Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

बुलबुल तालमा मोटरबोट सञ्चालन भएपछि....

खबरडबली संवाददाता

सुर्खेत । ‘सुर्खेत बुलबुल ताल, माया मै सानो हुनाले छुट्यो माया जाल’... । तीसको दशकमा प्रेमदेव गिरीको शब्दमा कमला श्रेष्ठले स्वर भरेको रेडियो नेपालमा रेकर्ड भएको यो गीत कालान्तरमा सर्खेतको पहिचान बन्यो। यो एउटै गीतले सुर्खेतलाई एकै पटक देशभर चिनायो। मोबाइल, इन्टरनेट र सामाजिक सञ्जाल नहुँदा पनि रेडियोमार्फत सुर्खेत बुलबुल तालको नाम जनजनका मनमनमा पुगेको थियो।

अहिले जस्तो यातायातको सुविधा र देशभित्रै भ्रमणको संस्कारको विकास नभइसकेको अवस्थामा सुर्खेत आएर बुलबुल तालबारे जानकारी दिने अवस्था पनि थिएन। तर रेडियो नेपालमा बारम्बार गुञ्जिरहने हुँदा गीतको भाका र शब्द अधिकांशको जिब्रोमा झुण्डिएको थियो।

एउटा गीतमा कोरिएको सामान्य शब्द र त्यसमा मिसिएको लयमात्रै पनि सन्देश प्रवाहका लागि कति महत्वपूर्ण हुन्छ उदाहरण यो गीत बनेको थियो। यो गीतले सुर्खेत र बुलबुल ताललाई विश्वभर चिनायो भन्दा अत्युक्ति हुँदैन होला। त्यसैले त अहिले सुर्खेत पुग्ने जो कोहीको ‘बकेट लिस्ट’मा बुलबुल ताल सुरुको नम्बरमा हुन्छ।

करिब ५० वर्षअघि रेकर्ड भएको त्यो गीतपछि बुलबुल ताललाई लिएर कैयौँ गीत बने। विसं २०६२ मा चलचित्र बन्धकीको एउटा गीत यहीँ छायांकन गरियो। तर त्यसयताका वर्षमा संरक्षण नहुँदा अस्तित्व गुमाउने अवस्थामा पुगेको बुलबुल उद्यानले पछिल्लो समय तालमा मोटरबोट सञ्चालनमा भएपछि यसले पुनःजीवन पाएको छ।

विसं २०२९ सालमा राजा वीरेन्द्रको भ्रमणपछि बुलबुल तालको विशेष संरक्षण सुरु गरिएको थियो। सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने यो क्षेत्र मानिसका लागि प्रकृतिमा रमाउने गन्तव्यमात्रै नभइ चराचुरुंगीको बासस्थान पनि हो। अझै पनि मानिसहरु नुहाउन र कपडा धुनका लागि बुलबुल गर्दै जमिन मुनीबाट आउने पानीमै निर्भर छन्।

वीरेन्द्रनगरपालिकाका प्रमुख मोहनमाया ढकाल ९भण्डारी०का अनुसार बुलबुल तालमा मोटरबोट सुरु भएपछि यहाँको पर्यटकीय विकास मात्रै भएको छैन, यसले यहाँको आर्थिक गतिविधि पनि चलायमान बनाएको छ।

“बुलबुल ताल यहाँको पहिचान हो, सुर्खेत नआउनेहरुले पनि बुलबुल ताल सुनेका छन्, त्यसैले यहाँ आउने जो कोही पनि एकपटक बुलबुल ताल पुग्छन्”, उनले भनिन्।

बुलबुल तालमा मोटरबोट चल्न थालेपछि नगरपालिकाको आम्दानी मात्रै बढेको छैन, बुलबुल तालमा आश्रित भइ आम्दानी गर्नेहरुको संख्या पनि बढेको छ। नगरप्रमुख ढकालका अनुसार विगतका वर्षमा बुलबुल ताल परिसरबाट मुस्किलले २५ लाख राजस्व संकलन गर्ने गरेकामा अहिले त्यो झण्डै एक करोडको हाराहारीमा पुगेको छ।

“पहिलो बुलबुल ताल परिसरमा जानेहरुसँग टिकट बिक्रीबाट मात्रै राजस्व संकलन हुन्थ्यो भने अहिले मोटरबोटबाट वार्षिक १३ लाख, फोटो खिच्नेहरुबाट बोलकबोल प्रक्रियामार्फत वार्षिक १२ लाख आम्दानी भइरहेको छ”, उनले भनिन्, “त्यसबाहेक मोटरबोट सञ्चालनमा आएकै कारण त्यहाँ जानेहरु बढेका छन्, यसबाट कैयौं युवाहरुका लागि रोजगारी पनि सृजना भएको छ।”

मोटरबोट सञ्चालनमा आएपछि तस्बिर खिच्नकै लागि १० देखि १५ जना युवाहरु क्यामरा बोकेर दिनभरी बुलबुल परिसरमै बस्छन्, उनीहरुका ग्राहक बुलबुल आउने पर्यटक बनेका छन्। जसबाट उनीहरुले राम्रो आम्दानी गरिरहेका छन्।

नगरप्रमुख ढकालका अनुसार सुर्खेतमा अध्ययन गरिरहेका करिब ८० हजार विद्यार्थी, यहाँ आउने पर्यटक तथा स्थानीयका लागि बुलबुल पहिलो रोजाइको गन्तव्य बन्दै गएको छ।

बुलबुल ताल हेर्न आउनेहरु एतिहासिक काक्रेविहार, लाटिकोइली देउती बज्यैलगायतका धार्मिक तथा पर्यटकीय गन्तव्य पनि चलायमान भएका छन्। यहाँका मानिसका लागि पहिले समय बिताउनका लागि कुनै प्राकृतिक वातावरणका लागि काक्रेबिहारसम्म पुग्नुपर्ने अवस्थामा अहिले बुलबुल उद्यानमा घण्टौ बिताउन मिल्ने अवस्था बनेको छ।

जमिन मुनीबाट बुलबुल गर्दै पानी आउने भएकाले यसको नाम बुलबुल ताल रहनगएको यहाँका जानकार बताउँछन्। मानिसहरु यही पानीमा नुहाउन र कपडा धुन थाले। पानी जम्मा हुँदै गएपछि नजिकै पोखरी बन्यो।

मानिसहरु यही पोखरी हेर्न आउन थालेपछि भने फोहोर पनि बढ्दै गयो। संरक्षणको अभावमा पोखरीमा पानीभन्दा बढी फोहोर थुप्रियो। झारहरु पलाए भने पोखरीको अस्तित्व नै मेटिने अवस्थामा पुग्यो। सरकारी स्तरबाट पटक संरक्षणको प्रयास भए पनि यसले पुनःजीवन पाउन सकेन।

नगरप्रमुख ढकाल बुलबुल उद्यानलाई संरक्षण गर्दै यसको विकासमा काम गर्न लागिएको बताउँछिन्। अहिले नुहाउने र कपडा धुने ठाउँलाई अन्यत्रै सार्ने योजना बनाइएको छ भने नजिकै पिकनिक स्थल पनि बनाइनेछ। यसले यहाँको पर्यटन विकासमा ठूलो टेवा पुग्ने उनको विश्वास छ।

संरक्षणको अभावमा अस्तित्व नै संकटमा परिसकेको अवस्थामा बोटेबोरा कम्पनीका सञ्चालक बीबी ढकालले यहाँ मोटरबोट सञ्चालन गर्ने योजना बनाएका थिए। त्यसअघि नारायणी नदी, नेपालगञ्जलगायतका स्थानमा मोटरबोट सञ्चालन गरिसकेको अनुभवी ढकालले बुलबुल ताललाई संरक्षण गर्दै मोटरबोट सञ्चालनको योजना बनाएका थिए।

उनले यसका लागि त्यहाँ जनप्रतिनिधि र सरोकारवालासँग कुराकानी गरे। उनीहरुबाट सकारात्मक जवाफ प्राप्त भएपछि मात्रै ढकालले ताल सफा गर्नतर्फ लागेका थिए।

“सुरुमा डोजरको प्रयोग गरी सफा गर्ने प्रयास भयो, तर काम लागेन, कैयौँ पटक प्रयास गर्दा पनि पोखरी सफा गर्ने अवस्था बनेन”, उनले सुरुआती दिन सम्झँदै भने, “केही सीप नलागेपछि म आफै पोखरीभित्र पसेर फोहोर बाहिर निकाल्न थाले, त्यसपछि पोखरी सफा गर्ने आइडियो फुर्‍यो ।”

तालमाा भएको फोहोर निकालेपछि पानीको सतह घट्न थाल्यो, त्यसैले अहिले पानी कम हुँदा मोटरबोट सञ्चालनमा केही समस्या भने भएको उनको भनाइ छ।

सञ्चालक ढकालका अनुसार लामो समय ‘डेड लेक’ का रुपमा रहेको यो ताल अहिले ‘भाइब्रेन्ट’ भएको छ। यसले यहाँको पर्यटकीय र आर्थिक गतिविधि चलायमान बनाएको छ ।

“सहर नजिकै भएर पनि होला, मानिसहरुका लागि यो रिफ्रेस हुनका लागि उपयुक्त गन्तव्य बनेको छ, अहिले हरेक दिन घुम्न, रमाउन, तस्बिर लिन, व्यापार गर्न तथा अध्ययन गर्नका लागि आउनेको संख्या बाक्लो हुँदै गएको छ”, ढकालले भने।

अध्यक्ष ढकालका अनुसार ताल फोहोर र जलकुम्भीले भरिएको थियो। “ताल सफा गर्नका लागि एक हजार ८६० जना व्यक्तिको श्रम खर्च भएको छ, अहिले सरर मोटरबोट चलिरहेको ताल देखिए पनि त्यो बेला यस्तो हुन्छ भन्ने कल्पना नै थिएन, हामी सुरुआती समयमा अनिश्चिततामा लगानी गरिरहेका थियौं”, ढकालले भने।

बोटेबोरा कम्पनीले आफ्नै लगानीमा सरसफाइ गरी मोटरबोट सेवा सञ्चालनमा ल्याएको हो। कम्पनीले बुलबुले तालमा मोटरबोट सञ्चालन गरेबापत वीरेन्द्रनगर नगरपालिकालाई वार्षिक १३ लाख बुझाउने सम्झौता गरेको छ।

तालमा अहिले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङ कम्पनीले निर्माण गरेको ११ सिटे दुई वटा फिस्टेल ब्रान्डका मोटरबोटमार्फत सेवा दिइरहेको छ।

नगरपालिकाले बुलबुल तालमा मोटरबोट सञ्चालनका लागि बोलपत्र आह्वान गरेको थियो। जसमा ढकालको कम्पनी छनोट सूचीमा दोस्रो नम्बरमा थियो। पहिलो नम्बरको कम्पनीले आवश्यक कागजपत्र बुझाउन नसकेको र मोटरबोट सञ्चालनको अनुभव पनि नभएपछि बोटेबोराले अनुमति पाएको ढकालको भनाइ छ।

सुर्खेत उपत्यका नगर विकास समितिका सदस्य तथा बुलबुले ताल संरक्षण उपसमितिका संयोजक नवराज गुरुङले बुलबुल ताल सफाइ गरी मोटबोट सुरु भएपछि मानिसहरुका लागि गन्तव्य बन्दै गएको बताए।

“सुर्खेतको जनसङ्ख्या र बाहिरबाट आउनेहरुको संख्या बढ्दै जाँदा यहाँको जनघनत्व बढ्दो छ, मानिसहरुलाई दिनभरी काम गरेर रमाउने ठाउँको कमी बुलबुल तालले पूरा गरेको छ”, उनले भने, “पहिले ताल सफा नहुँदा निकै कम मानिसहरु मात्रै त्यहाँ जान्थे भने अहिले दैनिक हजारौँ व्यक्ति त्यहाँ जान थालेका छन्, एक प्रकारले भन्दा बुलबुल तालमा मोटरबोट सुरु भएपछि यहाँको स्वरुप नै फेरिएको छ।”

मोटरबोट सुरु भएपछि स्थानीय मात्रै होइन बाहिरबाट आउने पर्यटकको संख्या पनि ह्वात्तै बढेको उनको बुझाइ छ। उनका अनुसार कर्णालीको गेटवे मात्रै नभइ प्रदेश राजधानी पनि भएकाले यहाँ मानिसहरुको चहलपहल भइरहन्छ, उनीहरुका लागि बुलबुल ताल जस्ता पर्यटकीय गन्तव्यले बसाइ लम्ब्याउन र एक पटक भए पनि त्यहाँ गएर तालमा बोटिङ गर्न आकर्षित गरिरहेको छ।

“विगतमा पनि ताल संरक्षणका लागि प्रयास नभएका होइनन्, सरकारको लगानीमा सानो ताललाई विस्तार गर्ने काम पनि भयो तर त्यसले पूर्णता पाएन, विस्तार राम्रो नभएपछि फूटबल मैदान जस्तो भयो, सामाजिक सञ्जालमा पनि ताल हो कि फूटबल मैदान हो भन्दै व्यंग पनि गर्ने काम भयो”, उनले भने, “नयाँ सरकार आएपछि यसलाई जसरी पनि तालकै रुपमा संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले काम भयो, नगरप्रमुखले पनि राम्रो साथ दिनुभयो।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending