Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

मानसिक स्वास्थ्य खराब रहेकी राेशनीकाे अमेरिकामा रहेका छोराका नाममा २ पृष्ठ लामो चिठ्ठी

खबरडबली संवाददाता

काठमाडौं । आइतबार भक्तपुरमा मृत फेला परेकी रोशनी शाही तिनै व्यक्ति थिइन् । महरा प्रकरणदेखि नै रहस्यमयी पात्रका रुपमा चर्चामा आएकी उनको मृत्यु पनि यतिबेलासम्म रहस्यमै छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी मुद्दा हालेकी स्वास्थ्यकर्मी रोशनी शाही भक्तपुरमा मृत फेला परेकी छन् । भक्तपुरको सूर्यविनायक– २ वृहस्पतिमार्गस्थित लक्ष्मीश्वरी महतोको घरमा ३० महिनादेखि डेरा गरी उनी बसेकी थिइन् उनी । शनिबार दिनभर उनको चालचुल थियो । तर, आइतबार विहानैदेखि न उनी देखा परिन्, न त बन्द कोठा नै खुल्यो ।

दिउँसो १२–१ बजेसम्म पनि कुनै चालचुल नभएपछि घरमा बस्नेहरूले झ्यालबाट चिहाएर हेर्दा उनी भुइँमा लडेको देखे । अनि, प्रहरीलाई खबर गरे । पति चित्रजंग शाही एक गैरसरकारी संस्थाको जागिरका क्रममा विराटनगरमा थिए । सर्लाहीको हरिवनमा मुख्य कार्यालय रहेको बागमती सेवा समाजको विराटनगर शाखामा उनी कार्यरत थिए ।

दिउँसो १२ बजे प्रहरी घटनास्थलमा पुगेपछि रोशनीका पतिलाई प्रहरीले घटनाबारे अवगत गरायो । खबर पाएको एकघण्टाभित्रै उनी जहाज चढेर काठमाडौं ओर्लिए । विमानस्थलबाट सीधै घटनास्थल पुगे । त्यसपछि स्थानीय जनप्रतिनिधिको रोहवरमा प्रहरीले ढोका फोड्यो । रोशनीको प्राण थिएन ।

यस्तो दृश्य देखेपछि पतिले त्यति अचम्म मानेनन् । प्रहरीसँग भने, ‘पहिला पनि ओभरडोज ट्याबलेट लिएका घटना छन्, त्यस्तै भयो होला‘।’

झ्याल, ढोकामा चुक्कुल लगाएर मृत फेला परेपछि कोही कसैप्रति शंका त भएन । उनले आत्महत्या नै गरेको निष्कर्षमा प्रहरी, पति र प्रत्यक्षदर्शी पुगे । तर, के सेवन गरेर ज्यान गुमाइन् ? अहिलेसम्म केही खुलेको छैन ।

प्रहरीलाई पतिले बताएअनुसार अत्यधिक औषधी सेवन गरी रोशनीले यसअघि पटक–पटक आत्महत्या प्रयास गरेकी थिइन् । यही आधारमा प्रहरीले अत्यधिक औषधी सेवनबाट मृत्यु भएको अनुमान गरेको हो ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । अरु कुरा त्यहाँको रिपोर्ट आएपछि मात्रै भन्न सकिने प्रहरी बृत्त, थिमीका डीएसपी नवराज ढुंगानाको भनाइ छ ।

२ पृष्ठमा सुसाइड नोट

रोशनीले दुईवटा कागजमा छोराका नाममा सुसाइड नोट लेखेकी छन् । उनका एकमात्र छोरा अहिले अमेरिकामा छन् । ‘तिमी कुरा बुझ्ने छौ बाबु, तिम्रो भविष्यको लागि मैले केही गर्न सकेको छैन’, उनले लेखेकी छन्, ‘खुशी भएर बाँच्नु, म त यस्तै भएँ ।’ दुवै पानामा उनले छोराबाहेक अन्य प्रसंग केही लेखेकी छैनन् ।

मानसिक स्वास्थ्य खराब

महरा प्रकरणताका नै उनको मानसिक स्वास्थ्यमा समस्या रहेको पति चित्रजंगले प्रहरीलाई बताएका छन् । ‘महरा सर हाम्रो अभिभावकजस्तो मान्छे । उहाँमाथि जे–जे भयो, सब मानसिक स्वास्थ्यको गडबडीले भएको थियो’, प्रहरी र प्रत्यक्षदर्शी माझ उनी भन्दै थिए ।

उनको मानसिक स्वास्थ्यकै समस्याका कारण अनेकन पारिवारिक तथा सामाजिक समस्या झेल्नुपरेको पतिको भनाइको आशय थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending