Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

हेटाैँडा बस दुर्घटनामा शिक्षकको मृत्युपछि सहकर्मी र विद्यार्थी शोकमा

मंगलबार थाहा नगरपालिकाका सबै विद्यालयको पठनपाठन बन्द

खबरडबली संवाददाता

हेटौंडा । मकवानपुरको थाहा नगरपालिका–३ मा सोमबार बेलुका भएको बस दुर्घटनाबाट थाहाको एक माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरु शोकमा परेका छन् । 

थाहा नगरपालिका–१ ओखरगाँउस्थित झम्केश्वर माविले बस दुर्घटनामा दुई शिक्षक गुमाएको छ भने दुई शिक्षक घाइते भएका छन् । स्कुल पढाएर ‘इभिनिङ वाक’मा हिँडिरहेका उनीहरुलाई बस ब्रेक फेल भएर थाहा नगरपालिका–३ नेपाल विद्युत् प्राधिकरणको कार्यालय नजिकै सप्तरी विष्णुपुर–५ लोकेन्द्रकुमार ठाकुरको घटनास्थलमै मृत्यु भयो । उनी झम्केश्वरी माविमा नेपाली पढाउँथे । यसैगरी उक्त दुर्घटनामा सिराहा औराही नगरपालिकाका ३३ वर्षीय रघुनन्दन यादवको उपचारका क्रममा काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भयो । उनी झम्केश्वरी माविका विज्ञान शिक्षक थिए ।

Taha bus accident: Colleagues and students mourn after teacher's death

उक्त दुर्घटनामा घाइते भएका बारा जितपुर सिमराका ३२ वर्षीय छेयाङ दोर्ज लामा र बारा कोल्बिका ३० वर्षीय रामगुलाम चौधरी घाइते छन् । उनीहरु त्यस विद्यालयका गणित शिक्षक हुन् । चौधरी र लामाको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको छ ।

‘विद्यालय अहिले शोकमा डुबेको छ, झम्केश्वरी माविका गणेशमान श्रेष्ठले भने, ‘मृतकद्वय शिक्षक विद्यालयका अब्बल शिक्षक हुन्, स्कुलले अपूरणीय क्षति व्यहोरेको छ ।’ घाइते दुई शिक्षकको शीघ्र स्वास्थ्य लाभको पनि उनले कामना गरे ।

शिक्षकद्वयको दुस्खद् निधनमा थाहा नगरपालिका अन्तर्गतका सबै विद्यालयको मंगलबार पठनपाठन बन्द गरेको छ । उक्त विद्यालयमा १८ जना शिक्षक कार्यरत रहेका छन् भने २ सय ५५ जना विद्यार्थी अध्ययनरत छन् । 

उक्त दुर्घटनामा शिक्षक मात्र होइन, थाहा नगरपालिकास्थित मालपोत कार्यालयका लेखनदास थाहा नगरपालिका–९ चित्लाङका ४० वर्षीय लेखापढी व्यवसायी कृष्ण बलामीको मृत्यु भएको छ । दुर्घटनामा मालपोत कार्यालय शिखरकोटमा कार्यरत कर्मचारी कमलेशकुमार साह सख्त घाइते भएका छन् । उनको उपचार काठमाडौैंमा भइरहेको छ ।

चार जना शिक्षक र दुई जना मालपोतमा कार्यरत साथीहरूसहित ६ जना गफिँदै इभिनिङ वाक हिँडिरहेको अवस्थामा थाहा नगरपालिका–३ शिखरकोट बजारबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भएर उनीहरूलाई ठक्कर दिनुको साथै किचेको थियो ।

ब्रेक फेल भएको बस थाहा नगरपालिकाको उप–मेयर भरत गोपालीको घर भित्र बस पसेको थियो । बस चालक मकवानपुर थाहा नगरपालिका–५ बसन्त २९ वर्षीय राजेश कार्की प्रहरी नियन्त्रणमा रहेका छन् । बसमा यात्रुहरू भने थिएनन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending