Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

बोगटान फुड्सिल गाउँपालिकामा 'मातृभूमि महोत्सव' सम्पन्न

खबरडबली संवाददाता

दिपायल । डोटीको बोगटान फुड्सिल  गाउँपालिकामा  बोगटान समृद्ध अभियानअन्तर्गत 'मातृभूमि महोत्सव' सम्पन्न भएको छ।

समृद्ध बोगटान मूल नारा साथ गाउँपालिकाद्वारा आयोजित महोत्सवको एक समारोहबीच पालिका अध्यक्ष कमल गड्सिलाले उद्घाटन गरेका छन्।

बोगटानको चमरा चौतारास्थित श्री खत्याडी माविमा आयोजित महोत्सवमा बोगटान क्षेत्रको कला, साहित्य, संस्कृति, संकार,  सम्पदा   र बोगटान  क्षेत्रको समृद्धिका आधारबारे विभिन्न बक्ताले परिचर्चा गरेका थिए। 

बोगटान क्षेत्र कला, संस्कृति र प्रकृतिको अथाह भण्डार रहेको चर्चा गर्दै अध्यक्ष गड्सिलाले यहाँको समृद्धिसँग कला, संस्कृति, प्रकृति, पर्यटन र स्थानीय उत्पादन जोडिएकोले बोगटानको समृद्धिका लागि प्रत्येक वर्ष महोत्सव आयोजना गरिने बताए। उनले महोत्सवका माध्यमबाट अन्यत्र छरिएका बोगटानीहरूलाई पनि जोड्दै लगिने र सबैको सहयोगमा समृद्ध बोगटान अभिष्टलाई पूरा गरिने बताए।

यस क्षेत्रको विकास र समृद्धिका लागि बोगटानभन्दा  बाहिर रहेको दक्ष जनशक्तिलाई  जोडने र सहकार्य गर्ने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ।

महोत्सवमा मदन पुरस्कार विजेता लेखक रामलाल जोशीले बोगटान क्षेत्रको कला, संस्कृति, संकार र पहिचान  छुट्टै र विशेष प्रकारको रहेकोले यसलाई बोगटानको पहिचानका रुपमा जोगाइराख्नु पर्ने विचार व्यक्त गरे। बोगटानबाट बसाइ सरेर अन्यत्र गएकाहरूले आफ्नो मातृभूमिको समृद्धमा योगदान पुर्‍याउन बोगटान गाउँपालिकाले थालेको समृद्ध बोगटान अभियानमा जोडिनुपर्ने  र सहयोग गर्नुपर्ने उनको भनाइ थियो।

गाउँपालिका अध्यक्ष गड्सिलाले समृद्ध बोगटान अभियानको थालनी गरी यस क्षेत्रको  कला, संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तालाई संस्कारित, नैतिकवान, पठनशील र आफ्नो माटोप्रति कर्तव्यनिष्ठ हुन प्रेरित गर्ने कार्यको थालनी गरेकोमा खुशी व्यक्त गरे। 

आफूले आफ्ना कृतिमा बोगटानको भूगोलसँगका बाल्यकालीन सम्झनाका साथै  बोगटानी  जनजीवन र माटोको सुवास लेखेको अनुभूति सुनाए। बोगटानका प्रतिभाले  बोगटानजस्तो पवित्र भूमिको प्रकृति, संस्कृति र फरक संस्कारयुक्त जनजीवनलाई चिनाएर आफ्नो जन्मभूमिप्रतिको कर्तव्य निर्वाह गर्न आग्रह गरे।

कार्यक्रममा चर्चित राईझुमा गीतका गायक तथा काली कर्णालीको लोकसाहित्य तथा संस्कृति नामक पुस्तकका लेखक यज्ञराज उपाध्यायले पुराना पुस्ताको अवसानसँगै लोकसंस्कृति र संस्कार हराउँदै गएकोमा चिन्ता व्यक्त गरे। 

आफ्नो संकार, संस्कृति र परम्परा नयाँ पुस्तामा पढाउनका लागि स्कुलमा विद्यार्थीलाई हाम्रा संस्कार, संस्कृति र लोकजीवन पढाउनु पर्ने उनले विचार व्यक्त गरे। आजको पुस्ताका लागि संस्कार सहितको शिक्षा दिनुपर्ने आवश्यकता भएकोले बालबालिकालाई  घर र स्कुलबाट नै संस्कार र संस्कृति सिकाउनु पर्ने उनको राय थियो।

विद्यार्थीहरूमा  पठन संस्कृतिको विकास र सिर्जनात्मक क्षमता अभिवृद्धिका लागि  पालिकाभित्रका ६ कक्षाभन्दा माथिका करिब  १३ सय विद्यार्थीलाई  'बाआमा' आख्यान र   प्रत्येक  स्कुललाई एक/एक वटा कालीकर्णालीको लोकसाहित्य तथा संस्कृति नामक पुस्तक पालिकाको तर्फबाट अध्यक्ष गड्सिलाले प्रदान गरेका थिए। 

महोत्सवमा क्रिकेटको माध्यमले उल्लेखनीय योगदान गरी राष्ट्रिय र अन्तरास्ट्रिय रुपमा बोगटान चिनाउने क्रिकेटर लोकेश बमलाई एक लाख राशीको पुरस्कारले सम्मानित गरिएको थियो। पुरस्कार ग्रहण गर्दै खेलाडी लोकेश बमले आफूलाई आफ्नो पालिकाका अध्यक्षले सम्झेर सम्मान गरिएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिए।

 कला, संस्कृति, शिक्षा, खेल र समाजसेवाका माध्यमले बोगटानको गौरव वृद्धि गर्ने प्रतिभाहरूलाई प्रत्येक वर्ष पालिकाले सम्मान गर्दै जाने अध्यक्ष गड्सिलाले बताए। 

पालिका उपाध्यक्ष विष्नादेवी बमको सभापतित्त्वमा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख चेतराज बिनाडीद्वारा अतिथिहरूलाई स्वागत गरिएको थियो।

कार्यक्रममा पालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक र नजिकका विद्यालयका विद्यार्थीको सहभागीता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूका पनि प्रस्तुति रहेका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending