Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

गृहमन्त्रीको राजीनामाबारे सत्ता र प्रतिपक्षको आ–आफ्नै अडान

झिनामसिना कुरालाई मसला बनाएर सदन अवरोध गर्ने नजिर बसाउनु गलत

खबरडबली संवाददाता

काठमाडौं। आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट संसदमा पेस गर्न दिएका प्रतिपक्षी दलले बजेटमाथिको छलफल अघि सहमति नजुटे संसद् बैठक अवरोध गर्ने भएका छन् ।

आगामी जेठ २० गतेदेखि संसदमा बजेटमाथि छलफल गर्न संसद्को कार्यतालिका  रहेकाे भए पनि संसद्को अवरोध हटाउन सभामुखले शुक्रबार गरेको छलफलमा गृहमन्त्रीबारे सत्तापक्ष र प्रतिपक्ष दुवैले पुरानै अडान नछोडेपछि बजेटमाथिको छलफल प्रभावित हुने देखिएको हो ।

संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरेले शुक्रबार सिंहदरबारमा दलका सचेतकहरूसँग छलफल राखेका थिए । उक्त छलफलमा विपक्षी दलले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद्को कामकारबाही अघि बढ्न नदिने अडान राखे भने सत्तापक्ष राजीनामाको विपक्षमा उभिए ।

बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले विपक्षीका माग पूरा नहुँदासम्म संसद् बैठक चल्न नसक्ने बताए । ‘खासगरी सदनको क्यालेन्डर बनाउने विषयमा बैठक थियो । हामीले हाम्रो मुख्य माग सम्बोधन नहुँदासम्म सदनका क्रियाकलाप अगाडि बढाउन नदिने विषय राख्यौँ’, पाण्डेले भने, ‘माग सम्बोधन गर्ने विषय सरकारको हो ।

संसद्को चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि गृहमन्त्री लेखकको राजीनामा र छानबिन समिति नबन्दासम्म सदन चल्न नसक्ने बताए। ‘उहाँहरू केही भएको छैन भन्दै नियमित प्रक्रियाबाट जान खोज्दै हुनुहुन्छ । हामीले आफ्नो कुरा राखेका छौँ,’ परियारले भने, ‘हिजो जिम्मेवारी बोध गरेर छाडेका हौँ । रास्वपासहित सबै विपक्षी दल आन्दोलनमा छौँ । आन्दोलनको माग सम्बोधन नभएसम्म हामी सदन अगाडि बढाउन सक्दैनौँ ।’

भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखक नै संलग्न रहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादीसहित प्रतिपक्ष दलहरूले उनको राजीनामालाई बटमलाइन बनाएका छन् । यसबाहेक उनीहरुले गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने र यसबारे प्रधानमन्त्रीले समेत जवाफ दिनुपर्ने बताउँदै आएका छन् । तर, सत्तापक्ष एउटा कर्मचारीको कमजोरीमा मन्त्रीले राजीनामा गर्नुपर्ने कुनै कारण नरहेको भन्दै विपक्षीको माग पुरा गर्न नसकिने अडानबाट पछि हटेको छैन ।

सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने शुक्रबार सभामुखसँगको छलफलमा सदन अवरोधका विषयमा कुनै औपचारिक छलफल नभएको बताए । उनले भने–‘संसद्को क्यालेन्डर बनाउने विषयमा छलफल थियो । सदनको अवरोधबारे अनौपचारिक विषयमा कुरा उठे पनि औपचारिक छलफल भएन ।’ 

शुक्रबारै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले पनि गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सदन चल्न नसक्ने ठहर गरेको छ । यद्यपि त्यसबारे औपचारिक निर्णय संसदीय दलको बैठकले गर्ने माओवादीको भनाइ छ । ‘प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी बनाउन विज्ञ सहितको संसदीय दलको बैठक बोलाएको छ । संसद्को अवरोधलाई जारी राख्ने कि वैकल्पिक उपाय खोज्ने भन्ने विषयमा विज्ञहरूको सहयोग लिने र जेठ १९ गते बस्ने बैठकले नै निर्णय गर्ने माओवादी केन्द्रका सचिव समेत रहेका देवेन्द्र पौडेलले बताए ।

एमाले प्रमुख सचेतक तथा सत्तारुढ दलका मुख्य सचेतक समेत रहेका महेश बर्तौलाले विपक्षी दलले झिनामसिना कुरालाई मसला बनाएर सदन अवरोध गर्ने नजिर बसाउनु गलत हुने बताए । ‘झिना मसिना कुराहरूलाई मसला बनाएर संसद् अवरोध गर्ने कुराले राम्रो गर्दैन । यस्तो ढङ्गले अघि बढ्दा संसदीय प्रणालीलाई सुदृढ गर्न चुनौती सिर्जना गर्छ’, एमाले प्रमुख सचेतक बर्तौलाले भने, ‘यो उहाँहरू (विपक्षी) ले पनि सोच्ने कुरा हो ।’

एउटा कर्मचारीको विषयलाई लिएर जिम्मेवार दलहरूले आन्दोलन गर्ने वा संसद् अवरोध गर्ने कुरा जायज नहुने बर्तौलाको भनाई छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending