Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए नयाँ जीवन

खबरडबली संवाददाता

काठमाडौं । दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको कलेजो र मिर्गौलाबाट दुई जनाले नयाँ जीवन पाएका छन्।

भक्तपुरस्थित धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका एकै व्यक्तिको कलेजो र मिर्गौला दुई जनामा प्रत्यारोपण गरेको हो।

केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठका अनुसार ती मृतक युवाको दुई महत्वपूर्ण अंगबाट ५३ वर्षीय पुरुषमा कलेजो र एउटा मिर्गौला तथा ४० वर्षीया महिलामा एउटा मिर्गौला प्रत्यारोपण गरिएको हो।

‘एउटै व्यक्तिका दुई अंग अन्य दुई जना बिरामीमा प्रत्यारोपण गरिएको नेपालमा यो पहिलो पटक हो,’ पत्रकार सम्मेलनमा डा. श्रेष्ठले भने। श्रेष्ठका अनुसार दुबै बिरामीले अहिले स्वास्थ्यलाभ गरिरहेका छन्। एकै जनाको अंग दुई जनामा प्रत्यारोपण जटिल भए पनि अधिकतम् प्रयासबाट सम्भव भएको श्रेष्ठले बताए।

उनका अनुसार जेठ १ गते मोटरसाइकल दुर्घटनामा सख्त घाइते भएका ती युवकलाई काठमाडौं मेडिकल कलेज (केएमसी) सीनामंगल पुर्‍याइएको थियो। उनको केएमसीमा मृत्यु भयो। मृत्युपछि युवकका परिवारले  दुबै अंग कलेजो र मिर्गौला दान गर्ने घोषणा गरेपछि त्यही दिन प्रत्यारोपण गरिएको हो।

केएमसीकी डा. कल्पना घिमिरेले मस्तिष्क मृत्युपछि अंग प्रत्यारोपण गरेर अन्य व्यक्तिको जीवन बचाउन सकिने भन्दै मृतक युवकका परिवारसँग समन्वय गरेकी थिइन्।

त्यसपछि तुरुन्तै ती युवकको मिर्गौला र कलेजो झिकेर कृत्रिम अक्सिजन दिई भेन्टिलेटरमा राखियो। मस्तिष्क मृत्युपछि १२ घन्टा नबित्दै अंक झिकेर सुरक्षित गर्न सकिए अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सम्भव हुन्छ।

डा. श्रेष्ठका अनुसार मस्तिष्क मृत्यु भएको ६ घन्टाभित्र कलेजो झिक्न सकिए अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ। त्यस्तै, ९ घन्टाभित्र मिर्गौला झिकेर सुरक्षित गरिए अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ।

‘जति ढिलो भयो उति अंगले काम गर्न नसक्ने भएकाले जतिसक्दो चाँडो मृत्यु भएका व्यक्तिबाट अंग निकालेर सुरक्षित राख्नुपर्छ, मृतक परिवारले यो कार्यमा हामीलाई एकदमै सहयोग गर्नुभयो,’ श्रेष्ठले भने।

अंग पाएलगत्तै दुई जनालाई कलेजो र मिर्गौला प्रत्यारोपणको अप्रेसन थालिएको थियो। एक साता लामो प्रयासपछि दुबै जनामा सफलतापूर्वक अंग प्रत्यारोपण गर्न सफल भएको श्रेष्ठले बताए।

कलेजो प्रत्यारोपण गरेका व्यक्तिलाई ३० पोका रगत चाहिएको थियो। रगत तुरुन्तै उपलब्ध गराउन पीडित परिवारले सहयोग गरेको श्रेष्ठले बताए।

दुर्घटनामा मृत्यु भएका व्यक्तिको पोष्टमार्टमलगायतका कानुनी रित पुर्‍याउन प्रहरीले छिट्टै पहल गरिदिएको थियो। 

केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला प्रत्यारोपण गरिएको यो १२ औं पटक हो। यसैगरी, कलेजो प्रत्यारोपण गरिएको यो चौथो हो। हालसम्म केन्द्रमा ३४ जनाको कलेजो प्रत्यारोपण गरिसकिएको छ। प्रत्यारोपण कार्यमा केन्द्रका एक दर्जन चिकित्सक संलग्न थिए।

केन्द्रको इतिहासमा २०७३ सालमा पहिलोपटक दक्षिण कोरियाली विज्ञको सहयोगमा कलेजो प्रत्यारोपण सुरू गरिएको थियो। नेपाली चिकित्सक टोलीले नेपालमा २०७५ सालमा कलेजो प्रत्यारोपण गरेका थिए। दुबै प्रत्यारोपण डा. श्रेष्ठको नेतृत्वमा भएका हुन्। अंग प्रत्यारोपण एकदमै जटिल मानिन्छ। प्रधानमन्त्री केपी ओलीलाई दोस्रोपटक नेपालमै मिर्गौला प्रत्यारोपण गरिएको थियो।

यस्तै, केन्द्रमा २०७४ सालमा पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला प्रत्यारोपण सुरू गरिएको थियो।

श्रेष्ठका अनुसार एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट आठ जनासम्मले पुनर्जीवन पाउन सक्छन्। मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई मिर्गौला, दुई फोक्सो, एक कलेजो, एक मुटु, एक प्यांक्रियाज र एक सानो आन्द्रा प्रत्यारोपण गर्न सकिन्छ।

सरकारी तहको केन्द्रमा हालसम्म १ हजार ४२१ मिर्गौला र ३४ कलेजो प्रत्यारोपण गरिसकिएको छ।

प्रत्यारोपणपछि उपचाररत् दुबै बिरामीले आइसियू कक्षबाटै भिडिओ सन्देशमार्फत् केन्द्रका चिकित्सक र अंगदाता परिवारलाई धन्यवाद ज्ञापन गरेका छन्। ‘म तीन वर्षदेखि मिर्गौला खोजिरहेको थिएँ, तर पाउन सकेको थिइनँ,’ ५३ वर्षीय पुरुषले भने।

अंग प्रत्यारोपण परिवारका आफन्तले दान गरे मात्रै सम्भव हुने गरेको छ। मस्तिष्क मृत्युपश्चात् अंग दान गर्न सकिने कानुन बनेपछि नेपालमा अंग प्रत्यारोपण सम्भव हुन थालेको हो।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग दान गर्ने परिवारलाई सरकारले दुई लाख र अंगदाता अस्पताललाई ७५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

‘यस कार्यले मृत्युपछि अंग दान गर्न परिवारलाई प्रोत्साहन भएको छ,’ श्रेष्ठले भने, ‘व्यक्तिको आकस्मिक मृत्युपछि अंगहरू खेर जान्छन्, तर अंग दान गरे अन्य व्यक्तिको जीवन बच्छ।’

तर, यसरी मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग दिने कुरामा परिवारका सबै सदस्यको अनुमति चाहिन्छ। एक जना परिवारको व्यक्तिले मात्रै सहमति नदिए पक्रिया अघि बढाउन नसकिने श्रेष्ठ बताउँछन्।

नेपालमा मानव अंग खराब भएका व्यक्तिहरूलाई लक्षित गरी सरकारले २०६८ फागुनमा केन्द्रको स्थापना गरेको थियो। केन्द्रले सुरूमा डायलासिस सुविधा दिँदै २०६९ साल माघ ६ गतेबाट मिर्गौला प्रत्यारोपण सुरू गरेको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending