Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

गृहमन्त्रीको राजीनामाबारे सत्ता र प्रतिपक्षको आ–आफ्नै अडान

झिनामसिना कुरालाई मसला बनाएर सदन अवरोध गर्ने नजिर बसाउनु गलत

खबरडबली संवाददाता

काठमाडौं। आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट संसदमा पेस गर्न दिएका प्रतिपक्षी दलले बजेटमाथिको छलफल अघि सहमति नजुटे संसद् बैठक अवरोध गर्ने भएका छन् ।

आगामी जेठ २० गतेदेखि संसदमा बजेटमाथि छलफल गर्न संसद्को कार्यतालिका  रहेकाे भए पनि संसद्को अवरोध हटाउन सभामुखले शुक्रबार गरेको छलफलमा गृहमन्त्रीबारे सत्तापक्ष र प्रतिपक्ष दुवैले पुरानै अडान नछोडेपछि बजेटमाथिको छलफल प्रभावित हुने देखिएको हो ।

संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरेले शुक्रबार सिंहदरबारमा दलका सचेतकहरूसँग छलफल राखेका थिए । उक्त छलफलमा विपक्षी दलले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद्को कामकारबाही अघि बढ्न नदिने अडान राखे भने सत्तापक्ष राजीनामाको विपक्षमा उभिए ।

बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले विपक्षीका माग पूरा नहुँदासम्म संसद् बैठक चल्न नसक्ने बताए । ‘खासगरी सदनको क्यालेन्डर बनाउने विषयमा बैठक थियो । हामीले हाम्रो मुख्य माग सम्बोधन नहुँदासम्म सदनका क्रियाकलाप अगाडि बढाउन नदिने विषय राख्यौँ’, पाण्डेले भने, ‘माग सम्बोधन गर्ने विषय सरकारको हो ।

संसद्को चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि गृहमन्त्री लेखकको राजीनामा र छानबिन समिति नबन्दासम्म सदन चल्न नसक्ने बताए। ‘उहाँहरू केही भएको छैन भन्दै नियमित प्रक्रियाबाट जान खोज्दै हुनुहुन्छ । हामीले आफ्नो कुरा राखेका छौँ,’ परियारले भने, ‘हिजो जिम्मेवारी बोध गरेर छाडेका हौँ । रास्वपासहित सबै विपक्षी दल आन्दोलनमा छौँ । आन्दोलनको माग सम्बोधन नभएसम्म हामी सदन अगाडि बढाउन सक्दैनौँ ।’

भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखक नै संलग्न रहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादीसहित प्रतिपक्ष दलहरूले उनको राजीनामालाई बटमलाइन बनाएका छन् । यसबाहेक उनीहरुले गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने र यसबारे प्रधानमन्त्रीले समेत जवाफ दिनुपर्ने बताउँदै आएका छन् । तर, सत्तापक्ष एउटा कर्मचारीको कमजोरीमा मन्त्रीले राजीनामा गर्नुपर्ने कुनै कारण नरहेको भन्दै विपक्षीको माग पुरा गर्न नसकिने अडानबाट पछि हटेको छैन ।

सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने शुक्रबार सभामुखसँगको छलफलमा सदन अवरोधका विषयमा कुनै औपचारिक छलफल नभएको बताए । उनले भने–‘संसद्को क्यालेन्डर बनाउने विषयमा छलफल थियो । सदनको अवरोधबारे अनौपचारिक विषयमा कुरा उठे पनि औपचारिक छलफल भएन ।’ 

शुक्रबारै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले पनि गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सदन चल्न नसक्ने ठहर गरेको छ । यद्यपि त्यसबारे औपचारिक निर्णय संसदीय दलको बैठकले गर्ने माओवादीको भनाइ छ । ‘प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी बनाउन विज्ञ सहितको संसदीय दलको बैठक बोलाएको छ । संसद्को अवरोधलाई जारी राख्ने कि वैकल्पिक उपाय खोज्ने भन्ने विषयमा विज्ञहरूको सहयोग लिने र जेठ १९ गते बस्ने बैठकले नै निर्णय गर्ने माओवादी केन्द्रका सचिव समेत रहेका देवेन्द्र पौडेलले बताए ।

एमाले प्रमुख सचेतक तथा सत्तारुढ दलका मुख्य सचेतक समेत रहेका महेश बर्तौलाले विपक्षी दलले झिनामसिना कुरालाई मसला बनाएर सदन अवरोध गर्ने नजिर बसाउनु गलत हुने बताए । ‘झिना मसिना कुराहरूलाई मसला बनाएर संसद् अवरोध गर्ने कुराले राम्रो गर्दैन । यस्तो ढङ्गले अघि बढ्दा संसदीय प्रणालीलाई सुदृढ गर्न चुनौती सिर्जना गर्छ’, एमाले प्रमुख सचेतक बर्तौलाले भने, ‘यो उहाँहरू (विपक्षी) ले पनि सोच्ने कुरा हो ।’

एउटा कर्मचारीको विषयलाई लिएर जिम्मेवार दलहरूले आन्दोलन गर्ने वा संसद् अवरोध गर्ने कुरा जायज नहुने बर्तौलाको भनाई छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending