Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

सुमन पुरीले किन छाडेनन् युवा संघको नेतृत्वमा आफ्नो अडान ?

पार्टीकाे आधिकारिक उम्मेदवार आफु रहेकेा थेबेकाे दावी

खबरडबली संवाददाता

पोखरा । पार्टी हेडक्वार्टर एकातिर ढल्किँदा सुमन पुरी कसको आडमा युवा संघको अध्यक्ष बन्ने अडानमा छन् भनेर एक नेतालाई सोध्दा उनले भने, ‘मदन भण्डारी फाउन्डेसन उहाँसँग छ । यसको मतलब पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी विना यो सम्भव होला ?’ 

चीन भ्रमणमा रहेकी भण्डारीले आधिकारिक वक्तव्य दिएकी त छैनन्, तर उनको समर्थन पुरीलाई छ भन्ने हल्ला युवा संघको राष्ट्रिय महाधिवेशन स्थल पोखरा सभागृहभर फैलिएको छ ।

 यता हालका अध्यक्ष क्षितिज थेबेलाई सर्वसम्मत बनाउन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएका थिए । तर पुरीको अडानका कारण अध्यक्ष मण्डलले उनलाई सर्वसम्मत बनाउन नसकेपछि निर्वाचन हुन लागेको छ । जसअनुसार थेबे र पुरी प्यानलसहित मैदानमा खडा भएका छन् । 

युवासंघका पूर्व अध्यक्षहरू भानुभक्त ढकाल, महेश बस्नेत र हालका इन्चार्ज समेत रहेका राजीव पहारी सम्मिलित अध्यक्ष मण्डलले ओलीको निर्देशन अनुसार भरमग्दुर प्रयास गरे । पुरीले अडान नछाड्दा मतदानको अवस्था सिर्जना भएको हो । 

त्यसो त अध्यक्षमा आधा दर्जनको आकाङ्क्षा थियो । हालका उपाध्यक्षहरू महाराजा गुरुङ, प्रकाश गौतम, युवा विज्ञ परिषद् संयोजक मदन भण्डारी लगायतले अध्यक्षमा दाबी गरेका थिए । अन्ततः उनीहरू तितरबितर भए । गौतमले पुरीलाई साथ दिए र उनको उपाध्यक्ष भएर उम्मेदवारी दिएका छन् । महाराजा भने थेबेतिरै खुले, उनले पनि प्यानलबाट उपाध्यक्षमा दोहोरिन मनोनयन दर्ता गराएका छन् । 

थेबे समूहबाट उपाध्यक्षमा माहाराजा गुरूङ र विनय शाह, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, सचिव महिला निशा लिम्बू, सचिव खुलातर्फ मोबिन आलम, मदन भण्डारी, देबु बस्नेतले मनोनयन दर्ता गराएका छन् । पुरी समूहबाट उपाध्यक्षमा प्रकाश गौतम, पर्वत भण्डारी, महासचिव कुबेर अधिकारी, उपमहासचिव खेम शर्माले मनोनयन दर्ता गराएका छन् । महिला सचिवमा रेशु तामाङ र सचिव ९मधेसी० मा चित्ररञ्जन यादव, खुला सचिवमा ध्रुव खड्का र अरुण कुँवरले उम्मेदवारी दिएका छन् । 

एमाले हेडक्वार्टको दबाब पछि थेबे उठ्नै पर्ने अवस्थामा पुगे । यता पुरीको दाबी स्वाभाविक रहेको युवासंघका नेताहरू बताउँछन् । दुई पटक उपाध्यक्ष बनेर महासचिवमा थुमथुम्याइएका पुरीले मतदानको माग गरिरहँदा उनलाई बोक्ने नेता खुलेर मैदानमा झरेका छैनन् । तर केन्द्रमा विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ सहितका नेताहरूले पुरीको प्यानल निर्माणमा सघाएको बताइन्छ । स्रोतका अनुसार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले त्यो काम गर्न नेताहरूलाई अह्राएकी थिइन् ।

नेतृत्व दोहोर्‍याउन नहुने वक्तव्य दिँदै आएका युवा संघका इन्चार्ज तथा पूर्व अध्यक्ष राजीव पहारी, महेश बस्नेतहरू  थेबेतिरै खुलेका छन् । एमाले नेतृत्व थेबेलाई सर्वसम्मत नेतृत्व चुन्न चाहन्थ्यो, महाधिवेशनका प्रतिनिधिहरू आफ्नो नेता आफै मत दिएर निर्वाचित गराउनुपर्ने अडानमा टसमस नभएपछि एमालेको भ्रातृ संस्थामा निर्वाचन ‘निषेध’को शृङ्खला युवा संघबाट तोडिँदै छ । 

९ सदस्यीय पदाधिकारीसहित १ सय ५१ पदमा निर्वाचन हुने छ । योबाहेक पनि लेखा, अनुशासन, निर्वाचन र युवा विज्ञ आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवको समेत मतदान हुनेछ । 

महाधिवेशनमा १ हजार ७ सय ५२ प्रतिनिधिले मतदान गर्ने छन् । मतदान सोमबार बिहान ८ बजेदेखि हुने कार्यतालिका छ । तर भोटिङ मेसिनमा नामावली मिलाउनुपर्ने र अन्य प्राविधिक कारणले दिनैभर समय लाग्ने बताइएको छ । जे होस्, मंगलबारसम्ममा युवा सघंको  अध्यक्ष निर्वाचित हुनेछन् । भोटिङ मेसिन सभागृहमा ल्याइसकिएको छ । 

म एमालेको आधिकारिक उम्मेदवार हुँः थेबे

हाम्रो संगठन गतिशील संगठन हो । अधिकार प्राप्तिको अभियानमा लागेको संगठन हो । अबको उद्देश्य भनेको समृद्धी र राष्ट्रिय पुँजी निर्माण गर्नु हो । नेपालमा केही गर्न सकिँदैन र युवाहरूका लागि नेपालमा कुनै भविष्य छैन भन्ने भाष्य निर्माण गर्न लागिएको छ । यसलाई तोड्नुपर्ने छ । नेपालको मुख्य समस्या भनेको बेरोजगारी हो । यो महाधिवेसनले नीतिमा सुधार ल्याउन दबाब दिन्छ । बेरोजगारी अन्त्य गर्न हामी आफै उद्यमी बन्छौं । ३ वर्षमा २० लाख रोजगारी दिने प्रण गरेर अगाडि बढ्छ । अहिलेको नेपालको राजनीतिलाई अगाडि बढाउन र राष्ट्र जोगाउन युवा संघ चाहिएको छ । त्यसको लागि सक्षम नेतृत्व चाहिन्छ । 

अर्कोतिर भूराजनीतिले विश्वलाई गिजोलेको छ, ग्लोबल युगमा कसरी नेपाललाई समाहित गर्ने भन्ने सोचमा हामी केन्द्रित छौँ । नेपाललाई देशी विदेशीको षड्यन्त्रबाट जोगाउन भिजिनरी लिडरसिप चाहिएको छ । आम युवा पङ्क्तिले क्षितिज थेबे दोहोरिन पर्छ भनेपछि म अघि बढेको हुँ । नेकपा एमालेको उम्मेदवार म हुँ । यो सामान्य कुरा हो । केपी शर्मा ओली पार्टी अध्यक्ष हो, युवासंघको अहिलेको अध्यक्ष म हुँ । राजनीतिक सुझबुझका साथ युवा मुभमेण्टलाई निष्कर्षमा लैजान म अघि बढेको छु । पार्टी पङ्क्ति र अध्यक्ष कमरेडसँग छलफल गरेपछि निर्णयमा पुगेको हुँ ।

अध्यक्ष कमरेडले पनि मलाई नै सहयोग गर्नुहुन्छः पुरी 

बहालवाला अध्यक्षले नेतृत्व दाबी गर्दा पार्टी नेतृत्वले साथ दिएको हो कि भन्ने अड्कलबाजी मात्रै हो । हाम्रो अध्यक्ष सम्माननीय प्रधानमन्त्री ज्यूले सकेसम्म सर्वसम्मत गर्नुस् नत्र स्वच्छ प्रतिस्पर्धा गर्नुस् भन्नुभएको छ । मुगुको साथीसँग झापाको साथीले भोट माग्ने अवसर अरू बेला कहाँ पाइन्छ रु यसले त हार्दिकता बढाएको छ, सङ्गठनलाई चलायमान बनाएको छ । यो राम्रो पक्ष हो । 

दुई कार्यकाल उपाध्यक्ष भएर महासचिवमा झरेँ । नवीन कार्यक्रम मार्फत दुई संस्करण सफल गर्‍यौं । अध्यक्ष ज्यूलाई हामीले सक्दो सहयोग गर्‍यौं । विश्वास छ, अध्यक्ष कमरेडले पनि मलाई नै सहयोग गर्नुहुन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending