हेटौंडा । मकवानपुरको थाहा नगरपालिका–३ मा सोमबार बेलुका भएको बस दुर्घटनाबाट थाहाको एक माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरु शोकमा परेका छन् ।
थाहा नगरपालिका–१ ओखरगाँउस्थित झम्केश्वर माविले बस दुर्घटनामा दुई शिक्षक गुमाएको छ भने दुई शिक्षक घाइते भएका छन् । स्कुल पढाएर ‘इभिनिङ वाक’मा हिँडिरहेका उनीहरुलाई बस ब्रेक फेल भएर थाहा नगरपालिका–३ नेपाल विद्युत् प्राधिकरणको कार्यालय नजिकै सप्तरी विष्णुपुर–५ लोकेन्द्रकुमार ठाकुरको घटनास्थलमै मृत्यु भयो । उनी झम्केश्वरी माविमा नेपाली पढाउँथे । यसैगरी उक्त दुर्घटनामा सिराहा औराही नगरपालिकाका ३३ वर्षीय रघुनन्दन यादवको उपचारका क्रममा काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भयो । उनी झम्केश्वरी माविका विज्ञान शिक्षक थिए ।

उक्त दुर्घटनामा घाइते भएका बारा जितपुर सिमराका ३२ वर्षीय छेयाङ दोर्ज लामा र बारा कोल्बिका ३० वर्षीय रामगुलाम चौधरी घाइते छन् । उनीहरु त्यस विद्यालयका गणित शिक्षक हुन् । चौधरी र लामाको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको छ ।
‘विद्यालय अहिले शोकमा डुबेको छ, झम्केश्वरी माविका गणेशमान श्रेष्ठले भने, ‘मृतकद्वय शिक्षक विद्यालयका अब्बल शिक्षक हुन्, स्कुलले अपूरणीय क्षति व्यहोरेको छ ।’ घाइते दुई शिक्षकको शीघ्र स्वास्थ्य लाभको पनि उनले कामना गरे ।
शिक्षकद्वयको दुस्खद् निधनमा थाहा नगरपालिका अन्तर्गतका सबै विद्यालयको मंगलबार पठनपाठन बन्द गरेको छ । उक्त विद्यालयमा १८ जना शिक्षक कार्यरत रहेका छन् भने २ सय ५५ जना विद्यार्थी अध्ययनरत छन् ।
उक्त दुर्घटनामा शिक्षक मात्र होइन, थाहा नगरपालिकास्थित मालपोत कार्यालयका लेखनदास थाहा नगरपालिका–९ चित्लाङका ४० वर्षीय लेखापढी व्यवसायी कृष्ण बलामीको मृत्यु भएको छ । दुर्घटनामा मालपोत कार्यालय शिखरकोटमा कार्यरत कर्मचारी कमलेशकुमार साह सख्त घाइते भएका छन् । उनको उपचार काठमाडौैंमा भइरहेको छ ।
चार जना शिक्षक र दुई जना मालपोतमा कार्यरत साथीहरूसहित ६ जना गफिँदै इभिनिङ वाक हिँडिरहेको अवस्थामा थाहा नगरपालिका–३ शिखरकोट बजारबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भएर उनीहरूलाई ठक्कर दिनुको साथै किचेको थियो ।
ब्रेक फेल भएको बस थाहा नगरपालिकाको उप–मेयर भरत गोपालीको घर भित्र बस पसेको थियो । बस चालक मकवानपुर थाहा नगरपालिका–५ बसन्त २९ वर्षीय राजेश कार्की प्रहरी नियन्त्रणमा रहेका छन् । बसमा यात्रुहरू भने थिएनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: