कञ्चनपुर । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला अध्यक्ष नन्दकुमार रानाले पार्टी परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० मा प्रवेश गरेका छन्। बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई टीका र खादा लगाएर स्वागत गरेका हुन्।
राजनीतिक विचलन, अवसरवाद र सत्तामुखी प्रवृत्तिका कारण नागरिक उन्मुक्ति पार्टीले जनताको अधिकार र समावेशी आन्दोलनको मर्म बिर्सिएको आरोप लगाउँदै रानाले बुधबार पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका थिए। राजीनामापछि केही घण्टामै माओवादी केन्द्र प्रवेश गरेका उनले आफ्नो राजनीतिक यात्राले फेरि मूल धारको परिवर्तनशील आन्दोलनसँग जोडिएको बताएका छन्।
‘नागरिक उन्मुक्तिले उठाएको मुद्दा महत्वपूर्ण भए पनि व्यवहारमा त्यो दिशाबाट विचलन भएको महसुस गरेँ। अब फेरि जनताको हक, अधिकार र पहिचानका लागि माओवादी आन्दोलनमार्फत अघि बढ्नेछु’ रानाले पार्टी प्रवेश कार्यक्रममा भने।
राना २०७४ सालको स्थानीय तह निर्वाचनमा बेलौरी नगरपालिका–८ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए। पछिल्लो संघीय निर्वाचनमा उनी कञ्चनपुर–१ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पनि बनेका थिए। कञ्चनपुर जिल्लामा राजनीतिक रूपमा परिचित तथा प्रभावशाली नेताका रूपमा चिनिएका रानाको आगमनले सुदूरपश्चिममा माओवादी केन्द्र थप बलियो हुने अपेक्षा गरिएको छ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समावेशी आन्दोलनप्रति रानाको दीर्घकालीन योगदानको प्रशंसा गरे। उनले भने, “रानाजस्तो निष्ठावान र जनभावनासँग जोडिएका नेताको प्रवेश माओवादी आन्दोलनको नयाँ उर्जाका रूपमा लिइनेछ।”
उक्त कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूको उपस्थिति रहेको नेपाल सरकार पूर्व खानेपानी मन्त्री बीना मगरका स्वकीय सचिव दीपक तिमिल्सिनाले जानकारी दिए । नेताहरूले रानाको जनसंपर्क, नेतृत्व क्षमता र संगठनात्मक अनुभवले पार्टीको अभियानलाई थप गति दिने विश्वास व्यक्त गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: