Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

मानसिक स्वास्थ्य खराब रहेकी राेशनीकाे अमेरिकामा रहेका छोराका नाममा २ पृष्ठ लामो चिठ्ठी

खबरडबली संवाददाता

काठमाडौं । आइतबार भक्तपुरमा मृत फेला परेकी रोशनी शाही तिनै व्यक्ति थिइन् । महरा प्रकरणदेखि नै रहस्यमयी पात्रका रुपमा चर्चामा आएकी उनको मृत्यु पनि यतिबेलासम्म रहस्यमै छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी मुद्दा हालेकी स्वास्थ्यकर्मी रोशनी शाही भक्तपुरमा मृत फेला परेकी छन् । भक्तपुरको सूर्यविनायक– २ वृहस्पतिमार्गस्थित लक्ष्मीश्वरी महतोको घरमा ३० महिनादेखि डेरा गरी उनी बसेकी थिइन् उनी । शनिबार दिनभर उनको चालचुल थियो । तर, आइतबार विहानैदेखि न उनी देखा परिन्, न त बन्द कोठा नै खुल्यो ।

दिउँसो १२–१ बजेसम्म पनि कुनै चालचुल नभएपछि घरमा बस्नेहरूले झ्यालबाट चिहाएर हेर्दा उनी भुइँमा लडेको देखे । अनि, प्रहरीलाई खबर गरे । पति चित्रजंग शाही एक गैरसरकारी संस्थाको जागिरका क्रममा विराटनगरमा थिए । सर्लाहीको हरिवनमा मुख्य कार्यालय रहेको बागमती सेवा समाजको विराटनगर शाखामा उनी कार्यरत थिए ।

दिउँसो १२ बजे प्रहरी घटनास्थलमा पुगेपछि रोशनीका पतिलाई प्रहरीले घटनाबारे अवगत गरायो । खबर पाएको एकघण्टाभित्रै उनी जहाज चढेर काठमाडौं ओर्लिए । विमानस्थलबाट सीधै घटनास्थल पुगे । त्यसपछि स्थानीय जनप्रतिनिधिको रोहवरमा प्रहरीले ढोका फोड्यो । रोशनीको प्राण थिएन ।

यस्तो दृश्य देखेपछि पतिले त्यति अचम्म मानेनन् । प्रहरीसँग भने, ‘पहिला पनि ओभरडोज ट्याबलेट लिएका घटना छन्, त्यस्तै भयो होला‘।’

झ्याल, ढोकामा चुक्कुल लगाएर मृत फेला परेपछि कोही कसैप्रति शंका त भएन । उनले आत्महत्या नै गरेको निष्कर्षमा प्रहरी, पति र प्रत्यक्षदर्शी पुगे । तर, के सेवन गरेर ज्यान गुमाइन् ? अहिलेसम्म केही खुलेको छैन ।

प्रहरीलाई पतिले बताएअनुसार अत्यधिक औषधी सेवन गरी रोशनीले यसअघि पटक–पटक आत्महत्या प्रयास गरेकी थिइन् । यही आधारमा प्रहरीले अत्यधिक औषधी सेवनबाट मृत्यु भएको अनुमान गरेको हो ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । अरु कुरा त्यहाँको रिपोर्ट आएपछि मात्रै भन्न सकिने प्रहरी बृत्त, थिमीका डीएसपी नवराज ढुंगानाको भनाइ छ ।

२ पृष्ठमा सुसाइड नोट

रोशनीले दुईवटा कागजमा छोराका नाममा सुसाइड नोट लेखेकी छन् । उनका एकमात्र छोरा अहिले अमेरिकामा छन् । ‘तिमी कुरा बुझ्ने छौ बाबु, तिम्रो भविष्यको लागि मैले केही गर्न सकेको छैन’, उनले लेखेकी छन्, ‘खुशी भएर बाँच्नु, म त यस्तै भएँ ।’ दुवै पानामा उनले छोराबाहेक अन्य प्रसंग केही लेखेकी छैनन् ।

मानसिक स्वास्थ्य खराब

महरा प्रकरणताका नै उनको मानसिक स्वास्थ्यमा समस्या रहेको पति चित्रजंगले प्रहरीलाई बताएका छन् । ‘महरा सर हाम्रो अभिभावकजस्तो मान्छे । उहाँमाथि जे–जे भयो, सब मानसिक स्वास्थ्यको गडबडीले भएको थियो’, प्रहरी र प्रत्यक्षदर्शी माझ उनी भन्दै थिए ।

उनको मानसिक स्वास्थ्यकै समस्याका कारण अनेकन पारिवारिक तथा सामाजिक समस्या झेल्नुपरेको पतिको भनाइको आशय थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending