Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए नयाँ जीवन

खबरडबली संवाददाता

काठमाडौं । दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको कलेजो र मिर्गौलाबाट दुई जनाले नयाँ जीवन पाएका छन्।

भक्तपुरस्थित धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका एकै व्यक्तिको कलेजो र मिर्गौला दुई जनामा प्रत्यारोपण गरेको हो।

केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठका अनुसार ती मृतक युवाको दुई महत्वपूर्ण अंगबाट ५३ वर्षीय पुरुषमा कलेजो र एउटा मिर्गौला तथा ४० वर्षीया महिलामा एउटा मिर्गौला प्रत्यारोपण गरिएको हो।

‘एउटै व्यक्तिका दुई अंग अन्य दुई जना बिरामीमा प्रत्यारोपण गरिएको नेपालमा यो पहिलो पटक हो,’ पत्रकार सम्मेलनमा डा. श्रेष्ठले भने। श्रेष्ठका अनुसार दुबै बिरामीले अहिले स्वास्थ्यलाभ गरिरहेका छन्। एकै जनाको अंग दुई जनामा प्रत्यारोपण जटिल भए पनि अधिकतम् प्रयासबाट सम्भव भएको श्रेष्ठले बताए।

उनका अनुसार जेठ १ गते मोटरसाइकल दुर्घटनामा सख्त घाइते भएका ती युवकलाई काठमाडौं मेडिकल कलेज (केएमसी) सीनामंगल पुर्‍याइएको थियो। उनको केएमसीमा मृत्यु भयो। मृत्युपछि युवकका परिवारले  दुबै अंग कलेजो र मिर्गौला दान गर्ने घोषणा गरेपछि त्यही दिन प्रत्यारोपण गरिएको हो।

केएमसीकी डा. कल्पना घिमिरेले मस्तिष्क मृत्युपछि अंग प्रत्यारोपण गरेर अन्य व्यक्तिको जीवन बचाउन सकिने भन्दै मृतक युवकका परिवारसँग समन्वय गरेकी थिइन्।

त्यसपछि तुरुन्तै ती युवकको मिर्गौला र कलेजो झिकेर कृत्रिम अक्सिजन दिई भेन्टिलेटरमा राखियो। मस्तिष्क मृत्युपछि १२ घन्टा नबित्दै अंक झिकेर सुरक्षित गर्न सकिए अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सम्भव हुन्छ।

डा. श्रेष्ठका अनुसार मस्तिष्क मृत्यु भएको ६ घन्टाभित्र कलेजो झिक्न सकिए अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ। त्यस्तै, ९ घन्टाभित्र मिर्गौला झिकेर सुरक्षित गरिए अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ।

‘जति ढिलो भयो उति अंगले काम गर्न नसक्ने भएकाले जतिसक्दो चाँडो मृत्यु भएका व्यक्तिबाट अंग निकालेर सुरक्षित राख्नुपर्छ, मृतक परिवारले यो कार्यमा हामीलाई एकदमै सहयोग गर्नुभयो,’ श्रेष्ठले भने।

अंग पाएलगत्तै दुई जनालाई कलेजो र मिर्गौला प्रत्यारोपणको अप्रेसन थालिएको थियो। एक साता लामो प्रयासपछि दुबै जनामा सफलतापूर्वक अंग प्रत्यारोपण गर्न सफल भएको श्रेष्ठले बताए।

कलेजो प्रत्यारोपण गरेका व्यक्तिलाई ३० पोका रगत चाहिएको थियो। रगत तुरुन्तै उपलब्ध गराउन पीडित परिवारले सहयोग गरेको श्रेष्ठले बताए।

दुर्घटनामा मृत्यु भएका व्यक्तिको पोष्टमार्टमलगायतका कानुनी रित पुर्‍याउन प्रहरीले छिट्टै पहल गरिदिएको थियो। 

केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला प्रत्यारोपण गरिएको यो १२ औं पटक हो। यसैगरी, कलेजो प्रत्यारोपण गरिएको यो चौथो हो। हालसम्म केन्द्रमा ३४ जनाको कलेजो प्रत्यारोपण गरिसकिएको छ। प्रत्यारोपण कार्यमा केन्द्रका एक दर्जन चिकित्सक संलग्न थिए।

केन्द्रको इतिहासमा २०७३ सालमा पहिलोपटक दक्षिण कोरियाली विज्ञको सहयोगमा कलेजो प्रत्यारोपण सुरू गरिएको थियो। नेपाली चिकित्सक टोलीले नेपालमा २०७५ सालमा कलेजो प्रत्यारोपण गरेका थिए। दुबै प्रत्यारोपण डा. श्रेष्ठको नेतृत्वमा भएका हुन्। अंग प्रत्यारोपण एकदमै जटिल मानिन्छ। प्रधानमन्त्री केपी ओलीलाई दोस्रोपटक नेपालमै मिर्गौला प्रत्यारोपण गरिएको थियो।

यस्तै, केन्द्रमा २०७४ सालमा पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला प्रत्यारोपण सुरू गरिएको थियो।

श्रेष्ठका अनुसार एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट आठ जनासम्मले पुनर्जीवन पाउन सक्छन्। मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई मिर्गौला, दुई फोक्सो, एक कलेजो, एक मुटु, एक प्यांक्रियाज र एक सानो आन्द्रा प्रत्यारोपण गर्न सकिन्छ।

सरकारी तहको केन्द्रमा हालसम्म १ हजार ४२१ मिर्गौला र ३४ कलेजो प्रत्यारोपण गरिसकिएको छ।

प्रत्यारोपणपछि उपचाररत् दुबै बिरामीले आइसियू कक्षबाटै भिडिओ सन्देशमार्फत् केन्द्रका चिकित्सक र अंगदाता परिवारलाई धन्यवाद ज्ञापन गरेका छन्। ‘म तीन वर्षदेखि मिर्गौला खोजिरहेको थिएँ, तर पाउन सकेको थिइनँ,’ ५३ वर्षीय पुरुषले भने।

अंग प्रत्यारोपण परिवारका आफन्तले दान गरे मात्रै सम्भव हुने गरेको छ। मस्तिष्क मृत्युपश्चात् अंग दान गर्न सकिने कानुन बनेपछि नेपालमा अंग प्रत्यारोपण सम्भव हुन थालेको हो।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग दान गर्ने परिवारलाई सरकारले दुई लाख र अंगदाता अस्पताललाई ७५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

‘यस कार्यले मृत्युपछि अंग दान गर्न परिवारलाई प्रोत्साहन भएको छ,’ श्रेष्ठले भने, ‘व्यक्तिको आकस्मिक मृत्युपछि अंगहरू खेर जान्छन्, तर अंग दान गरे अन्य व्यक्तिको जीवन बच्छ।’

तर, यसरी मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग दिने कुरामा परिवारका सबै सदस्यको अनुमति चाहिन्छ। एक जना परिवारको व्यक्तिले मात्रै सहमति नदिए पक्रिया अघि बढाउन नसकिने श्रेष्ठ बताउँछन्।

नेपालमा मानव अंग खराब भएका व्यक्तिहरूलाई लक्षित गरी सरकारले २०६८ फागुनमा केन्द्रको स्थापना गरेको थियो। केन्द्रले सुरूमा डायलासिस सुविधा दिँदै २०६९ साल माघ ६ गतेबाट मिर्गौला प्रत्यारोपण सुरू गरेको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको टिकटमा व्यापक फेरबदल: ६६ प्रतिशत नयाँ अनुहार प्रतिनिधिसभा चुनावमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...

लिङदेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदै राप्रपा १६५ क्षेत्रमा चुनावी मैदानमा

संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी

रास्वपा सुनसरी–२ का उम्मेदवार लालविक्रम थापाविरुद्ध उजुरी दर्ता

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार लालविक्रम थापाविरुद्ध निर्वाचन अधिकृतको कार...

बालेनले चुनाव नजित्दै प्रधानमन्त्रीको डोमेन लाइभ

काठमाडौं । चुनावी मैदानमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आफू प्रधानमन्त्री बन्ने भन्दै ‘balen4pm.com’ र ‘balenforpm...

यस वर्षको एसईई परीक्षा चैत १९ गतेबाट, यस्तो छ तालिका

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गते बिहीबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्द...

निर्वाचन आचारसंहिता उल्लङ्घनमा कडाइ: १६३ उजुरी दर्ता, एक सञ्चार माध्यम कालोसूचीमा

काठमाडौँ । प्रेस काउन्सिल नेपालले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म सञ्चार माध्यम तथा तिनका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा १६३...

रुकुमपूर्वमा प्रचण्डको घरदैलो तीव्र, सहिद परिवारसँग भेटघाट गर्दै मतदातासँग मत माग्दै

रुकुमपूर्व । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिव...

प्रतिनिधिसभा निर्वाचनः ४ जिल्लाका ५ उम्मेदवारविरुद्ध उजुरी दर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये चार जिल्लाका पाँच जनाविरुद्ध उजुरी परेको छ । ...

उपराष्ट्रपति यादवसँग भारतीय निमित्त राजदूत पाण्डेको भेट

काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा.राकेश पाण्डेबीच भेटवार्ता भएको छ । का...

म्याग्दीमा श्रीमतीको हत्या गरेर फरार भएका रमेश पक्राउ

म्याग्दी  । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही माघ ३ गते राति शौचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending