो। यही जेठ २३ गते हुने पानको दोस्रो राष्ट्रिय सम्मेलनमा मौलापुरकी मेयर रिना कुमारी साहलाई पुरस्कार प्रदान गरिने छ ।
आयोजक संस्थाले मेयर साहलाई पुरस्कार ग्रहणका लागि विशेष आमन्त्रण समेत गरेको मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले न्युज कारखानालाई बताए ।
मौलापुर नगरपालिकाको समग्र शैक्षिक अवस्था, शिक्षा क्षेत्रको बजेट विनियोजन, बाल शिक्षा र इसीडी व्यवस्था, सिपमूलक शिक्षाको प्रवर्धन, शिक्षक र विद्यार्थीको सन्तुष्टि देखिएको छ।
त्यस्तै, विद्यालय बाहिरका बालबालिकालाई शिक्षामा जोड्ने पहल, शिक्षण सिकाइको अनुगमन, स्थानीय पाठ्यक्रमको प्रयोग, सूचना प्रविधिको उपयोग, छात्रालाई शिक्षामा जोड्ने कार्यक्रम, विद्यालयको भौतिक पूर्वाधार, तथा गुनासो व्यवस्थापन जस्ता २५ वटै मापदण्डमा मौलापुरले उत्कृष्टता प्रदर्शन गरेको पानले जनाएको छ।
मेयर रिना कुमारी साहको कुशल नेतृत्व, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक, विद्यार्थी तथा सरोकारवालाको सहकार्यले गर्दा यो उपलब्धि हासिल भएको भन्दै मौलापुर नगरपालिकाले सबैप्रति कृतज्ञता व्यक्त गरेको छ।
मौलापुर नगरपालिकाले बालिकालाई शिक्षा प्रति आकर्षित गराउन निःशुल्क साईकल बितरण देखि उच्च शिक्षा अध्ययनरत बालिकालाई ल्यापटप समेत बितरण गर्दै आएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - २२:४२
काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...
श्रावण ११ गते, २०८३ - २२:०७
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...



प्रतिकृया लेख्नुहोस्: