राजविराज । अदालतको आदेश समेतको अवज्ञा गर्दै अनुमति लिएको भन्दा माथिल्लो तहको कक्षा संञ्चालन गर्ने विद्यालयको संख्या एक दर्जन भन्दा बढी पुगेको छ ।
जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइले केही दिन यता थालेको विद्यालय अनुगमनका क्रममा शुक्रबार सम्म अनुमति भन्दा माथिल्लो तहको कक्षा सञ्चालन गर्ने विद्यालयको संख्या १६ पुगेको हो । यतिमात्र होईन । अनुमति लिदा बखत विद्यालय सञ्चालकले उल्लेख गरेको ठेगाना भन्दा फरक ठाउँमा विद्यालय सञ्चालन गरेको समेत पाईएको अनुगमन टोलीका नेतृत्वकर्ता जिल्ला शिक्षा विकास समन्वय ईकाइ सप्तरीका प्रमुख शशी कुमार यादवले बताए ।
१८ पालिका रहेको सप्तरीमा विगत दुई साता यता थालिएको अनुगमन शुक्रवार सम्म राजविराज नगरपालिका, कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र विष्णुपुर गाउँपालिका गरि ४ पालिकामा सकिएको छ । अझै १४ पालिकामा अनुगमन गर्न बाँकी नै रहेकाले मापदण्ड विपरित सञ्चालनमा रहेका विद्यालयको संख्या ठूलै देखिने अनुमान गरिएको उनको भनाई छ ।
उच्च अदालत जनकपुर–राजविराज इजलासले गत बैशाख १९ गते अनुमति विनाको थप कक्षा सञ्चालन नगर्न–गराउन आदेश जारी गरेपछि त्यसलाई कार्यान्वय गराउन अनुगमन तिब्र बनाइएको उनले बताए ।
अनुगमनका क्रममा धेरैजसो निजी विद्यालयले अदालतको आदेशको पालना र शिक्षा ऐनले व्यवस्था गरेको मापदण्ड पुरा नगरेको पाइएकाले प्रहरी प्रशासन समेतको सहयोगमा कारवाही प्रक्रियामा जान लागेको उनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले अनुमति लिएको भन्दा माथिल्लो तहको कक्षा सञ्चालन गर्ने तथा मापदण्ड पुरा नगरि सञ्चालनमा रहेका विद्यालय माथि कानुन बमोजिम कारवाही गरिने बताएका छन् ।
“पछिल्लो समय यस विषयमा अदालतको पनि आदेश आएको छ, उनले भने, आदेशको पालना नगर्ने त्यस्ता विद्यालयलाई कारवाही गर्न आवश्यक प्रक्रिया अगाडी बढाई सकेका छौं ।”
अनुगमन टोलीमा शिक्षा विकास समन्वय ईकाइका साथै जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाको शिक्षा शाखा प्रमुख लगायतको सहभागिता रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - २२:४२
काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...
श्रावण ११ गते, २०८३ - २२:०७
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...



प्रतिकृया लेख्नुहोस्: