Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

बालमैत्री जिल्लामा बालविवाहले ‘निरास’ बनाएका जिन्दगी

खबरडबली संवाददाता

मकवानपुर । मकवानपुरका पालिकाहरू बालमैत्री घोषणा भइसकेका छन् भने जताजतै ‘विवाह वारी बीस वर्ष पारि’ लेखिएको ठूलाठूला सूचनापाटी देखिन्छन् । यद्यपि यहाँ किशोरी आमाहरू घाँसको भारीमाथि साना बच्चा राखेर हिँड्नुलाई सामान्य नै मान्छन् ।

यसको ज्वलन्त उदाहरूण हो– बकैया गाउँपालिकाको विकट क्षेत्र मानिने बकैया–२ धिंयालकी २० वर्षीया रञ्जिता तामाङ । राम्रो लाउने, मीठो खाने र साथीहरूसँग घुमेर हिँड्ने कलिलो उमेरकी रञ्जिता घाँसको भारीमाथि तीन वर्षीय छोरा बोकेर गाउँबेँसी गरिरहेकी छन् । उनलाई सानैदेखि नृत्यमा असाध्य रूचि थियो । तर १६ वर्र्ष नपुग्दै भागी विवाह गरेपछि उनको पढाइ र सपनामा पनि पूर्णविराम लागेको हो ।

निजगढमा कक्षा ९ मा पढ्दै गर्दा आफ्नै कक्षामा सँगै पढ्ने साथीसँग बसेको प्रेमका कारण भागी विवाह भएको थियो । रञ्जिता भन्छिन्, “विवाह गरेर एकदम सुख पाउँछु भन्ने मलाई लागेको थियो, मलाई पढाइमा असाध्यै रूचि थियो र सँगै नृत्यको प्रशिक्षक बन्न पनि ।” विवाहको केही दिन त उनलाई नयाँ घरपरिवारमा पाएको मायाले निकै खुसी दिएको थियो । तर विद्यालय जान नपाउँदा भने अकास खसेजस्तो भएको उनले स्मरण गरिन् । रञ्जिताले भनिन्, “जब सासूआमाले भन्नुभयो, “अब तिमीले घर सम्हाल्नुपर्छ, खेतीपाती गर्नुपर्छ, तब बल्ल मलाई आफ्नो खुसी कम भएको जस्तो लाग्न थाल्यो ।”

उमेर सानो भए पनि निकै गम्भीर देखिने र परिपक्व कुरा गर्ने रञ्जितालाई ख्यालख्यालमै सुखका लागि गरेको विवाहले यसरी थिच्छ भन्ने नलागेको बताउँदै भनिन्, “घरको काम पनि नगरी आमालाई जितेर खाएको झलझल सम्झँदै आफूले गरेको गल्तीको सजाय भोग्न म बाध्य भएँ, मेरो बुद्धी आउँदासम्म मसँग मेरो विद्यालय र ठूलो स्टेजमा नृत्य गरेर आफूलाई चिनाउने सपना दुवै हराइसकेछ, अनि थाहै नपाई म त ठूली पो भइसकेछु ।” घरमा आफू बुहारी भएको आभासले स्वतन्त्रता खोसिएको लागे पनि भाग्यमा लेखिएको मेटिँदैन रहेछ भन्दै चित्त बुझाएको उनले स्मरण गरिन् । खेतबारी र वनजङ्गल उनको विद्यालय, अनि घरधन्दा र परिवारको हेरचाह उनको नृत्य कक्षा बनिसकेको थियो ।

विवाह गरेको केही महिनामा नै गर्भ बस्यो । गर्भवती भए पनि करिब डेढ घण्टाको बाटो ओरालो झरेर डोकोमा दुईवटा गाग्रीमा पानी ल्याउनैपर्ने उनको बाध्यता थियो । हाल गाउँमा पानीको व्यवस्था भए पनि दुई वर्र्ष अगाडिसम्म उक्त गाउँका सबै महिलाको बिहानी पानी बोकेर उकालो लागेसँगै सुरू हुन्थ्यो । डाँडामा घर अनि बेँसीमा पानीको मुहान, खेतबारीको काम र वनमा घाँसदाउरा यो नै रञ्जिताको दैनिकी बन्न पुग्यो । विस्तारै उनलाई अब पढाइ र सपनाका बारेमा भुल्ने बानी पर्न थालेको छ । आफूलाई अब आफ्नोभन्दा पनि पेटमा हुर्किरहेको बच्चाको चिन्ता लाग्न थालेको उनले बताइन् । बच्चा जन्मिएपछि केही समय आराम गरेर जीवन फेरि उही पुरानै दैनिकीमा फर्किएको उनले बताइन् ।

श्रीमान्को उमेर पनि रञ्जितासँगैको भएकाले उनको पनि कमाई नभएका कारण पैसाको समस्या हुन थालेको रञ्जिताले बताइन् ।

यतिबेला रञ्जिताको काखमा तीन वर्र्षको छोरा छ । उनी आफ्नो छोरा, सासूससुराको स्याहारसँगै खेतीपाती गर्न व्यस्त छन् भने उनका श्रीमान् दुबई गएका छन्, त्यो पनि गाउँमा रु पाँच लाख ऋण गरेर । श्रीमान् पनि अहिले २० वर्षका मात्र छन् । उनको काँधमा परिवार पाल्ने र ऋण तिर्नुपर्ने बाध्यता छ । सोह्र वर्षमा विवाह, १७ वर्षमा बच्चा र २० वर्षमा परिवार पाल्न विदेश जानुपर्ने बाध्यताले उनलाई पनि समस्या भएको रञ्जिताको भनाइ छ ।

बिहानै उठेर घरधन्दा गरिसकेपछि वनमा घाँस काट्न जान्छन् । त्यसपछि अरूको खेतबारीमा पर्म गर्न गएर आफ्नो खेतालाको जोहो गर्ने जिम्मेवारी पनि रञ्जिताले पूरा गरिरहेकी छन् । रञ्जितामात्र होइन यहाँ सानै उमेरमा विवाह गर्ने किशोरीको सङ्ख्या निकै छ । सबैको दैनिकी पनि रञ्जिाको जस्तै छ ।

किशोरी आमाको तथ्याङ्क

जनस्वास्थ्य कार्यालयले दिएको तथ्याङ्कानुसार मकवानपुरमा चालु आर्थिक वर्षमा मात्र २० वर्षमुनिका चार सय ३२ किशोरी आमा बनेका छन् । सोही अवधिमा जिल्लाभर तीन हजार ८४२ जना सुत्केरी भएका थिए । यसमा घरमै सुत्केरी हुनेको सङ्ख्या एक सय १३ रहेको छ । जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार, तीमध्ये २० वर्षमुनिका ४४ जना र २० वर्षभन्दा माथिका ९९ जनाले अस्पताल नगई घरमै सुत्केरी भएका थिए ।

उनका अनुसार अहिले पनि किशोरी सुत्केरी हुने स्थितिमा उल्लेख्य सुधार आएको देखिँदैन भने चालु आवको चैतसम्मको तथ्याङ्क हेर्दा पनि अवस्था उस्तै देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा मकवानपुरमा जम्मा पाँच हजार १७२ महिला सुत्केरी भएकामा जसमध्ये पाँच सय २९ (१० दशमलव २ प्रतिशत) २० वर्षमुनिका किशोरी थिए । तीमध्ये एक सय ६६ जनाले अस्पतालको सट्टा घरमै सुत्केरी गराएका थिए । त्यसैगरी, आव २०८०/८१ मा कुल चार हजार ४३० सुत्केरीमध्ये चार सय ९१ जना (११ दशमलव १ प्रतिशत) किशोरी रहेका थिए भने एक सय २८ जनाले अझै पनि घरमै सुत्केरी गराएका थिए । चालु आर्थिक वर्षको चैतसम्मको तथ्याङ्क हेर्दा पनि उस्तै अवस्था देखिन्छ । कुल तीन हजार ८४२ सुत्केरीमध्ये चार सय ३२ जना (११ दशमलव २ प्रतिशत) २० वर्षमुनिका किशोरी छन् । यसले किशोर उमेरमै आमा बन्ने दरमा सुधारका सट्टा स्थायित्वमा झनै वृद्धि देखिएको सङ्केत गर्छ ।

पालिकाअनुसार किशोरी आमाको तथ्याङ्क

पालिकाअनुसार हेर्दा चालु आवमा जिल्लामा किशोरी गर्भावस्था अझै गम्भीर चुनौतीका रूपमा कायम देखिन्छ । जनस्वास्थ्य कार्यालयका अनुसार मनहरी गाउँपालिकामा एक सय ८९ सुत्केरीमध्ये ३१ किशोरी (२० वर्षमुनिका) थिए, जबकि मकवानपुरगढी गाउँपालिकामा ९१ सुत्केरीमध्ये २२ जना किशोरी आमा बनेका थिए । त्यस्तै, बकैया गाउँपालिकामा एक सय ८१ सुत्केरीमध्ये ३० जना किशोरीहरू थिए भने हेटौँडा उपमहानगरपालिकाजस्तो सहरी क्षेत्रमा दुई हजार ५४४ सुत्केरीमध्ये दुई सय एक जना किशोरी आमा बनेका छन् ।

अन्य पालिकातर्फ हेर्दा, कैलाश गाउँपालिकामा दुई सय १६ सुत्केरीमध्ये ३८ जना, थाहा नगरपालिकामा दुई सय तीन सुत्केरीमध्ये २५ जना र बागमती गाउँपालिकामा एक सय ९६ सुत्केरीमध्ये ४५ जना किशोरी गर्भवती भई आमा बनेका थिए । यी तथ्याङ्कहरूले स्पष्ट सङ्केत के गर्छ भने जिल्लाभर किशोरी गर्भावस्था र बालविवाहको दर अझै पनि चिन्ताजनक नै छ ।

जिल्लामा किशोरी गर्भावस्था अझै गम्भीर समस्या बनिरहेको कुराको पुष्टि जिल्ला सहकारी अस्पताल हेटौँडा अस्पतालको तथ्याङ्कले पनि गर्छ । पछिल्ला तीन आव र चालु आवको सुत्केरी विवरणले किशोरी अवस्थामा आमा बन्ने प्रवृत्ति लगातार कायम रहेको देखाएको छ ।

आव २०७८/७९ मा अस्पतालमा कुल तीन हजार ३६० सुत्केरीमध्ये दुई सय ५५ जना अर्थात् ७ दशमलव ६ प्रतिशत किशोरी आमा बनेका थिए । त्यसैगरी, २०७९/८० मा तीन हजार ८९६ सुत्केरीमध्ये दुई सय ७६ जना किशोरी थिए, जुन ७ दशमलव १ प्रतिशत हो । आव २०८०/८१ मा भने दुई हजार हजार ९५३ सुत्केरीमध्ये दुई सय १८ जना अर्थात् ७ दशमलव ४ प्रतिशत किशोरी आमा बनेका थिए । चालु आवको साउनदेखि चैतसम्मको अवधिमा दुई हजार ४७१ सुत्केरीमध्ये एक सय ८१ जना किशोरीले सुत्केरी सेवा लिएका छन्, जुन ७ दशमलव ३ प्रतिशत हो ।

चालु वर्षमा कुनै पनि महिनामा किशोरी सुत्केरीको सङ्ख्या शून्यमा झरेको छैन । साउनमा २६, भदौमा १९, असोजमा १८, कात्तिकमा २३, मङ्सिरमा २२, पुसमा २१, माघमा १९, फागुनमा १७ र चैतमा २२ जना किशोरीले सुत्केरी सेवा लिएका छन् । यो समस्या केवल ग्रामीण वा आर्थिक रूपले कमजोर समुदायमामात्र सीमित नभई सहरी र स्वास्थ्य सेवा पहुँचमा भएका क्षेत्रमा पनि किशोरी गर्भावस्था निरन्तर देखिएको छ ।

बागमती प्रदेशको विवाहित जोडीको तथ्याङ्क हेर्ने होभने पनि ५० दशमलव ५१ प्रतिशत बालविवाह रहेको छ । सबैभन्दा धेरै बालविवाह नुवाकोटमा ६२ दशमलव छ प्रतिशत छभने काठमाडौँमा सबैभन्दा न्यून २९ दशमलव दुई प्रतिशत रहेको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको तथ्याङ्कमा उल्लेख छ । बागमती प्रदेशमा सबैभन्दा धेरै बालविवाह हुने गाउँपालिकामा मकवानपुरको राक्सिराङ गाउँपालिका रहेको जहाँ १० वर्षमुनिका बालबालिको विवाह एक दशमलव ०९ प्रतिशत, १० देखि १४ वर्र्षसम्मको आठ दशमलव ०७ प्रतिशत, १५ देखि १९ वर्षसम्मको ४१ दशमलव ३५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending